थापा बटुल्दै, राणा एक्लिँदै, लोहनीलाई ठेकेदारको साथ
काठमाडौं । पूर्वपञ्चहरूको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः संवैधानिक राजसंस्थालाई आफ्नो वैचारिक लाइन बनाउने भएको छ । पर्सि शुक्रबारबाट सुरु हुने पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादनले अन्तिम रूप दिँदै संसद्बाट नियन्त्रित राजसंस्थाको पक्षमा पैरवी गर्ने नीति लिएको हो ।
कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र पशुपतिशमशेर राणाहरूले नेतृत्व गरेको राप्रपाबीच तीन महिनाअघि एकीकरण भए अहिले एकता महाधिवेशन हुन लागेको हो । मुलुक संघीय गणतन्त्रमा गएपछि राप्रपाले पनि संघीय गणतन्त्रलाई स्विकार्ने निर्णय गरे पनि अहिले पुनः प्रतिगमनतिर फर्किएर राजसंस्थाको लाइनमा उभिएको हो । तर, पार्टीको वैचारिक नीति के बनाउने भन्ने कुरामा थापाले चलाखीपूर्ण निर्णय लिएको बताइन्छ ।
अहिले दोबाटोमा बस्ने, जुन हावी हुन्छ, त्यसैमा जाने, नीति लिएको स्रोतले बतायो । भोलि राजसंस्था आउने अवस्था आए हामीले पनि भनेका थियौं ‘सरकार’ भन्ने, यदि त्यस्तो भएन भने होइन हामीले त जनमतसंग्रहबाट टुंगो लगाउने भनेकै त थियौं, संविधान त मानेकै थियौं नि भन्ने ठाउँ राखेर यस्तो निर्णय लिएको बुझिएको छ ।
कसको पक्षमा को ?
पर्सिबाट सुरु हुने महाधिवेशनमा अध्यक्षका लागि अहिलेसम्म कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले दाबी प्रस्तुत गरेका छन् । तर, प्रतिनिधिको अवस्था हेर्दा थापा नै सबैभन्दा बलियो दाबेदार देखिआएका छन् । पार्टीभित्रको आन्तरिक समीकरणमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द र अर्का हस्ती स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले पनि उनैलाई साथ दिएका छन् । सुनिल थापालाई पछि महामन्त्री बनाउने सर्तमा यो गठबन्धन बनेको बुझिएको छ । अर्का चतुर राजनीतिक खेलाडी दीपक बोहोरा भने कसलाई समर्थन गर्ने भन्नेमा अहिलेसम्म खुलिसकेका छैनन् । मन्त्रीमा निरन्तरता दिने सर्त मानेको खण्डमा थापालाई सघाउने वचन उनले थापालाई दिएको स्रोतको दाबी छ । राणाका पछि पुराना, नाम चलेका र प्रभाव पार्ने हैसियतका कोही पनि नेता छैनन् । बुद्धिमान तामाङ राणाका मान्छे भए पनि उनी अहिले धर्मरकै अवस्थामा रहेको बताइन्छ । सबै मिल्नुपर्छ भन्दै उनी पनि थापातिरै लागेर आफूलाइ सुरक्षित पार्ने ध्याउन्नमा रहेको बुझिएको छ । आफ्नो पछि कोही नभएपछि अन्तिम अवस्थामा राणाले मैदान छाड्न सक्ने अनुमान गरिएको छ । डा. लोहनीलाई भने कालिका कन्ट्रक्सनका मालिकसमेत रहेका ठेकदार विक्रम पाण्डेले साथ दिएका छन् । लोहनी अर्थमन्त्री भएकै बेला उनको आर्थिक हैसियत बढेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply