पारसका सहयोगीलाई बाबुरामको ढुकुटी जिम्मा
काठमाडौं । कुनै बेला पूर्वराजपरिवारका एक सदस्यको आर्थिक सहयोगीले अहिले नयाँ शक्ति नेपालको आर्थिक व्यवस्थापन हेर्ने जिम्मेवारी सम्हालिरहेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, त्यो यथार्थ हो । पूर्वराजा ज्ञानेन्द्र शाहसँग मनमुटाव तीव्र भएपछि बिरक्तिएर केही वर्ष थाइल्यान्डमा बसेका पूर्वयुवराज पारस शाहको सबै खर्चबर्च बेहोर्ने सुनिल खड्काले अचेल भने नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराई र उनको पार्टीको आर्थिक व्यवस्थापन गर्ने महŒवपूर्ण जिम्मेवारी पाएका छन् ।
पूर्वयुवराज पारस लागूऔषध सेवनका कारण थाइल्यान्डमा जेल पर्दा र थाइल्यान्डमा बस्दा उनका सबै खर्च बेहोरिदिने खड्काले अहिले भने नयाँ शक्ति, नेपालको महŒवपूर्ण विभाग ठानिने उत्पादन तथा आर्थिक व्यवस्थापन विभागको संयोजकको भूमिका पाएका छन् । माओवादी छाडेपछि आर्थिक क्रान्ति गर्ने नारा बोकी नयाँ शक्ति स्थापना गरेका डा. भट्टराईले खड्कालाई आर्थिक स्रोत जुटाउन सक्ने व्यक्ति भएको पहिचान गर्दै सो जिम्मेवारी दिएको बताइन्छ ।
तर, खड्कालाई पार्टीको एउटा महŒवपूर्ण र प्रभावशाली विभागको संयोजक बनाइँदा अरू नेताहरू भने असन्तुष्ट रहेका छन् । राजनीतिक पृष्ठभूमि नहेरी खड्कालाई एकाएक संयोजक दिनुको अर्थ पार्टीलाई चाहिएको बेला पैसा निकाल्न सक्ने व्यक्ति खोजिएको हुन सक्ने अड्कल लगाइएको छ ।
यसैगरी, नयाँ शक्ति, नेपालले अरू पार्टीमा नबिक्ने, कुँडाकर्कटलाई समेत भिœयाएर महŒवपूर्ण जिम्मेवारी दिन थालेपछि सो पार्टीभित्र वर्षौंदेखि इमानदारपूर्वक काम गर्दै आएका कार्यकर्ताहरू असन्तुष्ट बन्न पुगेका छन् । एमालेमा राम्रै नेताका रूपमा गनिए पनि पछि भने तत्कालीन राजा ज्ञानेन्द्रका कदमलाई समर्थन गर्दै राजावादी बनेका देवीप्रसाद ओझालाई नयाँ शक्तिले भिœयाएलगत्तै केन्द्रीय कार्यकारी समितिमा लगिएको छ । ओझासँगै मणि पोखरेल र सांसद गंगा चौधरीलाई समेत सो समितिमा मनोनयन गरिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply