‘सुप’का लागि रातारात दबाब
काठमाडौं । सरकारले रातारात दरबन्दी थपेर चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृह सचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको हो । निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआईजीको बढुवा सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले यही कात्तिक २० गते निर्वाचन आयोगसँग दुई एआईजी बढुवाका लागि अनुमति लिएको थियो भने दुई एआईजी बढुवाका लागि सोमबार राति नै निर्वाचन आयोगबाट जबर्जस्ती सहमति लिएको आयोग स्रोतले बतायो ।
एआईजीमा बढुवाका लागि सिफारिस गरिएका डीआईजी हेमन्तबहादुर पाल, डीआईजी मधुप्रसाद पुडासैनी, डीआईजी माधवप्रसाद नेपाल र डीआईजी पंकज श्रेष्ठ रहेका छन् । प्रधानमन्त्री देउवाले प्रहरीमा क्षेत्रीयतालाई प्रश्रय दिइरहेका बेला हेमन्त पाललाई एआईजी बनाउनकै लागि रातारात यो दबाब दिएको बुझिएको छ । स्मरणीय छ, पाल सुदूरपश्चिम अर्थात् ‘सुप’का हुन् ।
सो लर्टमा रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गोविन्द निरौला भने कसैले नच्यापेपछि अन्यायमा परेको बताइएको छ । उनीहरूमा तीव्र असन्तुष्टि छाएको छ । अब प्रहरी नियमावली कुल्चिएर जम्बो एआईजी हुने भएको छ ।
सरकारले प्रहरी अधिकारीहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न प्रहरी ऐन र नियमावलीको धज्जी उडाएको छ । नियमावलीमा एक प्राविधिकसहित चार एआईजी हुने प्रावधान छ, तर सोमबार चार डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरेसँगै नेपाल प्रहरीमा एआईजीको संख्या १६ पुग्ने भएको छ ।
संगठनको आवश्यकताभन्दा पनि व्यक्तिगत चलखेलका आधारमा एआईजी बढुवा गर्ने प्रवृत्ति बढ्दै गएको यसले देखाएको छ । जसबाट राज्यलाई अनावश्यक भार थपिने त छँदै छ, प्रहरीको चेन अफ कमान्डमा समेत समस्या उत्पन्न हुने प्रहरी अधिकारीहरू बताउँछन् । मन्त्रिपरिषद्ले सिधै दरबन्दी थप्ने निर्णय गरेको हो । तीन वर्षअघि सरकारले एआईजीको संख्या ७ बाट ९ बनाएको थियो । त्यसपछि अदालतको आदेशमा थप ४ जना बढुवा भएपछि १३ जना पु¥याइएको थियो । ९ जना बनाउने बेलामा प्रहरी नियमावली संशोधन गरी उनीहरू अवकाश पाएपछि प्रशासनतर्फ तीन जना मात्र राख्ने निर्णय भएको थियो । तर, गत भदौमा सरकारले २ थपेर ११ जनालाई एआईजी बनायो । त्यसमा पनि केही पहुँचवाला डीआईजीहरू छुटेपछि फेरि दुई थपेर १३ जना पु¥याइएको थियो । एक एआइजीलाई हुने खर्चले १० जना सिपाहीलाई पुग्ने व्यक्तिका लागि दरबन्दी थप्ने क्रम रोकिएको छैन ।
नेपाल प्रहरीमा हाल बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, माधव जोशी, पशुपति उपाध्यय, केशरी घिमिरे, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजय भट्ट एआईजी छन् । सात एआईजीलाई प्रदेश प्रहरी इन्चार्ज बनाएर खटाइएको छ । प्रहरी अस्पतालमा एआईजी डा. दिनेशचन्द्र पोखरेल कार्यरत छन् । हाल प्रहरी मुख्यालयमा कार्य र मानवस्रोत विकास विभाग रिक्त छन् । त्यसबाहेक अन्य दुई एआईजीलाई कहाँ राख्ने टुंगो लागेको छैन ।
अब यो बढुवा सिफारिससँगै अब एसएसपीहरूलाई डीआईजी बढुवा गर्न पनि बाटो खुलेको छ । अब डीआईजी बन्ने वरिष्ठ एसएसपीहरूमा केदार रिजाल, नारायणसिंह खड्का, पीताम्बर अधिकारी, सुशीलकुमार भण्डारी, दिनेश अमात्य, सुज केसी, महेन्द्र पोखरेल, शेरबहादुर बस्नेत, दानसिंह बोहरालगायत रहेका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply