हरिकुमारको हरिप धन्दा
काठमाडौं । एकपटक अख्तियारले डामिसकेको काठमाडौं महानगरपालिकाका अधिकृत एवं स्थानीय निकाय नगरपालिका संघ, कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठले आफूले कमाएको अकूत पैसालाई विभिन्न क्षेत्रमा लगानी गर्न थालेका छन् । काठमाडौं महानगरपालिकामा लामो समयदेखि कार्यरत श्रेष्ठले अनियमित रूपले कमाएको रकमलाई लगानी गर्न खोजेको विश्वस्त सूत्रले बताएको छ ।
पछिल्लो समय उनी नमुना पेट्रोल पम्प खोल्ने कार्यमा व्यस्त छन् । नेपाल आयल निगमले देशभरि नै नमुना पेट्रोल पम्प खोल्न व्यवसायीहरूलाई आह्वान गरेपछि अहिले विभिन्न व्यवसायी पेट्रोल पम्पहरूमा लगानी गर्न लागेका छन् । त्यही क्रममा श्रेष्ठले पनि करोडौं रुपैयाँको लगानीमा नमुना पेट्रोल पम्प खोल्न लागेका हुन् । उनले पर्वत जिल्लाको फलेवासमा करोडौं लगानी गरेर पम्प खोल्ने तयारी गरिरहेका छन् र अचेल उनको काम महानगरपालिकाको काममा भन्दा नमुना पेट्रोल पम्प खोल्नेतिर नै केन्द्रित हुन थालेको बताइन्छ । महानगरपालिका सूत्रका अनुसार उनी अचेल महानगरको काममा कमै भेटिन्छन् ।
उनले खोल्न लागेको पेट्रोल पम्पको नाम बागलुङ पर्वत कालिका पेट्रोल पम्प हो । फलेबासमा खोल्न थालिएको उक्त नमुना पेट्रोल पम्पका लागि पाँच रोपनी जग्गा चाहिन्छ । आयल निगमले नमुना पेट्रोल पम्पका लागि कम्तीमा पनि पाँच रोपनी जग्गा चाहिने प्रावधान राखेको छ । उक्त नमुना पेट्रोल पम्पमा होटल, रेस्टुरेन्टलगायत सम्पूर्ण सुविधा हुने भएकाले एउटा पेट्रोल पम्प खोल्न कम्तीमा पनि ५ करोड रकम चाहिने अनुमान गरिएको छ ।
काठमाडौं महानगरपालिकाको अधिकृत स्तरका कर्मचारी श्रेष्ठले कसरी ५ करोडको लगानीमा नमुना पेट्रोल पम्प खोल्न आफूलाई आर्थिक रूपले सक्षम तुल्याए ? अहिले महानगरको कर्मचारी वृत्तमा निकै हल्लाखल्ला मच्चिएको छ । अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा छानबिनको दायरामा तानिएका श्रेष्ठले नमुना पेट्रोल पम्पमा लगानी गर्न लागेपछि त्यसको पनि छानबिन हुनुपर्ने कुरा महानगरपालिकाका कर्मचारीभित्र उठ्न थालेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply