आज प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा
काठमाडौं । आज भव्य समारोहबीच सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै छ । मध्याह्न १२ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले योे कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पनालाई सरकार पार्न सरकारले सबै नागरिकलाई रोजगारीको न्यूनतम व्यवस्था गर्न पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको हो ।
यो कार्यक्रममा बेरोजगार भत्ता र निर्वाह भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिने व्यवस्था पनि सो कार्यक्रममार्फत गरिएको छ ।
न्यूनतम रोजगारीको अवसर पनि नपाएकाहरूलाई निर्वाह भत्ता उपलब्ध गराउने बताइएकोे छ । यो कार्यक्रम लागू गर्न देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने तयारी सरकारले गरेको छ । यसका लागि सरकारले आवश्यक जनशक्तिको माग गरिसकेको छ । चैत १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजकले काम थाल्ने बताइएको छ । सुरुवातमा बेरोजगारको तथ्यांक संकलनलगायतका काम हुनेछ । संघ र प्रदेश सरकारहरूले पनि ऐन, नियमावली र निर्देशिकामा गरिएको व्यवस्थाबमोजिमका कार्यहरू गरी यो कार्यक्रम कार्यान्वयन गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply