आर्थिक लाभका लागि प्रहरीमा नयाँ सेटिङ
काठमाडौं । नेपाल प्रहरीको बागडोर सम्हालेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिंगो संगठनमा भद्रगोल पारेका छन् । उनले पछिल्लोपटक भएको सरुवामा विधि र थिति मिचेर आफूलाई आर्थिक उपार्जन र अनुकुल हुनेगरी जिम्मेवारी बाँडफाँट गरेका छन् । यसले गर्दा उनी आलोचनाबाट मुक्त हुन सकेका छैनन् ।
उनले यही वैशाख २४ गते एआईजीहरूको सरुवा गर्दा त्यस्तो प्रवृत्ति देखाएको बताइएको छ । उनले एआईजी ठुले राईलाई आफ्नो विश्वासीका रूपमा हेडक्वाटरको तालाचाबी दिएका छन् । राईलाई प्रधान कार्यालयअन्तर्र्गतको प्रशासन, अपराध र कार्य विभाग गरी तीनवटै विभागको जिम्मेवारी दिइएको छ । यसअघि प्रशासन र अपराध विभाग दुवै एआईजी पुष्कर कार्कीलाई दिइएकोमा उनबाट खोसेर ठुले राईलाई दिइएको थियो । अहिले फेरि कार्कीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ भने त्यहाँ रहेका एआइजी धिरु बस्नेतलाई एआईजीको दरबन्दी नै नभएको राष्ट्रिय सुरक्षा परिषद्मा पठाइएको छ । त्यसरी दरबन्दी नै नभएको स्थानमा पठाउन खोज्नु भनेको जगेडामा राख्नुसरह भएको बताइन्छ । यसरी पछिल्लो कार्यविभाजन हेर्दा ‘कोहीलाई खातैखात, कोहीलाई पुर्पुरोमा हात’ भनेजस्तो भएको छ ।
त्यसो त बस्नेतले एकेडेमीमा रहँदा लेखा प्रमुखसँग मिलेर ठुलै रकम अनियमितता गरेको भन्दै उजुरी पनि नपरेको होइन । अहिले प्रधान कार्यालयअन्तर्गत दुईवटा ठूला भवनहरू बन्दै छ । सो भवनमा ठेक्का लगाउने कार्यमा प्रशासनको हात हुन्छ । त्यति मात्र होइन, अपराध विभागअन्तर्गत दुई करोडको सामान खरिदको तयारी भएकै बुझेर सो सेटिङ मिलाउन आईजी खनालले एआईजी कार्कीलाई प्रधान कार्यालयबाट एकेडेमी खेदेको बताइएको छ ।
यता महानगरीय प्रहरी परिसरबाट एसएसपी वसन्त लामा नौ महिनामै तानिएका छन् । उनले होबिन्द्र बोगटीलगायत बदनाम डीएसपीहरूको सेटिङमा चेक बाउन्सलगायत विभिन्न्न मुद्दाहरूमा लाखौं रकम उठाएको पुष्टि भएकाले उनलाई त्यहाँबाट हटाइएको बताइएको छ । त्यसो त चितवन जिल्ला प्रमुख भएर बस्दा हात्तीका दाह्रालगायत वन्यजन्तुको तस्करीमा संलग्न भएको सहकुल थापालगायतलाई महŒवपूर्ण जिम्मेवारी सुम्पिएकाले उनको नियत प्रस्ट भएको बताइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply