मुमारामको ठाउँमा दुई खड्काको दाबी
काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिले राष्ट्रिय राजनीतिमा ठूलै हलचल ल्याउने अपेक्षासहित मुमाराम खनाल पनि सोही पार्टीमा आबद्ध भएका थिए । तर, लामो समयदेखि माओवादीसँग टाढा रहेका खनाल नयाँ शक्तिमा पनि धेरै समय टिक्न सकेनन् र केही समयअघि एकतर्फी रूपमा आफू अलग भएको घोषणा गरे ।
नयाँ शक्ति नेपालको ९९ सदस्यीय केन्द्रीय कार्यकारी समितिबाट खनालसहित तीनजना अलग रहेपछि अहिले खाली रहेको ती तीन पदमा दुई भाइ खड्काले दाबी गरेका छन् । रिक्त रहेको तीन सदस्यमध्ये केही समयअघि नयाँ शक्तिमा प्रवेश गरेका सांसद् गंगा चौधरीलाई लैजाने टुंगो भइसकेको छ । तर, अरू दुई सदस्यमा भने पूर्वयुवराज पारस शाहका सहयोगी सुनील खड्का र नयाँ शक्तिको स्थापनाकालदेखि नै सक्रिय रहेका विदुर खड्काले दाबी गरेका छन् । खनालले नयाँ शक्ति परित्याग गरेपछि र ऋषभदेव भट्ट र सोनाम छिरिङ लामालाई भ्रष्टाचारमा मुछिएका कारण कारबाही गरेर निष्कासन गरिसकेको हुँदा केन्द्रीय कार्यकारी समितिमा तीन सदस्य खाली रहन पुगेको हो ।
पछिल्लो समय डा. भट्टराईसँग नजिक भएका र सहयोगसमेत गर्दै आएका सुनीललाई कार्यकारी समितिमा लैजाने तयारी भएपछि लामो समयदेखि सो पार्टीमा काम गर्दै आएका अरू कार्यकर्ताहरू रुष्ट हुन पुगेका छन् । सुनीलको विगत विवादास्पद रहेको र नयाँ शक्तिको स्पिरिटअनुरूप चल्न नसक्ने भन्दै उनलाई समितिमा ल्याउन नहुनेहरूको मत बढ्दै गएको बताइन्छ । उता, जनयुद्धकालदेखि नै डा. भट्टराईलाई सघाउँदै आएका विदुरलाई भने कार्यकारी समितिमा लैजानुपर्ने कुरा उठेको छ ।
कार्यकारी समितिमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा जनसम्पर्क सल्लाहकार रही पछिल्लो समयमा नयाँ शक्तिमा प्रवेश गरेका निर्मल भट्टराईले पनि आँखा गाडेका थिए । तर, उनलाई डा. भट्टराईले नरुचाउने भएका हुँदा उनको सम्भावना कम हुँदै गएको बताइन्छ । आफूलाई समितिमा नल्याउने प्रस्ट भएपछि केही दिनअघि डा. भट्टराई र उपेन्द्र यादवले चुनाव रोक्न निकालेको संयुक्त विज्ञप्तिको विरुद्धमा भट्टराईले लबिङ गरेर अर्को विज्ञप्ति नै निकालेका थिए । विज्ञप्ति निकाल्ने भट्टराईसहित परिषद्का आठ सदस्यलाई अहिले परिषद्बाट हटाइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply