श्रीमान–श्रीमतीविरुद्ध अख्तियामा उजुरी
काठमाडौं । श्रीमान् अध्यक्ष र श्रीमती कोषाध्यक्ष भएर एक गैरसरकारी संस्थाको ६ करोड रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भई गैरनाफामूलक सामाजिक संस्थाका रूपमा क्रियाशील लिडरसिप फर इन्भारमेन्ट एन्ड डेभलपमेन्ट नेपाल (लिड नेपाल) नामक संस्थामा त्यसरी अनियमितता भएको हो ।
सो संस्थाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा आर्थिक रकम संकलन गरी एकै परिवारका श्रीमान् र श्रीमती संस्थाको पदाधिकारीसमेत रही अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा र अख्तियारमा उजुरी परेको हो ।
संस्थाका अध्यक्ष रहेका समीर नेवा र उनमी श्रीमतीसमेत रहेकी संस्थाका कोषाध्यक्ष सुलोचना श्रेष्ठ मिलेर दाताहरूबाट ल्याइएको रकम निजी खातामा हालिएको आरोप उजुरीमा लगाइएको छ । २०७५ असार ३२ गते अख्तियारमा प्रेषित हामीलाई प्राप्त उजुरीमा नेवा दम्पतीले पदीय दुरुपयोग गरी संस्थाको रकम हिनामिना गरेको भन्दै प्रशासन कार्यालयमा रहेको संस्थाविरुद्धको उजुरीको फाइल अख्तियारमै झिकाएर छानबिन थाल्न आग्रह गरिएको छ ।
उजुरीमा सिंगो संस्था नै अपारदर्शी ढंगले गुमराहमा राखी संस्था दर्ता ऐन २०३४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ विपरीत तथा सार्वजनिक सम्पत्ति र सार्वजनिक पदीय हैसियतको दुरुपयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐनलगायत प्रतिकुल गतिविधि गरेको भन्दै सार्वजनिक हितको सम्पत्तिलाई जोगाउन छानबिन गर्न आग्रह गरिएको छ ।
स्मरणीय छ, सो संस्थाले संयुक्त राष्ट्र संघको एजेन्सीमार्फत करोडौंको कार्यक्रमहरू ल्याउने गरे पनि सामान्य अन्तक्र्रियात्मक कार्यक्रम मात्रै गरेर खर्चको फर्जी बिल भर्पाई बनाई ठूलो चलखेल हुने गरेको छ । सामाजिक संस्थाको रकम ठगी गरी निजहरूले हाल बनावटी लेखा प्रतिवेदनका आधारमा संयुक्त राष्ट्रसंघको वातावरणमा निःशुल्क योगदान गर्ने भन्दै ६ करोड भुक्तानी लिएको बताइएको छ । संस्थामा हिसाब गोलमाल भएको भन्दै बैंकमा उजुरी पुगेपछि हिमालयन बैंकले केही समयअघि खाता रोक्कासमेत गरेको थियो ।
संस्था विवादमा पर्दै आएपछि अहिले भने डा. सुमित्रा अमात्यलाई अध्यक्ष बनाइएको छ । उनीलगायत अन्य केही व्यक्ति पदाधिकारीका साथै विभिन्न क्षेत्रका विज्ञका रूपमा आफैं रकम बुझ्ने गर्दै आएको बुझिएको छ । त्यति मात्र होइन, संस्थाका कर्मचारीका नाममा रकम निकासा गरेर पदाधिकारीहरूले समेत मोटो रकम बुझ्दै आएका छन् ।
यता, आरोपित समीर नेवाले आफूहरू श्रीमान्–श्रीमती भए पनि दुवै मिलेर संस्थाको रकम त्यसरी दुरुपयोग नगरेको दाबी गरे । जिल्ला प्रशासनमा भएको उजुरी सल्टाइसकेको बताउँदै उनले अख्तियारको उजुरीबारे आफूलाई थाहा नभएको प्रस्ट पारे । उनले आफ्नो प्रोजेक्ट खोस्न कसैले उजुरी गरेको हुन सक्ने संकेत गरे ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply