ठेक्कापट्टामा लापरबाही गर्ने २४ कम्पनी कारबाहीमा
काठमाडौं । ठेक्कापट्टामा चरम लापरबाही गर्ने दुई दर्जन ठेकेदार कम्पनी डिभिजन सडक कार्यालयको कारबाहीमा परेका छन् ।
सडक विस्तार, मर्मत तथा कालोपत्रेको काम निर्धारित समयमा नसक्ने र काममा चरम लापरबाही गर्ने २४ ठेकेदार कम्पनीलाई डिभिजन सडक कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको हो । कार्यालयले आर्थिक वर्ष ०७०÷७१ मा ठेक्का पाएका ६ र ०७१÷७२ मा ठेक्का पाएका १८ ठेकेदारसँग ३१ लाख ६८ हजार ४ सय ९९ रुपैयाँ जरिवाना असुलेको हो ।
कारबाही अटेर गर्नेको ठेक्का रद्द गरी कानुनबमोजिम थप कारबाही गरिने बताइएको छ । चालू आवमा ठेक्का पाउने ठेकेदारहरूले पनि समयमा काम पूरा गर्न नसकेमा कारबाही गरिने डिभिजन सडक कार्यालयको तयारी छ । कार्यालयका अनुसार सबभन्दा बढी चेबो निर्माण सेवालाई २ लाख ९२ हजार ३ सय २१, शक्ति कन्स्ट्रक्सनलाई २ लाख ९० हजार ४ सय ९२ र शुभकामनालाई २ लाख ४३ हजार ५ सय ६६ रुपैयाँ जरिवाना गरिएको छ । शुभकामना र चेबोले ४–४ र शक्तिले पाँचवटा ठेक्का पाएका थिए । कार्यालयले एरिसा कन्स्ट्रक्सन भक्तपुरलाई १ लाख २२ हजार ८ सय ३०, मौलिकलाई २ लाख ८ हजार ८ सय ७२, स्काई लाइनलाई १ लाख ८७ हजार ९ सय ८४, ओममित्रलाई १ लाख ४३ हजार ९ सय २८ रुपैयाँ जरिवाना तिराएको छ ।
भक्तपुर, ओममित्र, मौलिकले दुई÷दुई र स्कइलाइनले चारवटा ठेक्का पाएका थिए । यङ्लालाई १ लाख ५० हजार २६ र सिर्जनालाई १ लाख ६२ हजार ९ सय १६ रुपैयाँ जरिवाना गरिएको छ । यङ्ला र सिर्जनाले तीन÷तीनवटा ठेक्का पाएका थिए । २–२ ठेक्का पाएका शंखदेवी, शिव र सप्तपथलाई क्रमशः १ लाख ९४ हजार ९ सय ५५, १ लाख ४ हजार ४ सय ७७ र ७१ हजार ९ सय १८ रुपैयाँ जरिवाना तिराइएको छ । उज्ज्वल निर्माण सेवा ५६ हजार ८७, शान्ति निर्माणलाई १ लाख ५० हजार ४ सय ४९, देशप्रेमलाई १ लाख २७ हजार ६ सय ७१, वज्रबाराहीलाई १ लाख ३७ हजार ८ सय ५५, नयाँ युगलाई ६६ हजार ३ सय ७, पीआरलाई ५७ हजार २ सय ६५, पालुवालाई १२ हजार ९ सय २६, कान्तिपथलाई ३८ हजार ८ सय ५६, प्रदेजलाई २ हजार ८ सय ६३ र जेडी कन्स्ट्रक्सनलाई ३७ हजार २ रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply