ओलीको फोनले फिर्ता भयोे भुसालको उम्मेदवारी
काठमाडौं । ‘पार्टी एकतामा असर पर्ने भो, त्यसैले अध्यक्षको आग्रहअनुसार तपाईंले राष्ट्रिय सभाबाट उम्मेदवारी फिर्ता लिएर योगदान गर्नुपर्ने भो, बरु एकपटक उहा“लाई फोन गरेर आफ्ना कुरा राख्नुस् ।’
सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले फोनमार्फत यस्तो खबर दिएपछि नेता वेदुराम भुसाल आश्चर्यचकित भए । पार्टी निर्णयअनुसार उम्मेदवारी दिएपछि स्वदेश तथा विदेशका सयौं शुभेच्छुकबाट फोन र सामाजिक सञ्जालमार्फत जितस“गै राष्ट्रिय सभामा संसदीय दलको नेताका लागि बधाई पाएका भुसालका लागि त्यो सन्देश अप्रिय र आश्चर्यचकित लाग्नु स्वाभाविकै थियो । त्यसैले, शाक्यलाई उनले सीधा जवाफ फर्काए, ‘तपाईंले भन्नेबित्तिकै मैले किन उम्मेदवारी फिर्ता लिने ? आवश्य परे उहा“ (अध्यक्ष) ले नै फोन गरिहाल्नुहुन्छ ।’
कुरा यतिमै सीमित रहेन । नभन्दै शाक्यस“गको टेलिफोन संवादलगत्तै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालकै अगाडिबाट भुसाललाई फोन गरे । जतिबेला वाम कार्यदल सदस्यसहितको उपस्थितिमा एमाले संसदीय दलको कार्यालय, सिंहदबारमा शीर्ष नेताहरूको उपस्थितिमा राष्ट्रिय सभाको जोडघटाउमा केन्द्रित बैठक चलिरहेको थियो । शाक्यकै शैलीमा ओलीले भने, ‘बेदु कमरेड ! हामी छलफलमै छौं, उहा“हरू (माओवादी केन्द्रका नेता) हरू तपाईंको उम्मेदवारीका कारण जितमा समस्या पर्ने बताइरहनुभएको छ, त्यसैले पार्टी एकतामै असर पर्ने भएकाले उम्मेदवारी फिर्ता लिएर एकतामा योगदान गर्नुपर्ने भो ।’ पार्टी प्रमुखले नै यति भनिसकेपछि भुसालले आशय नबुझ्ने कुरै थिएन । यद्यपि, उनले अध्यक्षस“ग थप जिज्ञासा राखे, ‘किन मैले नै फिर्ता लिएर योगदान गर्नुपर्ने ? के अरुले फिर्ता लिए हुन्न र ।’ त्यसपछि ओलीले उनकै उम्मेदवारी फिर्ता गर्नुपर्नाका कारण फोनमै बेलीबिस्तार लगाए ।
‘त्यस्तो होइन, खुलातर्फको तीन जनामध्ये तपाईं बलियो उम्मेदवार हो, अरूले मान्ने स्थिति देखिएन, तीन जना कायम राख्दा तपाईं हेभीवेटका कारण समस्या पर्ने भो, साना पार्टीले हामीलाई समर्थन गर्ने स्थिति पनि देखिएन, मत पुग्दैन । त्यसैले बादलजीको जित सुनिश्चितका लागि तपाईंंकै फिर्ता गर्ने यहा“ सल्लाह भो ।’ यति विस्तारपछि राजनीतिका परिपक्व नेता भुसालले सहर्ष स्वीकार गर्दै पार्टी एकताका लागि योगदान गर्न फिर्ता लिने प्रतिबद्धता जनाए । निर्वाचन आयोगबाट भुसालले नाम फिर्तासमेत लिए । ‘पार्टी अध्यक्षले फोनबाट पार्टी एकताका लागि फिर्ता लिएर योगदान गर्न आग्रह गर्नुभो,’ बुधबारको जिज्ञासामा भुसालले भने, ‘उहा“ले यति भनिसकेपछि ठीकै छ, त्यसो हो भने म फिर्ता लिएर एकतामा योगदान गर्न तयार छु भन्ने जवाफ फर्काए“ ।’
त्यसो त तीन जना उम्मेदवार हु“दा वरिष्ठ र लोकप्रिय नेताको हैसियतमा सबैभन्दा बढी मत भुसालकै आउने र उनीसहित बलराम बाँस्कोटाले जित्दा बादलले पराजय बेहोर्ने माओवादीको विश्लेषण गलत पनि थिएन । पार्टी एकताका लागि बादललाई जिताएर राष्ट्रिय सभाको अध्यक्षसमेत बनाउने समझदारी भइसकेकाले अन्ततः राष्ट्रिय सभामा सम्भावित दलका नेता भुसालले भने उम्मेदवारी फिर्ता लिनुपरेको हो ।
एमालेले निर्णय गरेको थिएन प्राथमिकताक्रम
एमालेले स्थायी समिति बैठकबाट प्रदेश नम्बर ३ बाट खुलातर्फ भुसाल र बलराम बा“स्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा विवेकशील साझा र नेमकिपाको सहयोगमा तीनै सिट वाम गठबन्धनले जित्ने सुनिश्चित रहेको हिसाबकिताब प्रस्तुत भएपछि बैठकमा एमालेबाट दुई नेता उठाउने सर्वसम्मत निर्णय भएको हो । यद्यपि, बैठकमा अध्यक्ष ओलीले नै सुरुमा बा“स्कोटाको नाम प्रस्ताव गरेका थिए भने उपाध्यक्ष वामदेव गौतमले जसरी पनि बा“स्कोटालाई नै प्राथमिकतामा राखेर उम्मेदवार बनाउनुपर्ने मत राखेका थिए । तर, निर्णय पुस्तिकामा दुवै जनाको नाममा निर्णय भए पनि कसलाई प्राथमिकता क्रममा अघि राख्ने कुनै निर्णय भएन । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले नै निर्णयलगत्तै पहिलो फोन गरेर भुसाललाई दुई जनाको नाममा निर्णय भएको र कसलाई प्राथमिकता क्रममा अघि राख्ने कुनै निर्णय नभएको जानकारी मात्रै गराएनन्, जितका लागि अग्रिम शुभकामनासमेत दिएका थिए । ज्ञवालीले नै पहिलो फोनमार्फत यस्तो जानकारी दिएपछि भुसाल आश्वस्त नहुने कुरै थिएन । त्यसपछि उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेले पनि फोन गरेर त्यस्तै निर्णय भएको उनलाई जानकारी गराए । तर, प्रेस विज्ञप्ति सार्वजनिक गर्ने क्रममा भने बा“स्कोटाको नाम अगाडि र भुसालको नाम पछाडि थियो । ठीक भोलिपल्ट अनामनगरमा पत्रकार सम्मेलन गरेर बास्कोटाले बैठकमा अध्यक्षले नै आफ्नो नाम पहिलो नम्बरमा प्रस्ताव गरेको र विज्ञप्तिमा पनि अगाडि रहेकाले आफू सुरक्षित रहेको जानकारी गराएका थिए ।
एमालेपंक्तिमा स्थापित वैचारिक नेता तथा दर्शनशास्त्रका ज्ञाताका रूपमा परिचित छन् । आठौं महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित उनी करिब चार वर्ष पार्टी केन्द्रीय स्कुल विभागका प्रमुख पनि बने । कम्युनिस्ट पार्टीभित्र शक्तिशाली विभाग मानिने स्कुल प्रमुखमा अहिले स्वयं अध्यक्ष ओली छन् । उनलाई यस पटक एमालेले राष्ट्रियसभा संसदीय दलको नेता बनाउन लागेको धेरैले लख काटेका थिए । पोलिटब्युरो तहका पर्शुमेघी गुरुङ र गणेश तिमल्सिनाको मात्र उम्मेदवारी रहेको र भुसाल उनीहरूको तुलनामा धेरै ‘सिनियर’ रहेकाले पनि दलको नेताका रूपमा हेरिएको थियो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply