अन्नपूर्णलाई रोक्न यत्रो तिकडम !
काठमाडौं । सोमबार दिउँसोको कुरा हो । प्रधानमन्त्री कार्यालयबाट कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखाका प्रमुख काशीराज दाहाललाई फोन आयो । फोन गर्नेले भने, ‘आज नयाँ सचिव आउँदै हुनुहुन्छ, स्वागतका लागि तयारी गर्नुहोला ।’
करिब तीन दर्जनजति सहसचिव मात्रै रहेको सो मन्त्रालयले सबै सहसचिव, उपसचिवदेखि मन्त्रालयका कर्मचारीहरूलाई नयाँ सचिवको स्वागतका लागि मन्त्रालयमा बोलाइयो र फूलमालासमेत दिएर लाइन बस्न अह्राइयो । भर्खरै सचिवमा बढुवा भएका अन्नपूर्णानन्द दासलाई कृषि विकास मन्त्रालयको सचिवमा पठाउने तयारीस्वरूप प्रधानमन्त्री कार्यालयले त्यस्तो निर्देशन दिएको थियो ।
तर, सहसचिवहरूले नयाँ सचिवलाई स्वागत गर्न दुई घण्टा कुरेपछि प्रधानमन्त्री कार्यालयबाट फेरि फोन आयो, ‘आज नहुने भयो, सबैलाई आ–आफ्नो काममा फर्कन भनिदिनुस् ।’ मन्त्रालयमा हाजिर हुन ठिक्क परेर बसेका दासलाई सो मन्त्रालयको सचिवमा नपठाउन मन्त्री गौरीशंकर चौधरी, सहसचिव डा. सुरोज पोखरेललगायतले चलखेल गरेपछि मुख्य सचिव डा. सोमलाल सुवेदीले दासलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर आफूले कृषि विकास मन्त्रालयमा पठाउन नसकेको जानकारी गराए ।
सो मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरको सेवा अवधि सकिएपछि दासको बढुवा भएको हो । तर, दासलाई भने मन्त्री र सहसचिव पोखरेलले रोके । कारण के थियो भने, केही दिनपछि नै सो मन्त्रालयका वरिष्ठ सहसचिव डा. पोखरेलको बढुवा हुँदै छ र अहिले दासलाई रोकेर आफू बढुवा भएपछि सोही मन्त्रालयमा जाने योजनाअनुरूप यस्तो काम हुन गएको हो । यही मंसिर १७ गते पशुपन्छी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अवधि सकिने भएको हुँदा सो ठाउँमा पोखरेलको बढुवा हुन लागेको बताइन्छ ।
सचिव दासलाई भने अब पशुपन्छी विकास मन्त्रालयमा पठाइने तयारी गरिएको छ । कृषि विकासभन्दा कम आकर्षक मानिने सो मन्त्रालयमा भट्टराईको अवधि सकिएलगत्तै दासलाई पठाउने र पोखरेललाई भने चाँडै नै बढुवा गरेर कृषि मन्त्रालयको सचिव बनाउने माओवादी केन्द्रले तयारी गरेको बुझिएको छ । किनकि, डा. पोखरेलले केही महिनाअघि माओवादी केन्द्रको सदस्यता लिएको हुँदा पनि उनलाई नै सचिवमा बढुवा गरेर कृषिमा ल्याउने योजना रहेको बुझिएको छ । हरिप्रसाद पराजुली मन्त्री हुँदा कट्टर एमाले बनेर फाइदा उठाएका डा. पोखरेलले बढुवा हुनकै लागि माओवादी केन्द्रको सदस्यता लिएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply