जम्बो टिमले ऊर्जामा भद्रगोल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सक्रियता वर्तमान सरकारमा रहेका अरू मन्त्रीहरूभन्दा प्रभावकारी नै देखिन्छ । विगतमा अर्थमन्त्री भइसकेका पुनले सो मन्त्रालयलाई चुस्त रूपमा चलाउन चाहिरहेका छन् । तर, मन्त्री पुन भने प्रभावहीन जम्बो निजी सचिवालय बनाएको कुराले आलोचित बन्न पुगेका छन् ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जम्बो सचिवालय बनाएकै कारण आलोचना खेपिरहेका बेला मन्त्री पुन पनि त्यही आलोचनाको घेरामा तानिएका छन् । सामान्यतया चारपाँच जनाले मन्त्रीको सचिवालय धान्ने भए पनि अहिले मन्त्री पुनले २२÷२३ जनाको जम्बो सचिवालय बनाएका छन् । उनको र मन्त्री पोखरेलको सचिवालयमा रहने व्यक्तिहरूको संख्या बराबरी नै रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयलाई सानो र चुस्त बनाए पनि उनकै मन्त्रीहरूले भने जम्बो सचिवालय बनाउनु अचम्मको विषय मानिएको छ ।
जम्बो सचिवालयकै कारण मन्त्री पुनको सचिवालय भद्रगोलसमेत बन्न पुगेको छ । सचिवालयमा रही प्रेसको संयोजन गर्ने जिम्मा पाएका मनोज खड्काले आफ्नो कामलाई व्यवस्थित गर्ने गरेको पाइए पनि अरू सहयोगीहरूले भने चुस्त र व्यवस्थित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने, कामको संयोजन गर्ने गरेको नपाइएको बताइन्छ । मन्त्री पुनले ऊर्जा क्षेत्र हेर्ने गरी नेकपाका केन्द्रीय सदस्य दुर्गाप्रसाद चपार्इं र नेपाल विद्युत प्राधिकरणका कर्मचारी रामकृष्ण पौडेललाई राखेका छन् । तर, चपाईको ध्यान भने मन्त्रीलाई सहयोग गर्ने कार्यमा भन्दा पनि जसरी भए पनि आर्थिक लाभ लिनेतिर नै जान थालेपछि समस्या उत्पन्न भएको बताइन्छ ।
त्यस्तै, सिँचाइ क्षेत्र हेर्ने जिम्मेवारी इन्जिनियर दिलीप विकले पाएका छन् । तर, उनले कामको भेउ पाउन नसक्दा सो क्षेत्रको काम पनि लथालिंग हुन पुगेको जनाइन्छ । मन्त्री पुनसँगै हरेक कार्यक्रमहरूमा हिँड्ने निजी सचिव सन्तोष पुनले भने कतिपय विषयहरू नबुझ्ने गरेका कारण समस्या देखिएको बताइन्छ ।
एकपटक सचिवालयमा राखिसकेका व्यक्तिहरूलाई हटाउँदा समस्या आउने भएका कारण मन्त्री पुनले आफ्ना सहयोगीहरूलाई हटाउन नचाहेको देखिएको छ । तर, मन्त्री पुनले मन्त्रालयको कामलाई व्यवस्थित र चुस्त बनाउन प्रयत्न गरे पनि सचिवालयमा जथाभावी मानिसहरू थुपार्दा र ती मानिसहरूले प्रभावकारी ढंगले काम गर्न नसक्दा समस्या देखिन पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply