विद्याको मन्दिर कि चलखेलको अखडा ?
काठमाडौं । एउटा विद्यालयकामा आफ्ना आफन्त प्रधानाध्यापक भयो भने सिंगो परिवारलाई नै विद्यालयमा घुसाउन मात्र होइन, चलखेलको केन्द्र बनाउन सकिने रहेछ कुराको उदाहरण बनेको छ, दाङ जिल्लाको तुलसिपुरस्थित मावि सेन्टर विद्यालय ।
लामो समयदेखि सो विद्यालयका प्रधानाध्यापक रहेका भागवत पौडेलले विद्याको मन्दिरलाई अहिले सरुवा बढुवाको चलखेलको अखडा बनाएको पीडितहरूले बताएका छन् ।
सो क्षेत्रको विद्यालय निरीक्षक पनि प्रअ पौडेलका आफ्नै दाइ नारायण पौडेल हुन भने अर्का प्रावि शिक्षक सूर्य पौडेल पनि आफ्नै अर्का दाइ हुन् । भोजपुरमा कार्यरत दाइलाई घरपायक सरुवा मिलाएर प्रअ पौडेलले अहिले सोही विद्यालयमा भिœयाउने तयारी गरेका छन् । सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिई प्रअको अधिकार दुरुपयोग गरी रातारात अर्को शिक्षकको ठाउँमा दाइलाई ल्याउने काममा उनी अग्रसर भएको बताइएको छ । त्यस्तै, सोही विद्यालयमा उनकै सहोदर भाइ भोला पौडेल मावि शिक्षकका रूपमा कार्यरत छन् । त्यति मात्र होइन, विद्यालयको लेखा शाखा हेर्न लेखापालका रूपमा नियुक्त गरिएका धर्म पौडेल पनि उनकै दाइ सूर्य पौडेलका छोरा अर्थात् प्रअको भतिजा हुन् । खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्नेमा प्रअ भागवत पौडेलले करोडौं बजेट चलाउने सो स्कुलको लेखा शाखामा आफ्नै भतिजोलाई चार वर्षअघि रातारात भर्ती गरेका थिए ।
यता, विद्यालय व्यवस्थापन समितको अध्यक्ष पनि आफ्नै आफन्त भएको मौकामा प्रअ भागवत पौडेलले थुप्रै निर्माणका काम सम्पन्न गरेका छन् । विद्यालयमा भवन बनाउन ल्याउने गिट्टी, बालुवा र सिमेन्टमध्ये विद्यालयकै बिलबाट आफ्नो घरमा समेत झार्न लगाउने गर्दै आएको दाङभरि चर्चा छ । सोही मौकामा आफ्नो घर पनि एक तला थपेको र यही मौकामा गाडी पनि किनेको भन्दै प्रधान अध्यापक पौडेलको सर्वत्र आलोचना भएको छ ।
शिक्षकहरूको ग्रेड बढुवाका लागि नम्बर दिन पाउने भए पनि प्रअ पौडेलले मनोमानी ढंगले नम्बर दिने र केही निश्चित व्यक्तिहरूको घेरामा मात्र पर्ने गरेको भन्दै उनको विद्यालयभरि आलोचना हुने गरेको छ । उनलाई विद्यालयका केही महिला शिक्षकले आफूअनुकूल घुमाउने गरेको र निश्चित महिलाहरूको कुरा काट्न नसक्ने कमजोरीका कारण प्रअ पौडेलले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताइन्छ ।
प्रअ पौडेलले विद्यालयमा अनावश्यक चलखेलको अखडा बनाएको भन्दै उनकै विद्यालयका शिक्षक हरि शाहले केहिदिन अघि आफ्नो फेसबुक वालमा प्रअमाथि कटाक्ष गरेका थिए । उनले लेखेका थिए, ‘दाङमा शिक्षक दरबन्दी मिलान हो कि व्यक्ति मिलान ? बुझ्न गाह्रो भो । किनकी दरबन्दी मिलान भएको भए विषय मिलान हुनुपर्ने होइन र ? यहाँ त दरबन्दी मिलानको निहँुमा व्यापक रूपमा आफ्ना नन्दीभृंगीहरूको पायक सरुवा गरेको देखिन्छ । कतै निक्कै चलखेल भएको त होइन ? शंका गर्ने ठाँउ प्रशस्त छन् । कुनै विद्यालयमा गणित, विज्ञान, अंग्रेजीको थुप्रो लाग्ने, कुनैमा जे मन प¥यो त्यही विषय । यदि स्थानीय निकाय र सरोकारवालाहरूले आँखा चिम्लेर कार्यान्वयन गर्ने हो भने स्तरीय पठनपाठन त कसले भन्छ, सामान्य पठनपाठनको पनि आशा गर्न सकिँदैन ।’
त्यसो त ६÷७ वर्षअघिदेखि नै एउटा सामान्य सरुवा पनि १ लाख रुपैयाँभन्दा कममा नगर्ने भन्दै प्रअ पौडेलले अड्डी लिने गरेको भुक्तभोगीहरू बताउँछन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply