समीर अमिन र दलाल पुँजीवादको परिभाषा
स्नातकोत्तरपश्चात् राजनीतिक अर्थशास्त्रबारे रुचि राख्न थालेपछि मैले समीर अमिनलाई हेरेको हुँ । हामी २००७ सालको क्रान्ति के थियो, त्यसका प्रभावहरू के थिए, त्यसको आगामी गन्तव्य के थियो भन्नेबारे धेरै कम चर्चा गरियो । अलिकअलिक बीपीले गर्नुभयो, केही पुष्पलालले गर्नुभयो । वीपी र पुष्पलालले जे गर्नुभयो, करिबकरिब त्यहीवरिपरिकै धारणा अहिलेसम्म छ । कम्युनिस्टहरूले त्यो धोकापूर्ण थियो भने । किनभने, पुष्पलालले त्यो धोकापूर्ण क्रान्ति थियो भन्नुभयो । बीपीले हामीलाई केही पनि थाहा थिएन के–के भयो के–के भन्नुभयो, त्यो पनि पछि २०१२ सालमा । क्रान्तिको अन्तर्य के थियो भन्नेबारे हामी आफंैलाई थाहा नभएकाले क्रान्तिले राम्रो खुट्टा टेकेन भनेर उहाँले भन्नुभयो । त्यो त गयोगयो, पछि २०४६ सालको क्रान्तिमा पनि छलफल भएन । त्यसमाथि पनि जति विमर्श, छलफल हुनुपथ्र्यो, अध्ययन हुनुपथ्र्यो, त्यो हामीकहाँ भएन ।
अहिले फर्केर हेर्दा मलाई के लाग्छ भने २०४६ पछि लगत्तै एक ब्रिटिस रिसर्चर आएका थिए । तिनको पटकपटकको प्रश्न थियो, ‘के तिमीहरूकोमा पेरु दोहोरिँदैन ?’ पेरु सुरु भइसकेको थियो । तर, हामी कहाँ पेरुको कुनै रङरोगन, हावा, थोरै बादल पनि आएको थिएन । ओ यांकी गो होम, डटी यांकी गो होम भन्ने एउटा गीतबाहेक केही थिएन । त्यो बेलामा एक जना रिसर्जर आएर दोहो¥याई दाहो¥याई सोध्दै थियो, ‘तिमीहरूकोमा पेरु दोहोरिँदैन ?’ पछि मैले सुनें– उनले नेपाल पेरुको संघारमा छ भनेर लेखे । म सत्ताधारी पार्टीको स्थायी कमिटीको सदस्य पनि हुँ । म सांसद पनि हुँ । यो गणतन्त्र, यो आन्दोलन, यो नेकपाको दिग्विजयको एउटा प्रतिनिधि पनि हुँ । तर, फेरि पनि मलाई अहिले समिर अमिन सम्झँदा के लाग्दै छ भने अब हाम्रो संकट या त हामी अर्थात् समाजवाद सफल हुन्छ । दलाल पुँजीवादलाई नियन्त्रण गरिनेछ र समाजवाद सफल हुन्छ । या दलाल पुँजीवाद जसको प्रक्रिया जारी छ, त्यसले हाम्रो समाजमा बचेखुचेको समाजवाद पनि खाइदिन्छ । संविधानकै समाजवाद पनि खाइदिन्छ भन्ने लाग्छ । ती डरलाग्दा दिनहरू हामीले हेर्र्नुपर्नेछ, यदि हामी यस्तै २०४६ सालजस्तै बेखबर रहने हो भने । ब्रिटिस रिसर्चरले त्यतिबेला कुरा गर्दा उसले भन्थ्यो, एकातिर यत्रो स्वतन्त्रता मान्छेले पाए, राजतन्त्रबाट फुत्त बाहिर निस्केर प्रजातन्त्रको मजा लिँदै छन् । यति धेरै स्वतन्त्रता छन्, अभाव त्यो भन्दा धेरै छन् । यो स्वतन्त्रता र अभावका कारणले गर्दा आन्दोलन बढ्ने तर राज्यले नसक्ने भयो भने के हुन्छ ? भनेर गरेको प्रश्न म अहिले पनि सम्झन्छु । आकांक्षा धेरै छन्, स्वतन्त्रता सबै छन् तर पूरा गर्ने संरचना कसरी बनाउँछौं ? मान्छेका आकांक्षा पूरा गर्ने ती संरचना बनाएनौं भने संकट आउँदैन ? भन्ने प्रश्न थियो त्यो ।
आज गणतन्त्र आएको छ । हाम्रो संविधान पनि बन्यो । यत्रा हाम्रा मौलिक अधिकारदेखि सारा कुरा हामीले लेखेका छौं । यो पूरा गर्ने राज्यको कुरा गर्दा धेरै ठूलो बहस गर्नु जरुरी छ । क्रान्तिको एउटा चरण सकिएको हो तर क्रान्तिको बहस सकिएको छैन । अर्थात्, नेपालमा यो क्रान्तिले जित्छ कि जित्दैन अझै फैसला भएको छैन । फेरि पनि म समीर अमिनलाई नै जोड्छु । नेपाली समाज कस्तो समाज हो भन्ने प्रश्न खासगरी लेफ्टहरूका लागि सधंै प्रमुख रहँदै आयो । हामी कहाँ छौं ? हाम्रो समाज के हो ? यसको चरित्र के हो भन्ने प्रश्न सधंै महŒवपूर्ण रह्यो । यो समाज सामन्ती छ भने राष्ट्रिय क्रान्ति, जनवादी क्रान्तिको आवश्यकता हुन्छ । यदि पुँजीवाद छ भने जनवादी क्रान्तिको आवश्यकता हुन्छ भन्ने कुरा टुंग्याएर हाम्रो शिक्षा, रणनीति, कार्यनीति तय गरिआएका हौं । हामीकहाँ २०४६ सालपछि पनि धेरै ठूलो परिवर्तन भइसकेको थियो । मेरै अध्ययनका आधारमा भन्दा भूमि सम्बन्धका हिसाबले २०३० सालतिर जतिबेला नेपालमा सबै नापी व्यक्तिका नाममा भयो, त्यतिबेलादेखि नेपाली समाज आधारभूत रूपमा पुँजीवादी भएको हो भन्ने मलाई लागेको हो । यो कुरा मैले पटकपटक भन्दै आएँ तर कसैले च्यालेन्च गरेनन् । तर, हाम्रो आन्दोलनमा समाजको परिवर्तनका यस्ता प्रश्नहरू प्रमुख बनेनन् । अहिले कहिलेकाहीँ झलनाथ खनालले भन्नुहुन्छ, ‘हामी हाम्रो समाज समान्ती वा अर्धसामान्ती भन्छौं, तर २०४० सालतिर हामीले किसान आन्दोलन चलाउँदै गर्दा किन त्यो आन्दोलन चलेन । किसान आन्दोलन चलाउन धेरै प्रयत्न गरियो, तर पनि चलेन । लामो समय किसान आन्दोलन गर्ने प्रयत्न गरियो, तर किसान आन्दोलनका सबै झडप सकिए भन्दै उहाँले आफ्ना संस्मरण सुनाउनुहुन्थ्यो, तर त्यो प्रश्न ठूलो प्रश्न थियो । किनभने, किसान क्रान्ति गर्ने भन्ने कुरा अस्तिसम्म हाम्रो दस्तावेजमा थियो । तत्कालीन नेकपा (एमाले) को आठौं महाधिवेशनको दस्तावेजको मुख्य विषय नै किसान क्रान्ति थियो । किसान आन्दोलन चलाउन नसकेको २२–२५ वर्षपछि फेरि पनि क्रान्तिको नाम किसान क्रान्ति भनेर राखियो । त्यो किन भयो भनेर हामीकहाँ कहिल्यै छलफल चलेन । यसरी हामीकहाँ क्रान्तिकारी आन्दोलनहरूको ज्ञान उत्पादन हुने प्रक्रिया अवरुद्ध भयो । आज पनि समीर अमिनकै कुरा गर्दा उनले उठाएका प्रश्नहरू हाम्रा लागि महŒवपूर्ण छन् । ऐतिहासिक भौतिकवादलाई प्रस्थान बिन्दु मान्छु भन्ने उनका लेखहरूमा उठाइएका प्रश्न हाम्रा लागि महŒवपूर्ण छन् । हाम्रो समाज के भन्ने कुराको परिभाषा, त्यसलाई तय गर्ने कुरा महŒवपूर्ण छ ।
मैले यो समाज सामन्ती रहने, अब यो पुँजीवादी हो भन्ने कुराको अध्ययन गर्दा यसलाई टुंग्याउने सिलसिलामा एउटा निष्कर्ष फेला पारेको समीर अमिनको लेखमै हो । उनको किताबमा समाजको विश्लेषण गर्दा, कसरी तेस्रो विश्वका मुलुकहरूमा पुँजीवाद विकृत हुँदै जान्छ र त्यो दलालीकरणको प्रक्रियामा फस्दै जान्छ भन्नेबारे राम्रोसँग व्याख्या छ । हामीकहाँ त्योबेला संकट थियो । दलाल पुँजीवाद के हो भन्ने कुरामा संकट थियो । सन् १९२६ तिर माओले थोरै व्याख्या गर्नुभयो । उहाँले चीनमा विदेशी सामान ल्याएर बेच्नेहरू नै पुँजीपतिका एजेन्टहरू हुन भन्नुभयो । चिनियाँ दस्तावेजभरि त्यही लेखियो । त्यसलाई हामीले कपी गरेर यहाँ ल्यायौं । त्यसैलाई समातिरह्यौं । कहिल्यै त्यसमा विचारविमर्श गरेनौं । बाहिरबाट सामान ल्याएर बेच्ने सम्पूर्ण व्यापार, त्यो सम्पूर्ण लगानी, त्यो सम्पूर्ण वैदेशिक सहायतासमेतलाई हामीले औपनिवेशीकरणको प्रक्रिया भन्यौं र त्यसको पुँजीको चरित्रलाई दलाल पुँजीपति नोकरशाही भन्यौं । र, हामीले सन्तोष मान्यौं । हामी कहाँ पुँजीवाद आइसकेको छ, समाज सामन्ती छैन भनेर टुंग्याउँदा हामी कहाँ एउटा कन्फ्युजन थियो । त्यसबेला खेज्ने क्रममा मैले समीर अमिनको किताब पढें । त्यहाँ समीर अमिन ले जब पुँजीपति वर्गले पुँजी उत्पादनको प्रक्रियामा न्यूनतम स्वतन्त्रताका साथ आफ्नो नियन्त्रण गर्न सक्दैन, त्यसपछि त्यो दलाल हुन्छ उल्लेख गरेका छन् । त्यसलाई थोरै व्याख्या गर्दै उनले भनेका छन्, त्यसले निरन्तर हाम्रो अर्थतन्त्रलाई, कृषिलाई हाम्रो उद्योगसँग जोड्ने प्रक्रियामा निरन्तर लागिरहँदैन भने त्यो पुँजी दलाल हो भनेका छन् । माओत्से तुङपछि दलाल पुँजीपतिको व्याख्या गर्ने सवालमा समीर अमिनको यो परिभाषाले हाम्रो दलाल पुँजीवादलाई व्याख्या गर्न सकिन्छ भन्ने मलाई लागेको हो । त्यसैलाई केन्द्रमा राखेर मैले दलाल पँुजीवादको व्याख्या गरेको हुँ ।
(समीर अमिनको सम्झना नेपाल अध्ययन केन्द्रले गरेको कार्यक्रममा व्यक्त विचारको एक अंश)
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply