चोरबाटोबाट जलविद्युत् कम्पनीकोे नाफा
काठमाडौं । जलविद्युत् उत्पादन गर्न भनेर सरकारबाट पाएको अर्बौं रुपैयाँ बैंकमा निक्षेप राखेर नाफा कमाएको प्रचार एक कम्पनीले गरिरहेको छ । केही वर्षअघि मात्र स्थापना भएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले जलविद्युत् विकासका लागि भने कुनै सिन्को नभाँच्ने तर बैंकको ब्याज र सर्वसाधारणको निक्षेप देखाएर प्रगति गरिरहेको प्रश्न उठेको हो ।
जलविद्युत्मा लगानी गरेर मुलुकको ऊर्जा संकट टार्न भनेर सरकारले दिएको ८ अर्ब लगानी गरेको र सर्वसाधारणलाई सेयर बिक्रीबाट २ अर्ब गरी १० अर्ब रुपैयाँ उठाएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्नो मूल उद्देश्यलाई छाडेर बैंकमा निक्षेप राख्दै ब्याज खाएर बसिरहेको बताइन्छ ।
एउटा उद्देश्यका लागि राज्यकोष र नागरिकबाट मोटो रकम उठाएर अर्कै प्रयोजनमा सो रकम लगाउनुलाई गलत अभ्यास मानिन्छ । जस्तो कि नेपाल राष्ट्र बैंक र बिमा समितिले बैंक र बिमा कम्पनीलाई व्यावसायिक भवन निर्माण गर्न रोक लगाएका छन् । बैंकले बैंकिङ व्यवसाय र बिमा कम्पनीले बिमा व्यवसाय गरेर नाफा कमाउनुपर्छ भन्ने स्पष्ट व्यवस्था छ ।
देशमा जलविद्युत्मा लगानी गर्न स्थापना भएको उक्त कम्पनीले गत आर्थिक वर्ष २०७३÷७४ मा ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा २५ करोड ४० लाख रुपैयाँ थियो । गत आवमा सरकारबाट प्राप्त बीउ पुँजी (सिड मनी) बैंकका निक्षेप राखेर कुल ७४ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष निक्षेपको ब्याजबाट ५० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत आवमा उक्त कम्पनीले ८० करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । करिब ४ करोड रुपैयाँ कर्जा प्रवाह र शुल्कबाट आम्दानी गरेको र ९० प्रतिशतभन्दा बढी आम्दानीको स्रोत बैंकको ब्याज भएको एचआईडीसीएलले सोमबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले देखाएको छ ।
जलविद्युत्मा लगानी गर्नका लागि भनेर सरकारले २०६८ साल असारमा एचआईडीसीएलको स्थापना गरेको हो । त्यसबेला एचआईडीसीएलसँग ८ अर्ब रुपैयाँ बीउ पुँजी थियो । स्थापनादेखि उसले जलविद्युत्मा लगानी गर्नुको सट्टा बैंकमा मुद्दतीमा निक्षेप राखेर प्राप्त हुने ब्याजबाट नाफा देखाउँदै आएको छ ।
अहिले एचआईडीसीएलको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यस्तै उसको सञ्चिति र बचत गरी ९८ करोड ९९ लाख रुपैयाँ पुगेको छ । जबकि उसले हालसम्म जलविद्युत् आयोजनामा ७६ करोड २६ लाख रुपैयाँ मात्र लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply