‘कुटाकुट प्रकरण’ माओवादीको सचिवालयमा समानुपातिकमा हेरफेरको संकेत
काठमाडौं । प्रदेशसभातर्फको समानुपातिक सदस्यमा नयाँनयाँ ल्हाक्र्याललाई प्राथमिकता दिएको भन्दै माओवादी हेडक्वार्टर पेरिसडाँडा, कोटेश्वरको कुटाकुट प्रकरणले माओवादीको केन्द्रीय सचिवालय बैठकमा प्रवेश पाउने भएको छ ।
जिल्लादेखि नै सेटिङ मिलाएका दोलखाका आङदेन्डी शेर्पादेखि नेताका श्रीमतीलाई छानीछानी समानुपातिकतर्फ सांसद बनाइएको भन्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा डेढ साताअघि कुटाकुटको घटना भएको थियो । खस–आर्य समूहको पहिलो नम्बरमा रहेका सिन्धुपाल्चोकका माओवादीका पुराना नेता झंंकप्रसाद पराजुलीले शेर्पालाई लक्षित गरेर पार्टीमा कुनै योगदान नै नभएका नयाँनयाँ ल्हाक्र्याललाई स्थान दिएको भन्दै केन्द्रीय नेता हितमान शाक्य र झक्कुप्रसाद सुवेदीको कठालो समातेका थिए । उक्त प्रकरणबारे केन्द्रीय सचिवालयमा छलफल गरेर शेर्पाको नाममा अरूलाई नै पठाउने प्रचण्डले संकेत गरेपछि माओवादीका केही नेता पर्ख र हेरको अवस्थामा पुगेका छन् ।
गत साता शेर्पाको नाम तत्काल हटाएर अर्को व्यक्तिलाई समावेश गर्न माग गर्दै स्थायी समिति सदस्य गंगा कार्की ‘विश्व’, केन्द्रीय सदस्य तथा दोलखाका सहइन्चार्ज शंकर लामासहितको ठूलो प्रतिनिधिमण्डलले प्रचण्डसँग भेट गरेका थिए । भेटमा कार्कीले साढे ३ करोड बुझाएर सभासद्को सूचीमा परेका शेर्पाको नाम नहटाइए आफू जनतामाझ भण्डाफोेर अभियान सञ्चालन गर्न बाध्य हुनेसम्मको चेतावनी दिएका थिए । ‘पार्टी प्रमुख तपाईं हो, त्यसैले यस्तो गलत प्रवृत्तिलाई प्रश्रय दिने कुरा सच्याइएन भने मसहितका सबै साथीले जनतामाझ यथार्थ कुरा भनेर भण्डाफोर गर्नुपर्ने हुन्छ,’ कार्कीको भनाइ उद्धृत गर्दै प्रतिनिधिमण्डलमा सहभागी एक नेताले भने । प्रतिनिधिमण्डलका तर्फबाट विस्तृत कुरा थाहा पाएपछि गम्भीर बनेका प्रचण्डले त्यस विषयमा केन्द्रीय सचिवालयमा एजेन्डै बनाएर छलफल गर्ने र गलत काम गर्नेलाई स्थान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि, त्यसबारे माओवादी केन्द्रले सचिवालय बैठकमा भने अझै छलफल नगरेको बुझिएको छ ।
दोलखा जिल्ला पार्टीको सचिवालय बैठकमा आफू चुनावमा खट्न नसक्ने तर केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि माओवादी पार्टीको जिल्ला कोषमा एक रुपैयाँ जम्मा नगरेका शेर्पालाई नेतृत्वले सभासद्मा सिफारिस गरेपछि जिल्लाको दुई तिहाइभन्दा बढी नेतृत्वपंक्ति विपक्षमा उभिएको छ । जिरीमा आयोजित चुनावी सभामा पार्टीलाई जिताउने÷नजिताउने, भोट हाल्ने कि नहाल्ने काम जनताको भएको र त्यहाँका जनताले भोट नहाले पनि आफूले सांसद बन्ने बाटो तय गरिसकेको विवादित भाषणबाट शेर्पा चर्चित बनेका थिए । उनैले सभासद पद सुनिश्चित गरेपछि माओवादीको पेरिसडाँडामा भएको कुटाकुट प्रकरण अझै साम्य भइसकेको छैन ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply