राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नाम फिर्ता लिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा आगामी ८ गते विपक्षीलाईसमेत झिकाएर सो विषयमा टुङ्गो लगाइने भएकाले त्यसअवधिसम्मका लागि राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगराउन भनिएको छ । गणतन्त्र कोरिया, इजरायल, जापान र श्रीलङ्काका लागि सिफारिसमा परेका एमाले राजनीतिक पृष्ठभूमिका प्रस्तावित राजदूतहरु युवराज कार्की, शिवमाया तुम्बाहम्फे, खड्गबहादुर केसी र नारदनाथ भारद्वाजले गत २१ साउनमा सरकारले आफूहरुको नाम संसदीय सुनुवाइका क्रममा गैरकानुनी तरिकाले फिर्ता गरेको भन्दै गत ३१ साउनमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उनीहरुले संसदीय सुनुवाइ समितिबाट बहुमतले सुनुवाइ गर्न नपर्ने भनी गरेको निर्णय संविधान विपरीत भएको उल्लेख गर्दै उत्प्रेषणको आदेशले बदर गर्न तथा तत्कालका लागि नयाा राजदूत नियुक्ति नहुनेगरी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरेका थिए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply