यी कम्पनीको बैंक खाता रोक्का गरिँदै
काठमाडौं । मूल्य अभिवृद्धि कर भ्याट तथा आयकर गरी २१ करोड रुपैयाँ नतिर्ने ६ व्यावसायिक फर्ममाथि कर कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि दुवै कर बक्यौता राखी कर नतिर्ने सवारी साधन बिक्रेतादेखि अपार्टमेन्ट निर्मातासम्मको बैंक खाता रोक्का गर्ने तयारी गरिएको हो । करदाता कार्यालय बबरमहलले लामो समयदेखि राजस्व बक्यौता राख्ने लोक इलेक्ट्रोनिक्स, कोहिनुर हिल हाउजिङ र ओरिएन्टल बिल्डरको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । यसैयरी ओरिएन्टल बिल्डरको पनि बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । यो कम्पनीले १२ करोड ४३ लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी छ ।
त्यसैगरी सवारी साधन बिक्रेता पशुपति अटो मोबाइल पर्सा तथा त्रिपुरेश्वर कन्डक्टर प्रालिमाथि पनि कारबाही अघि बढाएको बताइएको छ । यो कम्पनी नेपाल विद्युत् प्राधिकरणलाई विद्युतीय सामान आपूर्ति गर्ने कम्पनी हो । यस्तै, दक्षिणकाली इन्कर्पोरेटको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । यो कम्पनी धनगढीको हो । यो कम्पनीले सब डिलर भएर महिन्द्राको गाडी बिक्री गथ्र्यो । कार्यालयले यसअघि बक्यौता रहेका सम्पूर्ण करदाताको नाममा कर चुक्ता गर्न आउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । त्यो सूचना प्रकाशनपछि पनि कर चुक्ता गर्न तथा कारोबारको विवरण नबुझाउनेमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो । यता आन्तरिक राजस्व कार्यालय कालीमाटीले ८२ व्यावसायिक संस्थाको कारोबार रोक्का गर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय कालीमाटीले कर बक्यौता नतिर्ने ८२ वटा व्यावसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ । विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमणसमेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा हालसम्म पनि बुझाएका छैनन् । ८२ व्यावसायिक संस्था र फर्मलाई १५ दिनभित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेस गर्न अनुरोध गरेको छ । यो अवधिभित्र बक्यौता नबुझाए आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) बमोजिम तरिका अपनाई व्यावसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्कालगायत कारबाही गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply