धमाधम शपथ बहिष्कार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले साबिक कमिटीको वरिष्ठताको मापदण्डलाई आधार मानेर जिल्ला नेतृत्वको एकीकरण टुंगो लगायो । यो मापदण्डअनुसार तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लामा अध्यक्षसहिको नेतृत्वको भागबन्डा भयो । जसअनुसार आफ्नो समूहले अध्यक्ष पाएको जिल्लाबाहेकमा दुवै समूहका साबिक अध्यक्षहरू स्वतः सचिवमा घटुवा भए ।
एकीकरणका क्रममा अहिले केन्द्रीय सदस्य रहेका र तत्कालीन माओवादीमा जिल्ला अध्यक्ष रहेका नौजना नेता जिल्ला सचिवमा घटुवामा परेका छन् । उता घटुवामा परेका पूर्वएमालेतर्फका तीन जना जिल्ला सचिवले शपथग्रहण नै बहिष्कार गरेका छन् । सुदूरपश्चिम प्रदेशले आइतबार आयोजना गरेको जिल्ला नेतृत्वको शपथग्रहण कार्यक्रम तीन जिल्ला सचिवहरूले बहिष्कार गरेका हुन् । डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंहले आफूभन्दा कनिष्ठ मातहत सचिव नबस्ने भन्दै शपथग्रहण बहिष्कार गरेका हुन् । तीनैजना एमाले समूहबाट सचिवमा नियुक्त भएका थिए ।
मोरङका गोपी अछामी, सिरहाका प्रमोदनारायण यादव र काठमाडौंका हिमाल शर्माबाहेक अरू ६ जनाले आफूभन्दा जुनियरको नेतृत्वमा बस्नुपर्नेछ । मोरङका अध्यक्ष विनोद ढकाल र काठमाडौंका कृष्ण राई भने केन्द्रय कमिटी सदस्य नै रहेकाले वरिष्ठता विवाद छैन । यद्यपि, पूर्वएमाले समूहबाट दोहोरो जिम्मेवारी पाएकाले उनीहरूको दुवै हातमा लड्डु भएको छ । उता, काठमाडौंका हिमाल शर्माले सचिव नबन्ने बताउँदै आएका छन् ।
पूर्वमाओवादीतर्फ केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरूमा गोपी अछामी (मोरङ), डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), सालिकराम जमरकट्टेल धादिङ र दधिराम न्यौपाने (रूपन्देही) छन् । त्यस्तै, पूर्वमाओवादीबाटै अशोक मण्डल (सप्तरी), रामकुमार यादव (सिरहा), राजु खड्का (महोत्तरी) र राजन दाहाल (सिन्धुली) को केन्द्रीय सदस्यबाट जिल्ला अध्यक्षमा घटुवा भएको छ । पद अस्वीकार गरेको खण्डमा वरीयतामा अगाडि रहेकालाई जिम्मेवारी दिने अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भइसकेकाले त्यसले खासै असर नपर्ने नेकपाका नेताहरू बताउँछन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply