पर्खाल छेडेर लुम्बिनी ध्वस्त
काठमाडौं । लुम्बिनी विकास कोषका पदाधिकारीहरूको निष्क्रियता र हेलचेक्र्याइँले गर्दा बर्सेनि लाखौं बौद्ध धर्मावलम्बीहरूको आगमन हुने लुम्बिनी क्षेत्र बिस्तारै उजाड बन्न पुग्दै छ । लुम्बिनीभित्रका हरिया र सुकेका रूख काटेर बेच्ने गिरोहहरू सक्रिय रहेका हुँदा लुम्बिनी उजाड बन्ने सम्भावना बढेको हो ।
केही समययता लुम्बिनी गुरुयोजनाअन्तर्गत बनाइएको करिब १६ किलोमिटर लामो पर्खाल ठाउँ–ठाउँमा भत्काएर लुम्बिनीभित्र छिर्ने र त्यहाँका साल, सिसौंका हरिया रूखहरू काटेर बेच्ने क्रम निकै नै मौलाएको छ । लुम्बिनीको सुरक्षाका लागि बनाइएको पर्खालमा करिब २ सय ठाउँमा फुटाइएको छ । फुटाइएको ठाउँबाट छिरेर रूखहरू काट्ने कार्यले तीव्रता पाए पनि लुम्बिनीको सुरक्षा गर्न नियुक्त गरिएका कर्मचारीहरूले पूरै बेवास्ता गरिरहेको बताइन्छ ।
लुम्बिनीको सुरक्षाका निम्ति करिब ६० जनाजति सुरक्षाकर्मी नियुक्त गरिएका छन् । त्यसको नेतृत्व लीला श्रेष्ठले लिइरहेका छन् । तर, कोषका पदाधिकारीहरूले सुरक्षा प्रमुख श्रेष्ठलाई खासै निर्देशन नदिने र उनले पनि वास्ता नगर्ने भएको हुँदा लुम्बिनीभित्रकै रूखहरू कटान हुँदा पनि नियन्त्रण हुन सकिरहेको छैन । लुम्बिनी परिसरभित्रका रूखहरू काटिने क्रममा त चलेको छ नै, प्रसिद्ध मायादेवी मन्दिर त गाईवस्तुहरू चराउने थलो बनेको छ । मायादेवी मन्दिर वरिपरि गाईवस्तु चराउने गरिएको हुँदा लुम्बिनीको शोभा नै मेटिन पुगेको छ ।
कोषका सदस्य–सचिव अजितमान तामाङ धेरैजसो विदेशतिरै घुम्ने र उपाध्यक्ष भिक्षु निग्रोध काठमाडौंमै रमाउने भएका हुँदा लुम्बिनीमा के भइरहेको छ भन्नेबारे उनीहरूले खासै चासो नराख्ने गरेको पाइएको छ । कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य भने नयाँ भएकोे हुँदा उनलाई लुम्बिनीका आन्तरिक कुराहरू त्यति धेरै थाहा नभएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply