वैदेशिक रोजगारमा कुम्ल्याउने खेल
काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौं कार्यालय ताहाचलमा आउने सेवाग्राहीहरू घुसबिना काम नहुने भएपछि निराश भएका छन् । श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विभाग र मातहत निकायमार्फत जुनसुकै सेवाग्राहीलाई पनि निर्वाध रूपमा द्रुत सेवा दिने घोषणा गरे पनि त्यहाँ पुग्दा भने ‘हुने काम’ पनि कर्मचारीको असहयोगका कारण बन्ने गरेको छैन ।
कागजात पुगेको र तत्काल कार्यान्वयनमा ल्याउने सकिने काम पनि ‘यो वा त्यो कागज पुगेन’ भन्ने बहाना बनाएर पैसाको मोलतोल गरेपछि मात्र गरिदिने गरेको सेवाग्राहीहरूको गुनासो छ । केही दिनअघि उपत्यकाबाहिरका एक सेवाग्राहीलाई तीन दिनसम्म सो कार्यालयका चोटाकोठा धाउँदा पनि काम नगरिदिएपछि ती व्यक्ति आजित भएर एक टेलिभिजन कार्यक्रमसमक्ष पुगेका थिए ।
सो कार्यक्रमले त्यहाँ भएको अनियमितता र बेथितिबारे श्रव्यदृश्य खिच्न थालेपछि त्यहाँका हाकिमहरूले एकजुट भई पत्रकारहरूलाई प्रतिकार गर्ने प्रयास गरेका थिए । कर्मचारीले गरेका ढिलासुस्तीका कारण सो व्यक्तिको ४० हजार रुपैयाँको टिकट गुमेपछि ‘तपाईंहरूकै लापर्बाहीका कारण सो टिकट गुम्यो, अब क्षतिपूर्ति कसले तिर्छ ?’ भनेर कार्यालय प्रमुख देवेन्द्र कार्कीलाई प्रश्न गर्दा के सानोतिनो क्षतिपूर्तिको कुरा गरिरहेको भाइ हिँड्नुस्, म तपाईंलाई लगेर चिया खुवाउँछु’ भनेर पत्रकारलाई तानेका थिए । सो दृश्य प्रसारण भएपछि त्यहाँको प्रवृत्ति थप उदांगो भएको छ ।
कार्यालयमा पछिल्लोपटक मन्त्री विष्टको सचिवालयकै पावर लगाएर पुगेका नायब सुब्बाहरू रामप्रसाद पोखरेल, भरत घिमीरे धर्म डाँगीलगायतले संस्थागत घुसखोरीलाई मलजल गरिरहेको बताइन्छ । कर्मचारीले पूर्वस्वीकृति र अन्तिम स्वीकृति गर्दा हाकाहाकी सेवाग्राहीसँग पैसा माग्ने गरेका छन् । त्यस्तै परे अन्यत्रका लेखनदास र बिचौलिया कार्यालयमार्फत मूल्य यकिन गरेर मात्र काम गरिदिने अन्यथा अल्मल्याउने गर्दै आएका छन् ।
यसैगरी, अहिले सो कार्यालयमा महेश जोशी नामका अर्का उपसचिव छन् भने केही अधिकृत र केही रैथाने नासुहरूसहित करिब ५० कर्मचारी छन् । उनीहरूले आ–आफ्नो फाँटबाट रकम संकलन गर्ने र हरेक दिन प्रमुखको समेत भाग राखिदिने गरेका छन् ।
खासगरी कम्युटर अपरेटरले कागज प्रिन्ट गरिदिने, नायब सुब्बाले त्यसलाई भेरिफाई गर्ने र अधिकृतले त्यो प्रमाणित गर्ने गर्दै आएका छन् । एक कर्मचारीले करिब तीन हप्ताअघि अन्तिम स्वीकृति दिँदा आर्थिक चलखेलमा संलग्न भएपछि उनलाई मन्त्रालयमै केही दिन हाजिरी गराइएको थियो । उनले एक दुलाल थरको महिलाको कागज प्रमाणित गर्दा आर्थिक चलखेल गरेको बताइन्छ ।
यसअघि भवीश्वर पाण्डे कार्यालय प्रमुख हुँदा सो कार्यालय सुधारको केही प्रयास भए पनि उनी त्यहाँ टिक्न सकेनन् । उनी आफू पनि खुस नखाने र अरूलाई पनि खान नदिने भएका कारण सबै कर्मचारी मिलेर उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गराउन सफल भएका थिए ।
सम्बन्धित समाचार
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
-
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
-
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
-
आचार्य श्रीनिवास पक्राउ
-
प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply