डाक्टरको यस्तो व्यापार ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका एक हाकिमले कार्यालयलाई दलालको अखडामा परिणत गरेका छन् । सरकारले अनुदान दिएर आँखा विशेषज्ञहरूको अध्यापन तथा आँखा उपचारसमेत हुने सो केन्द्रका विभागीय प्रमुख डा. सगुननारायण जोशीले अस्पताललाई विकृतिको अखडामा परिणत गरेको बताइएको छ ।
विभागीय प्रमुख डा. जोशीले लामो समयदेखि अस्पतालका अधिकांश बिरामीहरूलाई आफ्ना केही कर्मचारीहरूलाई कमिसन दिई निजी क्लिनिकतिर लगेर उपचार गर्ने गरेका छन् । अहिले विभागीय प्रमुख भएपछि त झनै उनले त्यो कामलाई निर्विवाद ढंगले अगाडि बढाउन थालेको बताइन्छ । उनको न्युरोड गेटमा र लगनखेलमा काठमाडौं आई सेन्टर पाटन नामको क्लिनिक छ । महाराजगन्जस्थित क्याम्पस तथा अस्पतालमा आउँदा हाजिर गरेर पाँच मिनेट बस्न पनि गाह्रो मान्ने डा. जोशी अस्पतालका बिरामीहरूलाई पाटनस्थित निवासमा लगेर भने हप्ताको पचासौं जनाको दर अप्रेसन गरिरहेको बताइन्छ ।
त्यसो त विगतमा पनि उनलाई कार्यालयको काममा ध्यान नदिई कार्यालय समयमा पनि अस्पतालमा हाजिर गरेर आफ्नो निजी क्लिनिकमा मात्र धाउने गरेको भन्दै पटक–पटक स्पष्टीकरण तथा विभागीय कारबाहीसमेत भएको थियो । अहिले आफैं विभागीय प्रमुख भएपछि त झनै उनले अस्पतालमा मनपरी गर्न थालेका छन् । सानो झुन्ड र आफ्ना चाकडीबाज कर्मचारीहरूलाई मात्र काखी च्याप्ने उनले कार्यालय समयमा अस्पतालमा हाजिर गरेर नर्सहरूलाई समेत आफ्नो निजी क्लिनिकमा काम गराउने गरिरहेको बताइएको छ । उनले अस्पतालस्थित मेडिकल रेकर्ड शाखाका राजकुमार कार्की, मेडिकल एजुकेशन विभागमा सहायक तहमा कार्यरत सुनिल पोखरेल लगायतसँग मिलेमतो गरेर अस्पतालका विरामी अन्यत्र लैजाने गरेको थाहा भएको छ । त्यत्री मात्र होइन कार्की र पोखरेलले अस्पताल परिशरमा आफन्तको नाममा चश्मा पसल खोलेर पनि चस्मा निर्माणमा समेत कमिशन खाने गरेका छन् । अस्पतालमा हाजिर गरेर डा. जोशीको क्लिनिकमा सेवा गर्न जाने नर्सहरूमा बिन्दु श्रेष्ठ, पुनम श्रेष्ठ, आरजु प्रजापति लगायत रहेको बुझिएको छ ।
त्यसो त डा. जोशीलाई विगतमा अस्पतालमा नआएको दिनको भोलीपल्ट हाजिर गरेको अभियोग लगाएर तलव समेत रोक्का गरिएको थियो । उनले २०७१ देखि २०७३ सालसम्मको रेकर्डमा उनी २९ दिन गयल भएका थिए । हाजिरी र उपस्थितिको कुरा त्यहीको अस्पताल प्रशासनले हेर्ने भए पनि पछि उनले तत्कालीन डिन विमलकुमार सिन्हासँग सेटिङ मिलाएर उक्त अवधिको घरबिदा स्वीकृत गराएका थिए । डिनको तहबाट अध्ययन बिदा मात्र स्वीकृति दिन मिल्ने नियम छ । तर उनले तत्कालीन निर्देशक डीएन साहले ‘अनुपस्थित’ भनेर रातो अक्षरले चिह्न लगाइसकेको हाजिर कपीमा पुनः हाजिर गरेर तलब खाएका थिए । उनलाई नजिकबाट चिन्ने सबै कर्मचारीहरू उनको हर्कतबाट आजित भएका छन् ।
डा. साह निर्देशकबाट हटेपछि आएका नयाँ निर्देशकले उनको हाजिर मिलाइदिएका थिए । तर अहिले डा. जोशीले आफ्नो स्वार्थ पूरा भइसकेपछि कसैलाई नगन्ने गरेको बताइन्छ । त्यति नै बेला डा. जोशीले आफ्नो क्लिनिकमा ल्याएको सामानको बिल अस्पतालमा पठाएर त्यहाँबाट हाकिमको दस्तखतसमेत गराउन भ्याइसकेका थिए । तर स्टोरमा ती सामान दाखिला भएको नपाइएपछि सो विलको भुक्तानी रोकिएको थियो । यसरी पैसाका लागि जस्तोसुकै हर्कत गर्न डा. जोशी तयार हुने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । आँखाका विशेषज्ञ प्रा.डा. सशांक कोइराला, मदन उपाध्याय, देवनारायण साहजस्ता प्रतिष्ठित डाक्टरहरूले प्राध्यापन गरेको र छवि जोगाएको उक्त नेत्र अध्ययन केन्द्रको विभागीय प्रमुख डा. जोशी भएपछि त्यसको साखसमेत ओरालो लागेको बताइन्छ ।
यता ओपीडीतिर भने बिरामी जाँच्न समय नै नदिने डा. जोशीले पेइङ क्लिनिकमा भने पर्याप्त समय दिने गरेका छन् । सो पेइङ क्लिनिकबाट प्राप्त आम्दानीको आधाभन्दा बढ्ता हिस्सा उनैले लिने गरेको बताइन्छ । त्यसो त विगतमा डा. गोविन्द केसीको अनशनका कारण अस्पतालको सेवा ठप्प गरेर क्लिनिकमा बिरामी जाँच्ने कामको अगुवाइ पनि डा. जोशीले गरेको भन्दै उनीविरुद्ध पीडितले हुटिङसमेत गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply