डीएसपी बढुवामा बादल निरीह
काठमाडौं । सशस्त्र प्रहरी बलमा केही समयमै रिक्त एसएसपी पदमा डीएसपीहरू बढुवा हुने भएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विदेश रहेकाले उनी आएको केही दिनमै उक्त बढुवा सूची निस्कने बताइएको छ । बढुवाको क्रम अन्तिम चरणमा पुगेकाले आकांक्षीहरूबीच तीव्र दौडधुप सुरु भएको बताइन्छ । कुल ३७ जना एसपी हुने भएपछि सो कोटामा बढुवा समिति समक्ष ९५ डीएसपीले आवेदन हालेका थिए । तिनीहरूमध्ये केही भने न्यूनतम मापदण्ड नै नपुगेको बताइएको छ ।
बढुवा समितिले काम गरी नसिध्याउँदै राजनीतिक पावरको चलखेल बढी भएकाले स्वयं बढुवा समितिका सदस्य तथा स्वयं आईजीपी सर्वेन्द्र खनाल पनि अन्योलमा परेको बताइन्छ । सरोकारवाला गृहमन्त्री बादलसँग कुनै सरसल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट बढुवाको प्राथमिकता क्रममा पार्नुपर्ने भन्दै लिस्ट आईजीको टेबुललमा पुगेको छ । जसका कारण आईजी खनाल पनि तनावमा परेका छन् ।
वरिष्ठता र कार्यसम्पादनलाई आधार मानेर बढुवा सिफारिस समितिले अंकभार तोकी बढुवाका लागि सिफारिस गर्ने भएपछि पाइप लाइनमा रहेका डीएसपीहरू हाकिमको चाकडीदेखि राजनीतिक नेताहरूको घर धाएर फोन गराउनसमेत सुरु गरेको बताइन्छ ।
योपटकको बढुवामा सिसं दोस्रो टोलीबाट बढुवा हुने बताइन्छ । सो टोलीमा थुप्रै डीएसपी रहेका छन् । त्यसमध्ये दीपककुमार थापा, नेत्रबहादुर कार्की, राजेश उप्रेती, माधवप्रसाद पौडेल, पूर्ण सावदलगायत अधिकृतहरू छन् । जुन काबिल मान्छिन् । तर, यो दौडमा भारतबाट एसएलसीको प्रमाणपत्र लिएका, जेनतेन आईए पास मात्र गरेकाहरू पनि लागेका छन् ।
यसरी दौडधुप गर्नेमा पञ्चराम चौधरी, अजय छत्कुली, बम बहादुर आलेलगायत छन् । चौधरीले एसएलीमात्र पास गरेका र प्रमाणपत्र पनि भारतबाट ल्याएका, छत्कुली योजना तथा अन्वेषण महाशाखामा दरबन्दी भएर पनि हाकिमको चाकडी गरेर समाचार शाखामा काम गरिरहेका तथा आइकम मात्र पास गरेका व्यक्ति हुन् । त्यसैगरी आलेले पनि भारतबाट एसएलसीको प्रमाणपत्र ल्याएका र आईए मात्र पास गरेका छन् ।
यसैगरी यो दौडमा ओजेश ओली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, झिल्कबहादुर श्रेष्ठलगायत छन् । जसमध्ये ओली एसएलसी सेकेन्ड डिभिजन पास हुन् भने बस्नेत पनि जेनतेन आईए पास गर्नेमा पर्छन् । यसैगरी, भण्डारी भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र ल्याउनेमा पर्छन् भने उनले एसएलसी पनि सेकेन्ड डिभिजन पास गरेका हन् । यस्तै श्रेष्ठले पनि आईए मात्र पास गरेका हुन् ।
यसबाहेक एसपीको पाइपलाइनमा स्नातकोत्तर पास गरेका, स्टाफ कलेज कोर्स पास गरेका, उत्कृष्ट कार्य सम्पादन मूल्यांकन भएकाहरू पनि पर्याप्त संख्यामा छन् । बढुवा गर्दा अर्धसैनिक संरचनाको यो संगठनमा यस्ता कुराहरूलाई विचार गर्दा संगठन बलियो, सुदृढ र प्रभावकारी हुने विज्ञहरू बताउँछन् । भोलि संगठन हाँक्ने अधिकृतहरू पनि यही लर्टबाट बन्ने हुनाले वरिष्ठ र स्टाफ कलेज पास गरेकाहरूलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply