एसबीआई बैंकको झेल खेल
काठमाडौं । भारतको स्टेट बैंकसमेतको सेयर लगानी रहेको निक्षेपकर्ता एवं कर्जावाला ग्राहकलाई चरम रूपमा शोषण गरेको भेटिएको छ । बैंकले बढ्दो खर्च धान्न खुद ब्याज आम्दानी बढाउनुुपर्ने बाध्यतासँगै कर्जा तथा निक्षेपको बीचको ब्याजदर बढाएर निक्षेपकर्ता एवं कर्जावाला ग्राहकलाई चरम रूपमा शोषणा गरेको तथ्य पत्ता लागेको हो ।
आर्थिक वर्ष २०७४÷७५ सबैजसो वाणिज्य बैंकहरूले राम्रै नाफा गरे । सबै बैंकहरूले नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ऐननियमभित्र बसेर नाफा कमाएको देखियो । उक्त नाफा सम्बन्धित बैंकहरूले नेपाल राष्ट्र बैंकबाट अनुमति लिई बैंकहरूको वार्षिक साधारणसभाबाट पारित गरेर सेयरधनीहरूलाई वितरण गर्ने चलन छ ।
तर, राष्ट्र बैंकको निर्देशनअनुुसार वाणिज्य बैंकहरूमा कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा तल हुुनुुपर्छ । यदि त्यस्तो छैन भने २०७५ को असोज मसान्तसम्म पाँच प्रतिशतको स्प्रेड दर कायम गरिसक्नुुपर्छ । तर, नेपाल एसबीआई बैंकले भने नाफा बढाउनकै लागि अघिल्लो आर्थिक वर्षमा ४ दशमलव ५५ प्रतिशतको सीमामा रहेको स्प्रेड दरलाई बढाएर ४ दशमलव ९९ प्रतिशत पु¥याएको छ ।
स्प्रेड दर बढाउँदा बैंकको खुुद ब्याज आम्दानी बढ्छ, त्यहीकारण पनि आव २०७४÷७५ मा बैंक अघिल्लो आवको तुुलनामा झन्डै ४० करोड रुपैयाँले नाफा बढाउन सफल भएको देखिन्छ ।
हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ रहेको बैंकले आर्थिक वर्ष २०७४÷७५ मा ८४ अर्ब २ करोड ५३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५० करोड २२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ४ अर्ब ७६ करोड २७ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ४ अर्ब ७ करोड ९३ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
सम्भावित जोखिम व्यवस्थापन रकम २५ करोड ३९ लाख ६४ हजार रुपैयाँ छ भने खराब कर्जा शून्य दशमलव २० प्रतिशत रहेको छ ।
बैंकले अघिल्लो आवमा भने बैंकले ८१ अर्ब ६६ करोड ४५ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २ करोड ४८ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा २ अर्ब ९१ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा खराब कर्जा शून्य दशमलव १० प्रतिशत रहेको थियो । बैंकले कर्मचारीको तलबभत्ता र प्रशासनिक क्षेत्रमा आव २०७४÷७५ मा झन्डै २ अर्ब रुपैयाँ खर्च गरेको छ ।
बैंकले गत आवमा कर्मचारीको तलबभत्तामा १ अर्ब २ करोड ५६ लाख ३९ हजार र अन्य शीर्षकमा ९६ करोड ७८ लाख ५ हजार रुपैयाँ खर्च गरेको हो ।
अघिल्लो आवमा भने बैंकले कर्मचारीको तलबभत्तामा ७९ करोड ४ लाख ७३ हजार र अन्य शीर्षकमा ७५ करोड ४७ लाख २३ हजार रुपैयाँ खर्च गरेको थियो । स्रोतका अनुसार बैंकको खर्च बढ्नुुमा भारतबाट आउने बैैंकको सेयरधनी एवं सञ्चालकहरूलाई काठमाडौंको पाँचतारे होटलमा बसाल्नुु र भत्ता दिनुु पनि प्रमुुख कारण रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply