चुनावको मुखमा तीन हजारको प्रवेश
काठमाडौं । नेकपा (एमाले) ले सुरु गरेको मेची–महाकाली राष्ट्रिय जागरण अभियानमा पार्टी प्रवेशको लहर चलेको छ । गत २१ फागुनबाट झापाको काँकडभिट्टाबाट सुरु भएको अभियानमा अहिलेसम्म विभिन्न पार्टी परित्याग गरी ३ हजारभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेको सचिव योगेश भट्टराईले बताए । अभियानमा अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहित स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र सांसदहरू सहभागी छन् ।
भैरहवामा आयोजित आमसभामा नयाँ शक्ति नेपाल पार्टीका प्रमुख संरक्षक तथा माओवादीका पूर्वनेता रामचन्द्र भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकारसमेत रहिसकेका भट्टराई करिब नौ वर्षपछि मूल घर फर्किएका हुन् । उनीसँगै अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सल्लाहकार मैयाँ भट्टराई, वामपन्थी नेता आरसी चापागाईंसहित करिब ६ सय जना प्रवेश गरेका छन् । नवलपरासीको कावासोतीमा आयोजित आमसभामा राप्रपाका केन्द्रीय सदस्य अमरनाथ शर्मासहित १३ सय ९१ जना एमालेमा प्रवेश गरेका छन् ।
त्यस्तै, हेटौंडा र चितवनमा आयोजित आमसभामा कांग्रेस, माओवादी केन्द्र र राप्रपा परित्याग गरी १ हजारभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अहिलेसम्म माओवादी केन्द्रको केन्द्रीय कमिटीका पाँचजना सदस्यसहित जिल्लास्तरीय २ सय नेता एमाले प्रवेश गरेको बताइएको छ । त्यस्तै, काँकडभिट्टा, इनरुवा, विराटचोक, राजविराजलगायतका स्थानमा भएका आमसभामा पनि विभिन्न पार्टी परित्याग गरी सयौं व्यक्तिहरू एमालेमा प्रवेश गरेका छन् ।
१५ ठाउँमा बृहत् सभा, दर्जनौं कोणसभा
जागरण अभियानअन्तर्गत एमालेले अहिलेसम्म १५ स्थानमा वृहत्त आमसभा गरेको छ भने दर्जनौं स्थानमा कोणसभाहरू गरेको छ । अहिलेसम्म काँकडभिट्टा, दमक, बिर्तामोड, विराटचोक, बिर्तामोड, इनरुवा, इटहरी, सप्तरीको राजविराज, हेटौंडा, नारायणघाट, कावासोती, भूमही, भैरहवा, जितपुर, लमही र नेपालगन्जमा बृहत् आमसभा सम्पन्न भएको छ । तराईको पूर्वपश्चिम राजमार्गकेन्द्रित सवारी ¥याली अघि बढ्ने क्रममा ठाउँ–ठाउँमा कोणसभाहरू आयोजना गरिएको छ ।
यी–यी ठाउँमा हुँदै छ अभियान
बुधबार गुलरिया, टीकापुर लम्कीमा आमसभा हुँदै छ । त्यस्तै, बिहीबार धनगढी र महेन्द्रनगर आमसभा हुनेछ भने शुक्रबार महेन्द्रनगरमै पत्रकार सम्मेलन सम्पन्न हुनेछ । महेन्द्रनगरबाट फर्किएको केन्द्रीय टोलीसहितको सवारी ¥याली शनिबार सुर्खेतमा सभामा परिणत हुनेछ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply