घाम तापेर तलब बुझदै
काठमाडौं । यतिबेला लुम्बिनीमा पर्यटकहरू आउने क्रम बढेको छ । अहिले पर्यटक आउने मौसम भएको हुँदा लुम्बिनीमा दैनिक ५ हजारदेखि २० हजारसम्म पर्यटकहरू आउने गरेका छन । तर, लुम्बिनी विकास कोषको लापरबाहीका कारण पर्यटकहरू भने नाक थुनेर हिँडनुपर्ने स्थिति उत्पन्न भएको छ ।
लुम्बिनी क्षेत्रभित्रका फोहोरमैलाहरू हटाउने काम कोषको जिम्मेवारीमा रहे पनि कोषले प्रभावशाली रूपमा काम गर्न नसक्दा लुम्बिनी क्षेत्र वरिपरि व्यापक रूपमा फोहोर बढेको बताइन्छ । अझ, त्यसमा कोषले नियुक्त गरेका ४० जनाजति कर्मचारीहरूले कामै नगरी तलब बुझिरहेको हुँदा र उनीहरूलाई कोषले काममा लगाउन नसक्दा झनै समस्या उत्पन्न भएको छ ।
गत वर्ष नाकाबन्दीको बेला कोषले नियुक्त गरेका करिब सय जना कर्मचारीले आफूहरूलाई स्थायी गरिनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । उनीहरूले आफूहरूलाई स्थायी गरिनुपर्ने भन्दै सर्वोच्च अदालतमा कोषविरुद्ध मुद्दासमेत दिएका थिए । तर, सर्वोच्चले उनीहरूको विपक्षमा फैसला गरिदियो । अहिले दैनिक ज्यालादारीमा ती कर्मचारीहरू रहेका छन । तर, दैनिक ज्यालादारीमा भनिए पनि करिब ४० जनाजतिले कामै नगरी दिन कटाइरहेका हुन्छन र उनीहरूमा हरेकले प्रतिमहिना १५÷१६ हजार तलब थापिरहेका छन । कामै नगरी तलबमात्र बुझने कर्मचारीहरूलाई हटाउँदा हुने सुझाव कोषको कानुनी सल्लाहकारले दिए पनि अहिलेसम्म उनीहरूलाई हटाइएको छैन ।
यसैगरी, लामो समयसम्म संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनबहादुर शाहीको चासोभित्र कोष नपरे पनि आगामी मंसिर २ गते भने बोर्डको बैठक बस्न लागिरहेको छ । अरु मन्त्रीहरूले कोषको बैठक मन्त्रालयमै बोलाउने गरेका भए पनि मन्त्री शाही भने लुम्बिनीमै गएर बैठक बसाल्ने मनस्थितिमा रहेको हुँदा लुम्बिनीमै बैठक बस्न लागेको हो । यसअघि बोर्डको बैठक बस्न नसक्दा कोषको बजेट पारित हुनसकेको थिएन । अब बस्ने बैठकबाट भने बजेट पारित गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply