झिटीगुन्टा बोकेर फर्कंदै लक्की
काठमाडौं । आफ्नै सहयोगीले मानव तस्करीको आरोप लगाएपछि बदनाम भएकी राजदूत लक्की शेर्पा अन्ततः आज अस्ट्रेलियाबाट नेपाल फर्कर्दै छिन् । नेपाल फर्केर राजीनामा दिने गरी उनी आफ्ना सबै झिटीगुन्टा बोकेर फर्कन लागेको स्रोतले बतायो । आफ्ना चालक वाङ्छु शेर्पाबाट पैसा खानुका साथै उनीमार्फत अस्ट्रेलिया मानव तस्करी गर्न पैसा उठाएको पोल खुलेपछि करिब एक महिनाअघि नेपाल झिकाइएकी लक्कीले पद जोगाउन निकै कसरत गरेकी थिइन् । तर, कसैगरी पद नजोगिने पत्तो पाएपछि उनी केही दिनअघि अस्ट्रेलिया गएकी थिइन् ।
यसअघि नै सरकारले उनलाई बर्खास्त गर्ने तयारी गरे पनि लक्कीले एकपटक अस्ट्रेलिया गएर बिदाइ भेट गरेर फर्किने इच्छा देखाएकाले कारबाही हुन सकेको थिएन । उनका व्यक्तिगत प्रयोजनका सामानदेखि अरू मिलाउनुपर्ने कामहरू बाँकी नै रहेकाले एकपटक अस्ट्रेलिया जानैपर्ने र कूटनीतिक उन्मुक्तिबिना त्यहाँ जाँदा गिरफ्तारीमा पर्ने सम्भावना भएकाले एक साताका लागि जान दिइएको थियो । आज फर्केलगत्तै उनले राजीनामा दिने स्रोतले बतायो ।
उनलाई कारबाही नगरे नेपाल सरकारमाथि तीनवटा समस्या आउने खतरा देखिएपछि उनलाई राजीनामा दिन सुझाइएको थियो । पहिलो, उनीमाथि अस्टे«लियामा उनकै चालकले मुद्दा दिएका कारण कूटनीतिक उन्मुक्ति खतम हुनासाथ उनी गिरफ्तारीमा पर्ने सम्भावना । दोस्रो, त्यसो नभए पनि उनलाई त्यहाँको श्रमसम्बन्धी कार्यालयले चालकको श्रम शोषण गरेकोमा बयानका लागि बोलाइदिन सक्ने । र तेस्रो, श्रम कानुनको उल्लंघन र कूटनीतिक मर्यादा कायम नगरेको अभियोगमा उनलाई देशनिकाला (पर्सना ननग्राटा) गर्न सक्ने सम्भावना । यी सम्भावना सुनाएपछि उनी गत साता बिदाइ भेट गरेर फर्केर आउने र राजीनामा दिने भन्दै अस्ट्रेलिया गएकी थिइन् ।
नेपाल बसाइका क्रममा उनले पद जोगाउन कुनै कसर बाँकी राखेकी थिइनन् । नेकपा (तत्कालीन एमाओवादी) का अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट राजदूत नियुक्त भएकी उनले दाहाल निवास खुमलटार धाउदै अध्यक्ष दाहाल र उनकी छोरी गंगालाई भेटेर दिनदिनै दिवंगत प्रकाश दाहालको नाम लिएर इमोसनल ब्ल्याकमेलिङसम्म गरेकी थिइन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply