उपाध्यक्ष नहुँदा लुम्बिनी अस्तव्यस्त
काठमाडौं । खाली रहेको चार महिना बितिसक्दा पनि लुम्बिनी विकास कोषमा नयाँ उपाध्यक्ष नियुक्त हुन नसकेकाले राष्ट्रिय गौरवको आयोजनामा पर्ने लुम्बिनीका कामहरू दिनप्रतिदिन अस्तव्यस्त बन्न पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले कोषको उपाध्यक्ष नियुक्त गर्नेतिर तत्परता नदेखाएपछि कोषका काम ठप्प बन्दै गएका छन् ।
उपाध्यक्ष नभएको मौका पारेर कोषका सदस्य–सचिव अजितमान तामाङले पदावधि सकिन केही दिन बाँकी हुँदा उद्युम नै मच्चाउन थालेका छन् । मन्त्री देवलाई गुमराहमा राखेर उनले कोषको जिम्मेवारीबाट बिदा हुने बेला करिब २ सय कर्मचारीलाई तलब खुवाइरहेका छन् । कोषमा काम गर्ने कर्मचारीहरू दुई दर्जनभन्दा बढी नभए पनि उनले ८४ जना ज्यालादारी, ३८ जना सेवा करारका समेत गरी करिब २ सय कर्मचारीलाई बिनाकाम तलब खुवाइरहेका छन् । ती कर्मचारीहरूलाई मायादेवी मन्दिरमा भक्ताजनले चढाएको भेटीबापत आएको रकमबाट तलब दिइरहेका हुन् । सदस्य–सचिव तामाङको कृपामा पालिएका कर्मचारीहरू तलब बुझ्ने बेला मात्र कोषको कार्यालयमा उपस्थित हुने गरेका छन् । अरू बेला भने उनीहरू लुम्बिनीका देखा पर्दैनन् ।
त्यस्तै, अहिले लुम्बिनीमा पर्यटकहरूको चाप बढ्न पुगेको छ । शुक्रबार र शनिबार दैनिक ७० वटाजति गाडीमा पर्यटकहरू आउने गर्दछन् भने अरू दिन करिब ३० गाडीका हाराहारीमा पर्यटकहरू आउने गरेका छन् । तर, ती पर्यटकहरूमा विदेशी पर्यटक भने कमै आउने गरेको बताइन्छ । अहिले लुम्बिनी घुम्न आउने पर्यटकहरूको सिजन भए पनि सरसफाइमा उचित ध्यान नदिँदा पर्यटकहरू खिन्न भएर फर्किने गरेका छन् । गुरुयोजनाभित्र छिर्ने गेट, बसपार्कलगायतका ठाउँ फोहोरले भरिए पनि सरसफाइमा कोषका कर्मचारीहरूले तत्परता देखाइरहेका छैनन् । शौचालयमा दुर्गन्धले छिर्न नसकिने र खानेपानीको पनि उचित व्यवस्था नभएको हुँदा पर्यटकहरूमा लुम्बिनीप्रति नराम्रो धारणा बन्ने गरेको पाइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply