श्रीमान्लाई भीसी बनाउने खेलमा स्वास्थ्य सचिव
काठमाडौं । स्वास्थ्य सचिव डा. पुष्पा चौधरी आफ्ना श्रीमान्लाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) को उपकुलपति बनाउने खेलमा लागेकी छन् । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नो मन्त्रालयअन्तर्गतको सबैभन्दा आकर्षक पदमा निकट व्यक्तिलाई ल्याउने तयारी गरेको थाहा पाएपछि सचिव चौधरीले त्यस्तो तयारी थालेकी हुन् । उक्त पद अत्यन्त आकर्षक भएकाले रकमको खेल गरेरै भए पनि निकट व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई स्वास्थ्यमन्त्री यादवले दबाब दिएको बुझिएको छ ।
स्रोतका अनुसार उपकुलपति आफ्नो भागमा पारेर स्वास्थ्यमन्त्री यादवले आर्थिक लेनदेनका आधारमा नियुक्त गर्ने चर्चा स्वास्थ्य मन्त्रालयमा चलेको छ । त्यो चर्चा चलेसँगै सचिव चौधरीले स्वास्थ्यमन्त्री यादवसँग आफ्नो श्रीमान्को भेट गराइसकेकी छन् ।
स्रोतका अनुसार स्वास्थ्यमन्त्री यादवको रोजाइमा सीताराम चौधरी र डीएन शाह र श्रवण चौधरी रहेको स्रोतको दाबी छ । श्रवण चौधरी स्वास्थ्य सचिव पुष्पा चौधरीको श्रीमान् हुन् । श्रीमान् चौधरीलाई उपकुलपति बनाउन सचिव चौधरीले स्वास्थ्यमन्त्री यादवलाई विभिन्न ढंगले चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । यसैबीच, वीर अस्पतालका केही चिकित्सक तथा कर्मचारी युनियनहरूले भने न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउन नपाइने भन्दै स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । त्यसो त केहीले निवर्तमान उपकुलपति डा. गणेश गुरुङलाई पुनः उपकुलपति बनाउने लबिङ गरे पनि उनी अख्तियारको छानबिनमा भएका कारण हाललाई सम्भावना देखिएको छैन । त्यति मात्र होइन, उनले प्रतिबद्धता जनाएअनुसार काम गर्न नसकेको समेत चर्चा छ । यता, न्याम्सको रजिस्ट्रारमा भने मेडिकल काउन्सिलका रजिस्टार डा. दीलिप शर्मा, वीर अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेतले लबिङ तीव्र बनाएका छन् । वीर अस्पतालको निर्देशक, न्याम्सको भीसी, रेक्टर र रजिस्टारको जिम्मेवारी प्याकेजमा डिल गरी प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीच लेनदेनका आधारमा नियुक्त हुन सक्ने बताइएको छ । न्याम्सको भीसीमा प्रधानमन्त्री केपी ओलीको रोजाइमा डाक्टर भगवान् कोइराला परेका छन् भने पूर्वएमालेका स्वास्थ्य क्षेत्रका व्यक्तिहरूले डा. जागेश्वर गौतमका पक्षमा लबिङ गरिरहेका छन् । उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. श्रवण चौधरी, डा. जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डीएन शाह को नाम चर्चामा छ ।
यता, मन्त्री यादवलाई दबाब मात्र आउने र दाम नहुने हो भने उनले स्वास्थ्य सचिव डा. चौधरीलाई नै फेरिदिन सक्ने सम्भावना भएको बताइएको छ । तर, तत्काल स्वास्थ्य सचिव फेर्न सम्भव नभएको बताइएको छ । क्लस्टरका आधारमा १२औं तहको प्राविधिकलाई नै अहिलेसम्म स्वास्थ्य सचिव बनाइँदै आइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply