राज्यमन्त्रीको पीए कुटपिटमा उत्रिए
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुलाई अहिले आफ्नै स्वकीय सचिवलाई हटाउने कि राख्ने भन्ने समस्या उत्पन्न भएको छ । आफ्ना स्वकीय सचिव विलास याङ्लालाई नहटाउँदा कर्मचारीहरूको विरोध खेप्नुपर्ने र हटाउँदा विश्वासपात्र गुम्ने डरमन्त्री जबेगुमा रहेको बताइन्छ ।
स्रोतका अनुसार केही दिनअघि मन्त्री जबेगुका स्वकीय सचिव याङ्लाले तेलको कुपनको निहुँमा मन्त्रालयको आन्तरिक शाखाका उपसचिव तुलसी श्रेष्ठलाई उनकै कार्यकक्षमा मुक्का बर्साए । स्वकीय सचिव याङ्लाले उपसचिव श्रेष्ठलाई ‘मैले चढ्ने गाडीमा फुल ट्यांकी तेल हाल्ने कुपन दिनू’ भनेर मागे । तर, उपसचिव श्रेष्ठले भने नियमअनुसार पाँच लिटरभन्दा बढीको कुपन दिन नसकिने बताए । उपसचिव श्रेष्ठ र स्वकीय सचिव याङ्लाबीच यही विषयमा विवाद तन्किँदै गयो । दुवैजना आफ्नो अड्डीमा रहे । केही सीप नचलेपछि स्वकीय सचिव याङ्लाले श्रेष्ठलाई मुक्का बर्साउन थाले । याङ्लाको मुक्काले श्रेष्ठ घाइते नै भएको बताइन्छ ।
स्वकीय सचिव याङ्लाले मन्त्रालयभित्रै दादागिरी देखाएपछि मन्त्रालयका कर्मचारीहरूले उनलाई स्वकीय सचिवलाई हटाउन सातदिने अल्टिमेटम दिएका थिए । तर, सात दिन बितिसक्दा पनि राज्यमन्त्री जबेगुले अहिलेसम्म याङ्लालाई हटाएका छैनन् । गुन्डागर्दीमा उत्रिने याङ्लालाई नहटाएसम्म कर्मचारीहरूले राज्यमन्त्रीलाई सहयोग नगर्ने तयारी गरिरहेका छन् ।
कर्मचारीमाथि दुव्र्यवहार गर्ने स्वकीय सचिव याङ्लालाई हटाउनुपर्नेदेखि स्वकीय सचिवालयका व्यक्तिले प्रयोग गर्ने गरेका गाडी तत्काल खोस्नुपर्ने माग पनि कर्मचारीहरूले राखेका छन् । यसैगरी, मन्त्रालयमा रहेको स्वकीय सचिवालयको कोठा खाली गर्नुपर्ने र मन्त्री र राज्यमन्त्रीद्वारा गर्नुपर्ने काम कर्मचारीहरूकै सचिवालयमार्फत गरिनुपर्ने माग पनि कर्मचारीहरूले राखेका छन् । तर, अहिलेसम्म कर्मचारीहरूको मागप्रति कुनै सुनुवाइ नभएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply