सशस्त्र प्रहरीमा पोसाकको रकम फ्रिज
काठमाडौं । सशस्त्र प्रहरीले ३७ हजार कर्मचारीका लागि पोसाक किन्न विनियोजन भएको बजेट नै फ्रिज भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी पोसाकविहीन भएका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को अनुसूची १५ मा सशस्त्र प्रहरी अधिकृत र जवानका लागि उपलब्ध गराउने पोसाकका छुट्ट्याएको रकम फ्रिज भएको हो । कार्यालयले वार्षिक, द्विवार्षिक तथा केही वर्षको फरकमा उपलब्ध गराउनुपर्ने पोसाक तोकिएको अवधिभित्र उपलब्ध नगराएको महालेखाले प्रतिवेदनले उल्लेख गरेको छ ।
यो वर्ष पोसाक खरिदको लागि स्वीकृत भएको ५ करोड ८६ लाख १५ हजार खरिद कार्य नहुँदा फ्रिज भएको छ । कुल ३७ हजार १ सय १७ सशस्त्र प्रहरी कार्यरत रहेकोमा पोसाक मौज्दात दरबन्दीको तुलनामा न्यून रहेको महालेखाले जनाएको छ । सशस्त्र प्रहरीले आफ्ना कर्मचारीलाई समयमै पोसाक नदिँदा पुराना र थोत्रा कपडा लगाउन बाध्य भएका छन् ।
यता नेपाल प्रहरीमा भने दरबन्दीअनुसार अझै कर्मचारी अपुग छन् । प्रहरीको गत वर्ष कुल दरबन्दी ७२ हजार ४ सय ७३ रहेकोमा मन्त्रिपरिषद्बाट २०७५ जेठ २७ मा ३ हजार ३ सय ३७ दरबन्दी थप भएको थियो । जनशक्ति कम भएको भन्दै दरबन्दी थप गरिए पनि अझै दरबन्दीअनुसार कर्मचारी नभएको महालेखाले औंल्याएको छ । अहिले प्रहरीको दरबन्दी ७५ हजार ८ सय १० हो । तर, अहिले अधिकृत तहमा १ सय ४२ जना र त्यसभन्दा मुनि ४ हजार ७ सय १८ जना गरी ४ हजार ८ सय ६० पद रिक्त रहेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply