कमजोरी नगर्नेे प्रतिबद्धतापछि चोलेन्द्र प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ । सुनुवाइ समितिमा परेका उजुरीहरूलाई समेत मध्यनजर गर्दै सांसदहरूले चोलेन्द्रको विगतदेखि वर्तमानसम्मका विवादस्पद काम, भावी योजना, सर्वोच्च अदालतको गरिमालगायत थुप्रै विषयमा केन्द्रित रहेर दर्जनौं प्रश्न राखेका थिए । सबै प्रश्नको एकमुष्ट जवाफ दिँदै जबराले घुमाउरो तरिकाले गल्तीकमजोरी नदोहो¥याउने र अबका दिनमा पनि हुन नदिने प्रतिबद्धता जनाए । जवाफपछि सुनुवाइ समितिको मंगलबारको बैठकले चोलेन्द्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
जबकि, सर्बोच्च अदालतमा न्यायाधीशका लागि अघिल्लोपटक सिफारिस हुँदा उनको नाममा पक्ष÷विपक्षमा मतदान भएको थियो । तत्कालीन एमाले र माओवादीका सांसदहरूले विपक्षमा मत हालेपछि चोलेन्द्रको नाम झिनो बहुमतबाट अनुमोदन भएको थियो । तत्कालीन माओवादीबाट टोपबहादुर रायमाझीले मात्र उनको पक्षमा मतदान गरेका थिए । विराटनगरस्थित पुनरावेदन अदालतमा रहँदा उनले तासको म्यारिज खेललाई बौद्धिक खेलका रूपमा मान्यता दिने फैसला गरेपछि विवादमा तानिएका थिए । उनको विवादस्पद फैसलाबारे समितिमा उजुरी नपरेको पनि होइन तर विगतभन्दा पनि भविष्यमा न्यायालयलाई स्वच्छ, निष्पक्ष ढंगले संचालन गर्ने, न्यायिक प्रक्रियालाई छिटोछरितो र सर्वसुलभ बनाउने, राज्यलाई अर्बौं घाटा हुने प्रकारका मुद्दामा न्यायालयले गम्भीर र संवेदनशील बन्नेजस्ता उनको प्रतिबद्धतापछि नेकपा नाम अनुमोदनमा आश्वस्त भएको हो । यद्यपि, सर्बोच्च अदालतमा तीन वर्ष अवधि पुगेका प्रधानन्यायाधीशका लागि योग्य व्यक्ति उनी मात्र थिए । वरिष्ठताको सूचीमा रहेका दीपकराज जोशीको नाम यसअघि नै सुनुवाइ समितिबाट अस्वीकृत भएकाले पनि उनका लागि प्रधानन्यायाधीश बन्ने मार्ग सहज बनेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply