त्रि.वि. कर्मचारी संघको निर्वाचनमा प्रगतिशील किन ?
नेपालका विभिन्न विश्वविद्यालय मध्ये त्रिभुवन विश्वविद्यालय देशको सबभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । देशको उच्च शिक्षाको नौवटा विश्वविद्यालय र चारवटा प्रतिष्ठान मध्येका कुल संख्याको असी प्रतिशतभन्दा बढी भार त्रिभुवन विश्वविद्यालयले थामेको छ । देश र विदेशका लागि उच्चस्तरको जनशक्ति निर्माण गर्न महत्वपूर्ण योगदान रहेको यस संस्थाकाविभिन्न प्राविधिक र अप्राविधिक विषय अध्ययन गरेर उत्पादित जनशक्तिले देश र विदेशका महतवपूर्ण स्थानमा रहेर सेवा गरिरहेका छन् ।त्रिभुवन विश्वविद्यालयको सेवालाई स्तरिय बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण छ ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आम कर्मचारीहरूको आस्थाको धरोहर साझा पेशागत संगठन त्रि.वि. कर्मचारी संघ एघारांै निर्वाचनमा जुटेको छ । २०४७ सालको ऐतिहासिक आन्दोलनको प्रतिफल स्वरुप त्रि.वि. कर्मचारी संघको स्थापना भएको हो । कर्मचारी संघको अगाडि यतिखेर थुप्रै चुनौति छन् । यतिखेर मुलुक जसरी तरल राजनैतिक अवस्थामा गुज्रिरहेको छ , त्यसरी नै त्रि.वि. पनि गन्तव्यहिन, दिशाहिन अवस्थामा रुमलिरहेको छ । मुलुकको स्वाधिनता, राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डतालाई जोगाउदै जनसरोकार र सामाजिक न्यायका पक्षमा भइरहेको राष्ट्रवादी आन्दोलनमा ऐक्यवद्धता जनाउदै विश्वविद्यालय भित्रका शैक्षिक, प्रशासनिक अस्तव्यस्ततालाई चिर्न “त्रि.वि. जोगाऔं” अभियानका साथ त्रि.वि.मा कार्यरत सम्पूर्ण राष्ट्रवादी, देशभक्त, प्रगतिशिल, संस्थाप्रेमी कर्मचारीहरू एकजुट हुन आवश्यक छ । यसका लागि त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनको उमेद्वारहरू विजय हुन अनिवार्य भएकोलेप्रगतिशीलको तर्फबाट जुझारु उमेद्वारहरूमैदानमा छन् ।
यस अघिको निर्वाचनमा त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनको नेतृत्वको समुह निर्वाचित भएको थियो । त्यसैले घोषणापत्र र प्रतिवद्धतापत्र मार्फत् विश्वविद्यालयको संस्थागत सुधार, आम कर्मचारीको हक हित र पेशागत मर्यादा कायम राख्न विभिन्न काम गर्ने प्रतिवद्धता व्यक्त गरे अनुरुप नै धेरैजसो माग पूरा भएका छन् । संघको स्थापनाकालदेखि निरन्तर रुपमा राखिएका मागहरू यसपटक पूरा गर्न सफल भइएको छ । ती नीतिगत निर्णयहरूलाई पूर्ण रुपमा कार्यान्वयन गराउन र समयसापेक्ष नयाँ नयाँ मागहरू पूरा गराउनका लागि पनि आगामी निर्वाचनमा त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनका उमेद्वारहरुलाई जिताउन आवश्यक छ ।
त्रि.वि. कर्मचारी संघ त्रि.वि.मा कार्यरत आम कर्मचारीहरुको हक अधिकारलाई सुरक्षित गर्दै पेशागत मर्यादालाई उच्च राख्न निरन्तर संघर्षशिल रहन आवश्यक छ । २६÷२७ बर्षको जवान अवस्थाबाट हुर्किरहेको कर्मचारी संघको सामू थुप्रै चुनौतिहरु विद्यमान छन् । आफ्ना सदस्यहरूको सेवा, सुरक्षाको ग्यारेण्टी, समयबद्ध पदोन्नती, पेशामा प्रतिष्पर्धी क्षमताको विकासका लागि ज्ञान, सिप र तालिमका अवसर दिलाउनु, सम्पूर्ण कर्मचारीहरु सदस्य बन्ने, चुन्ने र चुनिने अवसर दिलाउनु, श्रेणीविहीन स्तरका कर्मचारीहरुको नियुक्ति, स्थायित्वलाई नियमित गर्दै ठेक्का करारबाट कर्मचारी भर्ती गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने जस्ता महत्वपूर्ण चुनौतिहरुको बीचबाट संघको भूमिकालाई स्थापित गरेर जान आवश्यक छ । वर्तमान अवस्थामा यस क्षेत्रको पेशागत आन्दोलनमा देखिएको अराजकताबाद, अवसरवाद र अर्थवादबाट जोगाउदै आम साथीहरुको सुनिश्चित भविश्य निर्माणमा सहयोगी बन्न कर्मचारी संघलाई नयाँ सोच र दृष्टिकोणका साथ संचालन गर्न यस पटकको निर्वाचनमा प्रगतिशिल प्यानलालाई जिताउनु नै सिङ्गो कर्मचारी संघको गरिमालाई उच्च राख्नु हो ।
हरेक कर्मचारीको मत अमूल्य छ । कर्मचारीले एकपटक गर्ने विवेकपूर्ण निर्णयसँग सिंगो विश्वविद्यालय र कर्मचारीहरूको भाग्य र भविष्य गासिएको छ । जहिले जहिले प्रगतिशिल कर्मचारी संगठनले कर्मचारी संघको नेतृत्व गरेको छ , त्यसबेला विश्वविद्यालयको सुधार र आम कर्मचारीको हितमा काम भएको इतिहास साक्षी छ । विगतमा प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै विश्वविद्यालयको उन्नयन तथा विकासका साथै समयसापेक्ष सुधार र पेशागत हक अधिकारका लागि न्यायको पक्षधर, लगनशिल, इमान्दार, कर्तव्यनिष्ठ, पेशागत र प्रजातान्त्रिक आन्दोलनमा समर्पित प्रगतिशिल कर्मचारी संगठनका उमेद्वारहरूलाई जिताउनु पर्दछ ।
हामी स्पष्ट कार्ययोजनाका साथ काम गर्ने हो भने कुनैपनि समस्या सहज रुपमा सुल्झाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्दछौं । विश्वविद्यालयको संस्थागत सुधारका अलावा पेशागत हकहितका लागि हामीसंग स्पष्ट कार्ययोजना छ । विश्वविद्यालयको सुधारका लागि कर्मचारीको भूमिका महत्वपूर्ण भएतापनि सोही बमोजिम विश्वविद्यालयले कर्मचारीलाई काम गर्ने वातावरण उपलब्ध गराएको देखिदैन । विश्वविद्यालयमा काम गर्ने कर्मचारीहरुको काम, कर्तव्य र अधिकार के हुने भन्ने सम्बन्धमा स्वयं विश्वविद्यालय स्पष्ट भएको देखिदैन । भर्खरै भएको त्रि.वि. सभाको बैठकबाट महाशाखा प्रमुखहरुको काम, कर्तव्य र अधिकारको बारेमा नियममा व्यवस्था गरिएको छ । केही वर्ष अघि मात्र क्याम्पस कार्यालयका कर्मचारीहरुको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको थियो तर त्यो पनि राम्ररी कार्यान्वयन हुन सकेको छैन ।
नितीगत निर्णयमा कर्मचारीको संलग्नता पाइदैन । विश्वविद्यालयको सर्वाेच्च निकाय रहेको त्रि.वि. सभामा कर्मचारी संघको प्रतिनिधिको रुपमा एकजना कर्मचारीको मात्र उपस्थिती रहन्छ । विश्वविद्यालयको कार्यकारी निकाय कार्यकारी परिषदमा कर्मचारीको प्रतिनिधित्व छैन । विशुद्ध प्रशासनिक पदको रुपमा रहेको रजिष्ट्रारको पदमा कर्मचारीबाट नियुक्त हुनुपर्ने व्यवस्था संसारका ठूला विश्वविद्यालयमा छ । तर सो पदमा पनि राजनीतिक भागवण्डाका आधारमा शिक्षकलाई नै नियुक्त गर्ने गरिएको छ ।
विश्वविद्यालय प्रशासनमा तिसांै वर्ष संलग्न रहेर अनुभवले खारिएका प्रशासकहरु सामान्य लाए अराएको काम गर्न बाध्य छन् । सोभन्दा तल्ला तहका कर्मचारीहरुको अवस्था झन दयनीय रहेको छ । कर्मचारीहरुमा उत्साह छैन । काम, कर्तव्य अधिकार स्पष्ट गरिएको छैन । सेवा सुविधा कम छ । त्यसवाहेक भेदभाव पनि छ । कर्मचारीहरुको सेवा, सुरक्षाको ग्यारेण्टी, समयबद्ध पदोन्नती, पेशामा प्रतिष्पर्धी क्षमताको विकासका लागि ज्ञान, सिप र तालिमका अवसर दिलाउनु, श्रेणीविहीन स्तरका कर्मचारीहरुको नियुक्ति, स्थायित्वलाई नियमित गर्दै ठेक्का करारबाट कर्मचारी भर्ती गर्ने प्रवृत्तिको अन्त्य गरी काम गर्ने वातावरण बनाउनु पर्ने छ । यीनै कुराहरुको अभावलेउत्प्रेरणाको कमि छ, जसले गर्दा विश्वविद्यालयको अवस्था दिनानुदिन खस्कदो छ ।
यस्तो अवस्थाबाट कर्मचारीहरुलाई जोगाउन उनीहरुलाई संगठित गर्नु आवश्यक ठानी कर्मचारीहरुको हकहितका लागि २०४७ सालको राजनीतिक उपलब्धिपछि त्रि.वि. कर्मचारी संघको स्थापना भएको हो । सो संघले शुरुदेखि नै कर्मचारीहरुका हकहित, पेशागत मर्यादा र विश्वविद्यालयको नीतगत निर्णयमा कर्मचारीको संलग्नताका लागि संघर्ष गदै आइरहेको छ । कर्मचारीहरुको सेवा सुविधा नेपाल सरकारको बराबरी हुने अवस्था सृजना गर्न यसको महत्वपूर्ण योगदान रहेको छ । पेशागत मर्यादाका लागि पनि यसको योगदान महत्वपूर्ण रहेको छ । जहांसम्म त्रि.वि. सभामा कर्मचारीहरुको प्रतिनिधित्व बढाउने, कार्यकारी परिषदमा कर्मचारीको प्रतिनिधित्व गराउने र रजिष्ट्रार तथा अन्य पदमा कर्मचारीबाट नियुक्त गराउने सवालमा भने कर्मचारी संघ पछि परेका देखिन्छ ।
कर्मचारी संघले गएको कार्यकालमा २०४७ साल देखि उठाइएका कार्य विवरण, श्रेणीविहीन कर्मचारीलाई माथिल्लो तहमा जाने व्यवस्था, सेवा प्रवेश तालिम, स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था र शिक्षक कर्मचारीका छोरराछोरीलई प्राविधिक अध्ययन गर्न कोटाको व्यवस्था जस्ता मागहरू पूरा गर्न सफल भएका छौ । उचित कार्ययोजनाका साथ प्रस्तुत हुन सकेमा दीर्घकालिन मुद्धाहरू पनि पूरा गराउन सकिन्छ भन्ने प्रमाण यसले दिएको छ । त्यसैले आगामी दिनहरूमा पनि दीर्घकालिन प्रकृतिका नीतिगत मुद्धाहरूका साथै अन्य मुद्धाहरू पूरा गराउन त्रि.वि. का कर्मचारीहरुले त्रि.वि. प्रगतिशील कर्मचारी संघका उमेद्वारहरुलाईविजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply