सशस्त्रमा तीन भाइको मस्ती
काठमाडौं । सशस्त्र प्रहरीमा दर्जाको हिसाबले तल्लो तहमै भए पनि तीन भाइले मस्ती मारिरहेका छन् । भर्खरै इन्सपेक्टरमा बढुवा भएका एक अधिकारीले २५ लाख रुपैयाँको कार चढेर हिँड्न थालेपछि संगठनभित्रै उनको आलोचना सुरु हुन थालेको छ ।
घर खर्च धान्न र बच्चाबच्ची पढाउनसमेत अपुग हुने इन्स्पेक्टरको तलबले अहिले सशस्त्र प्रहरी इन्सपेक्टर तुलसी पाण्डे कार चढेर हिँड्छन् । हेडक्वार्टर परिसरमा रहेको सशस्त्रको पेट्रोल पम्पमा उनको हालीमुहाली छ । यसअघि सीमा सुरक्षा बल, राजस्व, भन्सारलगायतका स्थानमा लगातार बसेका उनी अहिले कर्मचारी प्रशासन शाखाका डीएसपी होम ज्ञवालीको सेटिङमै पेट्रोल पम्प आएको बताइन्छ । सुरक्षा गस्ती रूपन्देहीमा समेत दुईपटक बसेका उनी सशस्त्रमा चल्तापुर्जा इन्सपेक्टरका रूपमा चिनिन्छन् ।
त्यस्तै, सशस्त्रकै भक्तपुरस्थित पेट्रोल पम्पका प्रमुख मुकेश पोखरेल र पोखराका प्रमुख दामोदर सुवेदीको कमाइ पनि अचाक्ली रहेको चर्चा छ । सामान्यतया सीमा सुरक्षा बलमा बसेकालाई पेट्रल पम्पमा सरुवा नगर्ने चलन छ । किनकि, पेट्रोल पम्पलाई पनि मिनी भन्सार नै मानिँदै आएको छ । इन्सपेक्टर खरेल र सुवेदीले पनि त्यसअघि सीमा सुरक्षा बलमा काम गरेका थिए । सशस्त्रका ती सबै पेट्राल पम्पहरूमा कम परिमाणमा पेट्रोल हाल्ने गरेको भन्दै गुनासो आएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply