अब ऋण पाउन महिनौं
काठमाडौं । केही दिनअघि एनआइसी एसिया बैंकले आफ्नो बैंकको कर्जाको अनुपात ७८.१९ प्रतिशत रहेको तथ्य बाहिर ल्यायो । नेपाल राष्ट्र बैंकले तोकेको कर्जाको सीमा ८० प्रतिशतभन्दा तल नै रहेको दाबी पनि सो बैंकले ग¥यो । अहिलेसम्म १९ वटा वाणिज्य बैंकहरूले आफ्नो फाइनान्सियल अवस्था सार्वजनिक गरेको छ र सबै बैंकले कर्जा प्रवाहको सिमा ७८–७९ प्रतिशतसम्म देखाएका छन् ।
तर, राष्ट्र बैंक स्रोतका अनुसार, वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा ८० प्रतिशत नकटाएको दाबी गरे पनि अवस्था भने त्यस्तो रहेको छैन । कतिपय बैंकहरूले राष्ट्र बैंकले तोकेको सीमा नाघेर कर्जा प्रवाह गरेको आशंका गरिएको छ । फाइनान्सियल अवस्था सार्वजनिक गरेका बैंकहरूले ७८–७९ प्रतिशतभन्दा माथि कर्जा प्रवाह नभएको बताए पनि ८० प्रतिशत नघाउने बैंकहरू राष्ट्र बैंकको कारबाहीको दायरामा तानिने भएपछि १÷२ प्रतिशतको डाटा मिलाएर ८० प्रतिशत नकटाएको तथ्यांक बाहिर ल्याएको बताइन्छ ।
बैंकहरूले प्रवाह गर्ने कर्जाको सीमा ८० प्रतिशतको हाराहारीमा पुगिसकेको हुँदा अब तीन÷चार महिनासम्म वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्न नसक्ने अवस्था रहेको बताइन्छ । अधिकांश बैंकहरूमा रकम अभाव देखिएको हुँदा कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका हुन् । कर्जामा लगानी भएको रकम फिर्ता आउन दुई÷तीन महिना लाग्ने भएको हुँदा तत्काल वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्न नसक्ने भएका हुन् । त्यस्तै, रेमिट्यान्सको रकम आउने क्रम घट्दो अवस्थामा रहेको हुँदा पनि तत्काल निक्षेप वृद्धि हुने अवस्था नरहेको बताइन्छ । साथै, स्थानीय तहमा ठूलो अनुपातमा रकम गए पनि अहिलेसम्म कानुनको अभावका कारण ती रकम खर्च हुन नसकेको र ती रकम खर्च नहुँदा बैंकहरूमा फिर्ता आउन समय लाग्ने भएको हुँदा पनि अहिले तरलता अभाव देखिएको बताइन्छ ।
यसैगरी, नेपाल राष्ट्र बैंकले अबको केही समयपछि कर्मचारीको अभाव झेल्नुपर्ने देखिएको छ । राष्ट्र बैंकका कर्मचारीहरूको जागिरको अवधिमा ३० वर्षे सेवाअवधि र ५८ वर्ष उमेर हद दुवै लागु हुने भएकोले अबका केही महिनापछि नै करिब ५ सय कर्मचारी सेवानिवृत्त हुँदै छन् । अहिले राष्ट्र बैंकमा १४ सय कर्मचारी छन् । तर, जागिरको अवधि लागू भएपछि भने सो संख्या घटेर ९ सयमा झर्ने बताइन्छ ।
राष्ट्र बैंकबाट पुराना कर्मचारीहरू सेवानिवृत्त हुने र तत्काल नयाँ कर्मचारी भर्ना नहुने अवस्था आएपछि काममा समेत प्रभाव पर्न थालेको छ । कर्मचारीहरूको अभाव देखिँदै जाँदा सुपरीवेक्षणको कार्यसमेत पछिल्ला दिनहरूमा लथालिंग बन्दै जान थालेको बताइन्छ । यीबाहेक अरु कामकारबाहीहरू पनि लथालिंग बन्ने अवस्था सिर्जना हुन थालेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply