अध्यक्ष ओली स्वस्थ्य

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ । ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो रहेको निजी सचिवालयले जनाएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको राजधानी बैंकक पुगेका अध्यक्ष ओली अहिले बैंककमै छन् । बैंककमा नियमित स्वास्थ्य परीक्षण गरेपछि केही दिनका लागि उतै आराम गरेर बसिरहेका ओलीका निजी चिकित्सकहरू भने स्वदेश फर्किसकेका छन् । ओलीको बैंकको बुरुमगार्ड अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
केही समयअघि पखालाका कारण स्वास्थ्यमा समस्या उत्पन्न भएपछि चिकित्सकहरूको सुझावअनुसार ओली स्वास्थ्य परीक्षणका निम्ति बैंकक गएका हुन् । ११ वर्षअघि मृगौला प्रत्यारोपण गरिएपछि ओलीको स्वास्थ्यमा बेलाबखत समस्या देखिँदै आएको थियो । र, नियमित स्वास्थ्य परीक्षण गर्न देशबाहिर जानुपर्ने अवस्था रहँदै आएको छ । अध्यक्ष ओली बैंककमै केही दिन आराम गरेर बिहीबार स्वदेश फर्किने जनाइएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply