काठमाडौं अदालतमा विकृतिको डंगुर
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय क्षेत्रको सुधारका लागि सकारात्मक पहल सुरु गरिरहेका बेला काठमाडौंको मुटुमै रहेको जिल्ला अदालत काठमाडौंमा भने विकृतिको डंगुर थुप्रिएको छ । नजिर बाझिएका र बदनियतपूर्ण रूपमा फैसला गरेका न्यायाधीशहरूलाई समेत न्यायपरिषद्मार्फत कारबाही र नसिहतको शृंखला सुरु गरेका उनले मुुलुकको सबैभन्दा धेरै मुद्दा हुने जिल्ला अदालत काठमाडौंको विकृतिविरुद्ध पनि कदम चाल्नुपर्ने आवाज उठेको छ ।
न्यायाधीशको सम्पर्कमा रही मुद्दा जिताइदिने कार्यमा संलग्न रहेका र बिचौलियाका रूपमा काम गर्ने सो अदालतमा थुप्रै कर्मचारीहरू रहेको स्रोतले बतायो । त्यसको प्रमाणस्वरुप केही दिनअघि अदालतका एक कर्मचारीहरू घुससहित रंगेहात भेटिएकासमेत थिए । उनी देखावटी पात्र भए पनि उनको सञ्जाल ठूलो रहेको र उनीसहित सो कार्यमा संलग्न थुप्रै कर्मचारीहरू रहेको बताइएको छ । त्यसो त ज्यानमारासँग घुस खाने काठमाडौं जिल्ला अदालतका एक कर्मचारी केही दिनअघि पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंका नायब सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चालिसेलाई बबहमहलस्थित वन विभाग परिसरबाटै पक्राउ गरेको थियो । चालिसेले सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । त्यसो त सोही काम गरेर सो अदालतमा नासु र खरदार तहका कर्मचारीहरू अहिले करोडपति भइसकेका छन् । विगत १६ वर्षदेखि जिल्ला अदालत काठमाडौंमा कार्यरत स्टोरकिपर डम्बरबहादुर थापासँग पनि नासु चालिसेको मिलिभगत रहेको बताइएको छ । नातामा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारीको भान्जीज्वाइँ पर्ने थापालाई अधिकारीले नै जिल्ला अदालत रामेछापमा टाइपिस्टमा जागिर लगाइदिएका थिए । रामेछापको साबिक तिल्पुङ गाविसका बासिन्दा थापाले देखिनेगरी अदालतमा खरदारको जागिर खाएको बाहेक अन्य पेसा गरेका छैनन् । तर, आर्जित सम्पत्ति हेर्ने हो भने उनी अर्बपतिको हाराहारीमा पुगिसकेका छन् । उनले त्यही खरिदारको कमाइले दुई छोरा र एक छोरीलाई करिब ६०÷६० लाख रुपैयाँ लगानी गरेर चिकित्सा शास्त्र पढाइरहेका मात्र छैनन्, ती पात्रको राजधानीमा दुई स्थानमा ठूल्ठूला महल र पर्याप्त घडेरीहरूसमेत छन् । एउटा खरदारले यसरी अस्वाभाविक रूपमा आर्जन गर्नुको मुख्य कारण नै उनले सेवाग्राही र न्यायाधीशलाई जोड्नेबीचको सेतुको काम गर्दै आएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । आफन्तको उच्च ओहदामा भएको नाम प्रयोग गरेर समेत उनले पछिल्लोपटक राम्रो कमाइ गर्दै आएको बताइएको छ । सबैतिर सेटिङ मिलाउन सक्ने भएकैले उनी कहिल्यै सरुवा नभई लगातार एउटै अड्डामा विगत १६ वर्षदेखि बस्दै आएको बताइन्छ । ‘तपाईंहरूले कुनै चिन्ता लिनुपर्दैन, न्यायाधीशहरू मेरै हातमा छन्’ भन्दै उनले सेवाग्राहीहरूसँग कुराकानी गर्ने गरेको समेत बताइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply