महासचिव पौडलद्वारा चीनमा अध्ययन केन्द्र उद्घाटन
काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले आइतबार चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्रको उद्घाटन गरेका छन् ।
सियान नगर सरकार (सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरूबारे अनुसन्धान गर्ने सियान विश्वविद्यालयका कार्यरत नेपाली प्राध्यापक तथा सो अध्ययन केन्द्रका निर्देशक डा. राजीवकुमार झाले जानकारी दिए । यसले नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धधनबारे अनुसन्धान गर्दछ । अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरूका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरूबारे चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्ने झाले बताए । उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिस्ट पार्टीका नेताहरू, सो विश्वविद्यालयका पदाधिकारीहरू र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरूको सहभागी थिए । महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गरे । उनले दुई देश एक अर्कोबाट लाभान्वित हँुदै आएको प्रसंग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गरे । चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताए । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे । महासचिव पौडेल हिजो बेइजिङमा राजनीतिक भेटघाटमा व्यस्त रहेको बताइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply