टेलिकमको भ्वाइस सेवा ः सस्तोदेखि निःशुल्क कलसम्म
करिव २० वर्षअघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन् तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुस्किल पर्ला ।
नेपाल टेलिकमले २०५६ साल वैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसबेला मोबाइल सेवाको मूल्य तुलनात्मक रूपमा महँगो पर्ने भएकाले सुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरू पनि थोरै थिए । सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए ।
हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मूल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रूपमा पनि यो सेवा आमउपभोक्ताको सहज पहुँचमा पुगेको छ । नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने सहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको व्यापक विस्तार गर्नुका साथै सेवाको मूल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरूको संख्या पनि व्यापक रूपमा वृद्धि भएको छ ।
२०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिब २ करोड १३ लाख पुगेका छन् । यसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् ।
२०५६ सालमा नेपालमा मोबाइल सेवा आरम्भ हुँदा यो सेवा विलासिताको वस्तुको रूपमा आएको थियो, जबकि त्यसबेला युरोप अमेरिकालगायत विकसित मुलुकमा मोबाइल फोन आधारभूत आवश्यकताको बस्तुका रूपमा प्रयोग हुन थालिसकेको थियो । सुरुमा मोबाइल फोन लिन ५१ हजार रुपैयाँ (मोबाइल सेटको २० हजार रुपैयाँसहित) भुक्तानी गर्नुपर्ने व्यवस्था थियो । प्रविधिको विकाससँगै मोबाइल सेवाको मूल्यमा व्यापक कटौती भएको छ । हाल १ हजार ५ सय १० रुपैयाँ (११३० स्वामित्व शुल्क र ३८० क्रेडिट लिमिट) मा पोस्ट पेड मोबाइल लिन सकिन्छ भने ५० रुपैयाँबराबरको टक भ्यालु भएको प्रिपेड सिम ९० रुपैयाँमा नै लिन सकिन्छ ।
सुरुमा पोस्टपेड सेवा मात्र सञ्चालन गरेको टेलिकमले २०६० भदौदेखि प्रिपेड मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । प्रिपेड सेवा वितरण गर्न थालेपछि मोबाइल सेवाको महसुल पनि सस्तो हुँदै आयो र सेवा पनि व्यापक रूपमा विस्तार भयो । नेपाल टेलिकमले २०६५ वैशाखदेखि नै जिएसएम मोबाइल सेवाको पहुँच मुलुकका ७५ वटै जिल्लामा पु¥याएको थियो ।
प्रविधिमा भइरहेको विकाससँगै नेपाल टेलिकमले २०६४ ज्येष्ठ देखि परीक्षणका रूपमा तेस्रो पुस्ताको थ्री–जी मोबाइल सेवा वितरण आरम्भ गरेको थियो । थ्री–जी मोबाइल सेवा दक्षिण एसियामा नै पहिलोपटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो । २०७३ असोजमा यो सेवाको पहुँच पनि ७५ वटै जिल्लामा पु¥याइएको थियो । यसका साथै मुलुकमा पहिलोपटक फोर–जी सेवा भिœयाउने श्रेय पनि नेपाल टेलिकमलाई नै प्राप्त भएको छ । २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल फोर–जी (एलटीई) सेवा पनि सञ्चालन आरम्भ गरिसकेको छ । अब एक वर्षभित्र मुलुकभर फोर–जी (एलटीई) मोबाइल सेवा विस्तार गर्ने लक्ष्यका साथ विभिन्न सम्झौता भइसकेका छन् ।
नेपाल टेलिकमले उपभोक्ताहरूका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा आप्mना सेवाहरू उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरूका लागि विभिन्न दरका प्याकेजहरू पनि उपलब्ध छन् ।
कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकहका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एकअर्कामा असीमित रूपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्न सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरूलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ ।
अल टाइम भ्वाइस प्याक
यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा एक दिनदेखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरू १० रुपैयाँ देखि ५ सय ५० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।
नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याकअन्तर्गत पाँच रुपैयाँमा एक दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा एक रातसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा सात रातसम्म दुई सय ४० मिनेट र एक सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिनेछ । सो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र प्रयोग गर्न सकिन्छ ।
सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरूका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोस्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेजअन्तर्गत रहेका सदस्यहरूले एकअर्कामा असीमित कल गर्न सकिन्छ ।
यसअन्तर्गत जीएसएम÷सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २ सय रूपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १ सय २५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ । यसैगरी जीएसएम÷सीडीएमए पोस्टपेड÷प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरूले एकअर्कामा असीमित कल गर्नबाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ ।
डे प्याक
डे प्याकअन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यसअन्तर्गत ६ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ ।
एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । व्यक्तिगत तर्फ आठ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सयदेखि १८ हजार ४ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध छन् ।
सीडीएमए प्रिपेड स्काईबाट मासिक २० रुपैयाँ
सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करबाहेक २० रुपैयाँ मात्र तिरे पुग्छ । यो सेवा सुचारु गर्न सीडीएमए प्रिपेड सेवाका ग्राहकहरूले मोबाइल बक्समा एनआईजीएचटी टाइप गरी १४१५ मा एसएमएस पठाउनुपर्छ ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गर्नुपर्छ । कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यससम्बन्धी जानकारी लिन तथा प्याकेज खरिद गर्न सकिन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply