पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभा सम्पन्न
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ, काठमाडांै शाखाको २०औं साधारण सभाको उद्घाटन सत्रमा उनले ससाना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताए ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘सञ्चार क्षेत्रमा लागेकाहरू सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण–दोष जाँचेर ठीक र बेठीक लेखिदिनुस्, जहाँ परे पनि परोस् । भएका कमीकमजोरीबारे लेखिए धन्यवाद दिन्छौं तर सत्यसित कुनै साइनो नभएका समाचार सम्प्रेषण गरिनु निन्दनीय हो । यस्तो नहोस् ।’
उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग निर्माणजस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएर संघीय प्रणाली लागू भएको र वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सबै तहमा सत्ताको नेतृत्व गरिरहेको स्थितिमा यसलाई सामान्य सरकार परिवर्तनको विषयका रूपमा नलिन आग्रह गर्दै उनले नयाँ चुनौतीको सामना गर्न तथा संविधानका राम्रा कुरा कानुन र संरचना बनाएर कार्यान्वयनमा जाने सवालमा सहयोग गर्न आग्रह गरे । सञ्चार माध्यमलाई सरकार र पार्टी (नेकपा) का तर्फबाट उपलब्ध हुनुपर्ने सूचना र अन्य सहयोगका लागि आफूहरू तयार रहेको पनि उनले स्ष्पष्ट पारे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईं, प्रेस काउन्सिलका सदस्य ईश्वरी, ओझा, शुभेच्छाबिन्दु तुलाधर, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुबेदी, प्रेस युनियनका काठमाडौं जिल्ला अध्यक्ष नकुल अर्याल, पत्रपत्रिका अधिकार मञ्चका अध्यक्ष देवेन्द्र चुँडाललगायतले साधारण सभा सफलताको कामना गरेका थिए ।
शाखाले यसपटकको साधारण सभा पत्रकार आचारसंहिता विशेषका रूपमा मनाइको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालको आयोजना तथा जिल्ला शाखा काठमाडौंको संयोजनमा पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रम पनि सम्पन्न गरेको छ ।
कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले डिजिटल संवादको औचित्यबारे बोलेका थिए । कार्यक्रममा शाखाको आधिकारिक वेबसाइटको शुभारम्भ गरिएको थियो । शाखाले दिवंगत पत्रकार रामचन्द्र हुमागाईंको स्मृतिमा २० हजार ५ सय राशिको पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको थियो । सो पुरस्कारबापतको रकम शाखाका पूर्वअध्यक्ष गोविन्द चौलागाईंले दिने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी, बन्दसत्रमा सचिव मोहन पन्त र कोषाध्यक्ष रामचन्द्र बस्नेतले प्रस्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो । यसैगरी, साधारण सभाले १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । जसमा साना लगानीका स्वरोजगारमुखी मिडियाको हित तथा प्रवद्र्धनमा जोड दिइएको छ ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply