विद्यार्थीलाई चुनाव लाग्यो
काठमाडौं । राजनीतिक दलहरूबीच मिनी जनमतसंकलनको आधार मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेसँगै विद्याथीहरूलाई चुनाव लागेको छ । आगामी फागुन १४ गते निर्वाचन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै ठूला विद्यार्थी संगठनलाई चुनावी चटारोले छोएको हो । हरेक स्ववियु निर्वाचानमा आफ्नो अत्यधिक वर्चस्व कायम गर्दै आएको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनावकेन्द्रित आन्तरिक रणनीतिहरू अघि सारेको छ ।
अखिलको स्थायी कमिटीको बैठक सोमबार केन्द्रीय कार्यालय बागबजारमा बसेर स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा परिचालन कमिटी निर्माण गरेको छ । अध्यक्ष नवीना लामाको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरू सम्पूर्ण रहने गरी ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको हो ।
एमालेनिकट अनेरास्ववियु यसरी निर्वाचनको तयारीमा लागिसक्दा पनि नेविसंघ र अखिल क्रान्तिकारी भने आन्तरिक किचलोमा नै व्यस्त छन् । यसपटक त्रिविले २८ वर्षसम्मका विद्याथी मात्र उम्मेदवार बन्न पाउने र वाल पेन्टिङलगायतका भड्किलो प्रचारप्रसारलाई रोक लगाएको छ । कडा आचारसंहिता ल्याएर निर्वाचन कार्यतालिकासमेत अघि सारिसकेको अवस्थामा अझै नेसिसंघको एउटा पक्ष भने निर्वाचनमा अवरोध हुने किसिमले नेपाल ल, नेपाल कमर्सलगायतका क्याम्पसहरूमा तालाबन्दी गरिरहेको छ ।
सुरुवातमा अखिल क्रान्तिकारीले निर्वाचनमा विभिन्न सर्त राख्दै अवरोध गर्दै आएकामा अहिले क्रान्तिकारी चुनावको पक्षमा र नेविसंघ बरु विपक्षमा भएको जस्तो देखिएको छ । प्रजातन्त्रको ठेकेदार नै आफूलाई दाबी गर्ने कांग्रेसनिकट संगठन यसरी निर्वाचन नै अवरुद्ध हुने गरी असहमतिमा आउनुलाई ‘कतै पुनः विभिन्न बहानामा निर्वाचन हुन नदिने षड्यन्त्र त होइन ’ भन्ने ढंगले राजनीतिक बजारमा अथ्र्याउन खोजिएको छ ।
यसपटक प्रत्यक्ष र समानुपातिक दुवैं ढंगको मिश्रित प्रणालीमा निर्वाचन हुँदै छ भने फागुन १ गते मतदाता सूची प्रकाशन र फागुन ५ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
उम्मेदवारी चयनका सन्दर्भमा विद्यार्थी संगठनभित्र आन्तरिक तयारीहरू भइरहेको बताइन्छ ।
त्रिवि कर्मचारीमा छत्र
विद्याथीहरूलाई निर्वाचनको रौनक लागेसँग विश्वविद्यालयका कर्मचारीहरूलाई पनि चुनावी चटारो परेको छ । आगामी फागुन ५ गते त्रिवि कर्मचारी संघको ११औं निर्वाचनका लागि प्रगतिशील पेसाकर्मीहरूका तर्फबाट केन्द्रीय कार्यालय कीर्तिपुरमा कार्यरत छत्रबहादुर कार्की मैदानमा आएका छन् ।
कार्कीको नेतृत्वमा त्रिवि प्रगतिशील कर्मचारी संगठनले आफ्नो टिम चुनावी मैदानमा अघि सारेको छ । सो टिममा वरिष्ठ उपाध्यक्षमा शाक्यमुनि नेपाली, उपाध्यक्षमा दीनानाथ दाहाल, शिवहरि थापा, इन्द्रकुमारी प्रधान, पैकराम पासी र रामजीबहादुर खड्का रहेका छन् भने महासचिवका प्रत्यासीमा ध्रुवप्रसाद रिमाल, सचिव भूपेन्द्र लामा, कोषाध्यक्षमा सुनीलकुमार खनाल र सदस्यहरूमा कमला अधिकारी, सिर्जना महर्जन, किशोरीप्रसाद यादव, नवराज बास्तोला, न्हुँछेनारायण श्रेष्ठ, वीरेन्द्रप्रसाद यादव, विष्णुप्रसाद घिमिरे, रामबहादुर मगर, रामेश्वरी वासुकला, लक्ष्मी न्यौपाने र हर्के खडायत भिड्दै छन् ।
सो समूहले विश्वविद्यालयको समग्र सुधार आफ्नो पहिलो एजेन्डाका रूपमा अघि सारेको छ भने कर्मचारी हक हितका कुराहरूलाई पनि प्राथमिकता दिएको छ ।
देशैभरिका गरी करिब ६ हजार मतदाता रहेको त्रिवि कर्मचारी संघमा यसअघि पनि प्रगतिशील पक्षको अग्रता रहँदै आएको छ । कार्की नेतृत्वको समूहले कर्मचारीहरूको वृत्ति विकास, श्रेणीविहीनहरूको सेवा सुरक्षा र स्थायित्व, अवधि पुगेका कर्मचारीहरूको नियमित बढुवालगायतका मुद्दा अघि सारेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply