अप्टिकल फाइबर र फोरजी सेवामा आक्रामक बन्दै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले आगामी वर्षभित्र सबैतिर फोरजी सेवा पु¥याउनुका साथै सबै अप्टिकल फाइबर बिछ्याउने भएको छ । त्यसका धेरै काम अघि बढिसकेकाले आगामी एक वर्षभित्रै यी काम सक्ने लक्ष्यका साथ टेलिकम अघि बढेको बताइएको छ । इन्टरनेटमा भित्रिएको पछिल्लो प्रविधि फोरजी देशव्यापाी बनाउन टेलिकम युद्धस्तरमा लागेको छ । ‘अहिले युद्धस्तरमा साइट सर्भेहरू गर्ने, देशभरिका स्थानमा नयाँ टावर खडा गर्ने तथा खडा भएका बीटीएसहरूमा उपकरण खडा गर्न र फोरजीका लागि उपयुक्त बनाउन देशभरिका सयौं ठाउँमा सर्भेका काम, साइट तयार गर्ने कामहरू युद्धस्तरमा भइरहेका छन् ।’ टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
त्यसबाहेक अप्टिकल फाइबर ब्रोडब्यान्डको योजनामा गति दिन यसबीचमा विभिन्न सामान नेपाल भित्रिने क्रम सुरु भएको छ । त्यसका साथै एडीएसएलका ग्राहकलाई तथा लोकल टेलिफोनका ग्राहकहरूलाई फाइबरमा रूपान्तरण गर्ने परियोजना एकदमै प्राथमिकताका साथ अगाडि बढिरहेको छ । नेपाल सरकारकै राष्ट्रिय गौरवकै योजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम सुरु भएको छ । प्रदेश १, २ र ३ को परियोजना नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाईजिम्मा लगाएको छ । त्यसको पनि खरिद प्रक्रिया लगभग टुंगिसकेको छ । पाँच सम्झौतामध्ये चारवटा सकिएको छ । यी काम अघि बढेसँगै देशमा सूचना महामार्ग तयार गर्ने काममा टेलिकमले योगदान दिने बताइएको छ ।
सेवाहरूको स्तरोन्नति गर्दै गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइएको टेलिकमले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य टेलिकमको छ । हालसम्म सम्पन्न नेटवर्कहरूमा वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दीपायल, दीपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर रहेका छन् । त्यसैगरी तामाकोसी पुल–खिम्ती–मन्थली–सिन्धुलीबीचको ११५.८० किलोमिटरमध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने केही सम्पन्न हुने चरणमा छन् । अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरू र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरू आबद्ध हुनेछन् । ती पहाडी जिल्लाहरू भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम, बैतडीलगायत छन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरूमा अप्टिकल फाइबर जोडिनेछन् । चालू आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममध्ये अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रूपमा कार्य सम्पन्न गर्ने योजना टेलिकमले लिएको छ । कम्पनीले यसअघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ, उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम, सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, लमजुङ र रसुवा जिल्लाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कबाट जोड्ने कार्य सम्पन्न गरिसकेको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार भएपछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुने टेलिकमको दाबी छ ।
फोरजी सेवामा उस्तै कदम
यता नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । टेलिकमले फोरजी सेवा विस्तारका लागि कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ¥यानका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधीनमा रही सो सम्झौता गरिएको नेपाल टेलिकमले जनाएको छ । यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
सो कम्पनीसँग एक वर्षभित्र नेपालभर फोरजी विस्तार गर्ने गरी सम्झौता भएको हो । यसका लागि कम्पनीहरूले आफ्नो क्षमता विस्तार गर्नुका साथै टेलिकमले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम समयमा गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम टेलिकमले पूरा गर्ने उल्लेख छ । जंगल भएको ठाउँमा रिपिटर टावर राख्ने, सार्वजनिक जग्गा, वनको जग्गाको अनुमतिलगायत काम टेलिकमले गर्नेछ । सरकारले गर्नुपर्ने कानुनी र सरकारी निकायबाट गर्नुपर्ने काम टेलिकमले समयमा गर्नुपर्ने सम्झौतामा भनिएको छ । टावर निर्माण गर्ने घरको व्यवस्थापन गर्नेसम्मका काम टेलिकमले गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको सहप्रवक्ता अधिकारीले जनाएका छन् ।
नेपालभर ६५ लाख क्षमताको फोरजी सेवा विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा रेडियो एक्सेस नेटवर्किङ (¥यान) नेटवर्क तयार गरिनेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहनेछन् । ¥यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिनेछ । यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि २२ कात्तिक २०७४ मा टेन्डर आह्वान गरेको थियो । सो टेन्डर आह्वानमा हुवावे, जेडटीई, माभिनिर र सीसीएसआई गरी चार कम्पनी ठेक्काका लागि प्रतिस्पर्धामा आएका थिए । प्रतिस्पर्धामा आएकामध्ये आर्थिक हिसाबमा अहिले जेडटीई र सीसीएसआई छनोट भएका हुन् । टेलिकमका अनुसार टेन्डर आह्वान गर्दा एलटीई कोर नेटवर्क र ¥यान गरी दुई भागमा बाँडेर टेन्डर आह्वान भएको थियो ।
कोर नेटवर्क विस्तार आयोजनाका लागि आर्थिक हिसाबले चिनियाँ कम्पनी जेडटीई छनोट भएको हो । कोर नेटवर्कका लागि जेडटीईले १ अर्ब ६१ करोड र सीसीएसआईले ३ अर्ब ९८ करोड टेन्डर हालेको थियो । ¥यानमा सीसीएसआईले १७ अर्ब १४ करोडमा र जेडटीईले १९ अर्ब रूपैयाँको लागत पेस गरेको टेलिकमले जनाएको छ ।
यसअघि टेलिकमले पहिलोपटक १७ पुस २०७३ मा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात् टुजी, थ्रीजी र फोरजी नेटवर्कलाई ओभरलेका रूपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने र सेवा लिन सक्ने गरी सेवा विस्तार भएको थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply