मदिराप्रेमी मन्त्रीको रोजाइमा भ्रष्ट
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल मंसिर १८ गते सकिएपछि पुनः चारवर्षे नियुुक्तिका लागि दौडधुप गरिरहेका सुरेशकुमार कार्कीको मोबाइलमा गत सोमबार मन्त्रिपरिषद्को बैठक सकिनासाथ घन्टी बज्यो । कार्कीले फोन उठाए । उताबाट महिलाको आवाज आयो, ‘आज पनि तपाईंको नाममा निर्णय हुन सकेन । मन्त्रीज्यूले तपाईंको नाममा निर्णय भएन भने राजीनामा दिन्छु भन्नुभएको छ । ढुक्क हुनुहोस्, अर्को बैठकमा हुन्छ होला ।’
नभन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पुनः चार वर्षका लागि रेडियोको कार्यकारी निर्देशमा नियुक्त ग¥यो । राजकिशोर यादव सञ्चारमन्त्री भएका बेला चार वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका सुरेशकुमार कार्कीको समयावधि मंसिर १८ बाट सकिएको थियो । चारवर्षे कार्यकाल सकिएपछि भ्रष्ट कार्की हट्ने भए भनेर खुसी मानिरहेका रेडियोका कर्मचारीहरूसमेत अहिले कार्की फेरि कार्यकारी नियुक्त भएपछि खिन्न भएका छन् । पदका लागि जस्तोसुकै हर्कत गर्न बाँकी नराख्ने कार्कीले यसबीचमा माओवादी कोटाबाट सञ्चारमन्त्री बन्न एकता प्रक्रियाबाट आएका माओवादी नेतालाई बढी प्रयोग गरेका थिए । यसमा सबैभन्दा बढी नेतृ पम्फा भुसाल लागेकी थिइन् । कार्कीलाई फोन गरेर मन्त्रिपरिषद्को बैठकको घटनाक्रमबारे जानकारी गराउने पनि भुसाललै थिइन् । माओवादी स्रोतका अनुसार सञ्चारमन्त्री सुरेश कार्कीको अहिले एकता प्रक्रियाबाट आएका नेताहरूसँग राम्रो सम्बन्ध छ । उनी प्रधानमन्त्री पुष्पकमल दाहालको भन्दा पनि रामबहादुर थापा बादल, भुसालहरूको कुरा बढी सुन्छन् । यो बुझेर नै रेडियोका कार्कीले मन्त्री कार्कीका अलवा नेतृ भुसालको बढी चाकडी गरेको बताइन्छ । कार्कीलाई रेडियोमा नियुक्त गरेपछि माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था प्रेस सेन्टर पनि असन्तुष्ट बनेको छ । सुरुमा सेन्टरले रेडियो लमजुङका अध्यक्षसमेत रहेका पत्रकार सन्तोष पौडेल, राजनीतिक अर्थशास्त्रमा पीएचडी गर्दै गरेका र सशस्त्र द्वन्द्वकालमा पनि रेडियो चलाएको दीपेन्द्र रोकायको नाम सिफारिस गरेको थियो । तर, पौडेलको नाम पहिलो चरणबाटै काटिएपछि रोकाय रेडियोको कार्यकारी निर्देशक बन्न चर्चा माओवादीनिकट पत्रकार वृत्तमा व्याप्त थियो । तर, पार्टीनिकट पत्रकारलाई समेत अचम्मित पार्ने गरी सुरेशलाई नियुक्त गरिएपछि रोकायले सामाजिक सञ्जालमार्फत घुमाउरो पाराले नेतृत्वप्रति प्रहार गरेका छन् । फेसबुकमा उनले स्टाटस लेखेका छन्, ‘बुद्धले दुःखको कारण अज्ञानता हो भनेका थिए । मेरो विचारमा थाहा पाउनु पनि महादुःख हो । आजको मन्त्रिपरिषद्ले कार्की मन्त्रीको प्रस्तावमा कार्की छनोट समितिबाट कार्कीलाई नै रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्ति गरेछ । यसबीचमा मलाई सहानुभूति राख्ने सबैखाले मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । मेरा शुभचिन्तकहरूलाई भन्दछु, मैले योभन्दा ठूलो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले यस्तो भइरहेको छ भन्ने बुझिदिनुहोला । स्मरण गर्दछु, ०५२ सालमा १९ दिन उमेर नपुगेर गाविस प्राविधिकमा काम गर्न नपाउँदा यहाँसम्मको प्रगति गर्न पाएको छु । धन्यवाद प्रचण्ड नेतृत्वको सरकारलाई !’
अहिलेको मन्त्रिपरिषद्मा माओवादी कोटामा जानेमध्ये काम गर्न सकेन भनेर आलोचित दुई, तीनजनामध्ये सञ्चारमन्त्री कार्की पहिलो नम्बरमा पर्छन् । गफ मात्र गर्ने, काम गर्दोरहेनछ भनेर प्रधानमन्त्री दाहालले पनि भन्न थालेको बताइन्छ । त्यही कारण पनि कमल थापालाई सरकारमा लगेर उपप्रधान तथा सञ्चारमन्त्री दिने र कार्कीलाई फिर्ता बोलाउने कुरा प्रधानमन्त्री निवासबाट बाहिर आएको बताइन्छ । मदिरा र महिला भनेपछि हुरुक्कै हुने मन्त्री कार्कीलाई हात लिन सुरेशले केही समयअघि रेडियो नेपालकै खर्चमा मन्त्री कार्कीलाई मुगुको रारा, दामनलगायतका ठाउँ घुमाएका थिए । मन्त्री पदलाई नै दाउमा राखेर भए पनि कार्कीलाई कार्यकारी निर्देशक बनाउन भूमिका खेल्ने राम कार्कीले आज नियुक्त भएका कार्यकारी निर्देशकसँग ११ लाख रुपैयाँ लिएको चर्चा माओवादीनिकट पत्रकार वृत्तमा चल्न थालेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply