छटपटी छल्न छाया सरकार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले ५८ सदस्यीय छाया सरकार गठन गरेर संसदीय अभ्यासमा ‘नौटंकी’ प्रदर्शन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा चुनावमा नराम्रो पराजयको झड्का बेहोरेपछि अहिलेसम्म उठ्न नसकिरहेको कांग्रेसको छाया सरकार गठनको पछिल्लो कदमलाई सत्ताबाहिरको छटपटाहटका रूपमा हेरिएको छ ।
देउवाको नेतृत्वमा गठित छाया सरकारमा एउटै मन्त्रालयमा तीनतीन जनालाई जिम्मेवारी दिइएको छ । देउवा स्वयंले प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयको कामको निगरानी गर्ने जिम्मा लिएका छन् । सरकारको २५ वटा मन्त्रालयमा त्यति नै सरकारको मन्त्री भए पनि छाया सरकारको मन्त्रीकै रूपमा भए पनि सबैको चित्त बुझाउन त्यति धेरैलाई जिम्मेवारी दिइएको छ । जबकि, देउवा आफैं २०५२, २०५८, २०६१ र २०७४ सहित चारपटक प्रधानमन्त्री भएका थिए । अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् गठनमा कीर्तिमानमा मात्र होइन, सरकारमा रह“दा सांसदको किनबेचदेखि धमिजा काण्डको भ्रष्टाचारको आरोप खेपेका देउवाले छाया सरकारमा पनि कीर्तिमान कायम गर्नेगरी सरकारका मन्त्रीहरूभन्दा दोब्बर छायामन्त्री बनाएका छन् । सांसद गगन थापाले सबैलाई चित्त बुझाउन देउवाले जम्बो छाया सरकार बनाएको भन्दै व्यंग्य गरेका छन् । यद्यपि, उनले पनि शिक्षा मन्त्रालयको कामको निगरानी गर्ने जिम्मेवारी लिएका छन् । प्रतिपक्षीले सरकारको निगरानी गर्ने उद्देश्यले यो कदम चाल्नु स्वाभाविक मानिए पनि छाया मन्त्रीहरूको संख्या हेर्दा कांग्रेसको सत्ताबाहिर रह“दाको तुष र छटपटाहट प्रकट भएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।
संविधानले मुलुकको गन्तव्य समाजवाद तय गरिसके पनि राजनीतिक र वैचारिक रूपले रुमलिएर सांगठनिक रूपमा शिथिल र अस्तव्यस्त बन्दै गएको कांग्रेसभित्र देउवाले आफ्नो कार्यकालमा एउटा पनि उल्लेखनीय काम गर्न सकेका छैनन् । चुनावयता महासमिति बैठक गर्दासमेत कांग्रेसले बदलिएको परिस्थितिमा अबको पार्टीको कार्यदिशा स्पष्ट पार्न सकेको थिएन । पार्टीभित्र निर्वाचन सफलतापूर्वक सम्पन्न गराए“ भन्नेबाहेक कुनै एजेन्डा नभएपछि देउवाले पराजयलाई अझै आत्मसात् गर्न सकेका छैनन् । जबकि, कुनै बेला दुई तिहाइ बहुमत ल्याएको ठूलो पार्टी अहिलेजतिको कमजोर कहिल्यै बनेको थिएन । बीपीले प्रजातान्त्रिक समाजवादको कार्यक्रम अघि सारेयता अहिलेसम्म आफ्नो राजनीतिक वैचारिक सिद्धान्त र कार्यदिशा तय गर्न नसकेको कांग्रेस नेता देउवासहित कोही पनि नेतास“ग सत्ता पक्षलाई फत्तुर लगाउनेबाहेक कुनै एजेन्डा छैन । पार्टी सञ्चालनमा असफल साबित भइसकेका देउवाकै कारण झन् पछि झन् विभिन्न उपगुटहरूको मोर्चामा सीमित भएको छ । वैचारिक बहसबाट टाढै रहन रुचाउने, अध्ययन, अनुसन्धान गर्ने स्वभावै नभएका २०७४ मंसिरमा सम्पन्न भएको चुनावयता देउवाको एउटै एजेन्डा छ, चुनावमा आफ्नै उम्मेदवारहरूलाई हराउने अन्तरघातीहरूलाई कारबाही । तर, चुनाव सम्पन्न भएको डेढ वर्षयता एकजना अन्तर्घातीलाई पनि छानबिन गरेर अनुशासनको डन्डा चलाउन सकेका छैनन् । यसले पनि उनी पार्टीभित्र कति असक्षम छन् भन्ने साबित हु“दै गएको छ । झाँगिँदै गएको उपगुटहरू उनीविरुद्ध एकजुट हुने हो भने देउवाले एक वर्षभित्र हुने भनिएको महाधिवेशनअगावै हात उठाउनुपर्ने स्थिति आउने आ“कलन गर्न थालिएको छ ।
केही दिनयता कांग्रेसले केन्द्रबाट नेता खटाएर जिल्लाहरूमा जागरण अभियान चलाइरहेको छ । तर, केन्द्रमा देउवाको फितलो नेतृत्वका कारण जागरण अभियानमा अत्यन्त न्यून कार्यकर्ताहरूको उपस्थितिले पार्टीभित्र निराशा बढ्दै गएको बताइन्छ । कतिपय जिल्लामा सहभागीभन्दा अतिथि वक्ता बढी रहेको भेला सम्पन्न भएको, कतै कार्यक्रममै कार्यकर्ताहरूबीच कुटाकुट भएर अतिथिहरूबीच नै भागाभाग भएकोजस्ता खबरहरू आइरहेका छन् । भेलामा सहभागी कार्यकर्ताहरूले सुरुमै समाजवादमा जाने कांग्रेसको नीति र कार्यक्रम के हो, कस्तो बनेको छ भन्ने प्रश्न उठाउने गरेपछि नीति र योजनाविहीन खटिएका अतिथिहरूकै बेइज्जत हुने गरेको छ । कतिपय जिल्लामा अहिलेसम्म लोकमानसिंह कार्कीलाई जोगाउन संसद र पार्टीबाट चालेको कदम, विवादस्पद राजदूत नियुक्ति प्रकरणमा मात्र होइन, पछिल्लो वाइड बडी विमान घोटाला प्रकरणमा देउवाको संलग्नतालगायत विषयमा गम्भीर प्रश्न उठाइरहेका छन् । तर यस्ता प्रश्नमा कुनै चित्तबुझ्दो जवाफ दिनुको सट्टा केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढेको तथ्यहीन गफ दिएर कार्यकर्ताहरूलाई भुलाउने, भ्रम छर्ने प्रयास गरिरहेको छ । जागरण अभियानमा कार्यकर्ताहरूमा निराशा देखेरै उत्साह पैदा गर्न छाया सरकार गठन गरेको अनुमान गरिए पनि त्यो झन् प्रत्युत्पादक हुन सक्ने बताउन थालिएको छ । कांग्रेसले कार्यकर्तालाई अध्ययन गर्न होइन, ठेक्कापट्टा धन्दा, दलालीजस्ता कामको संरक्षण र संवद्र्धन गर्दै आएकाले पनि नया“ पुस्ता उक्त पार्टीप्रति विकर्षित छ । भ्रातृ संगठनको अध्यक्ष र पदाधिकारी तहका नेताहरू सैद्धान्तिक वैचारिक तर्क र तथ्य प्रस्तुत नगर्ने भएकाले कांग्रेसमा अहिले कुनै आकर्षण छैन । सबै भ्रातृ संगठनहरू अस्तव्यस्त र कार्यकर्ता झन्झन् भुत्ते साबित हु“दै गएकाले भर्खरै समाजवादी पार्टी नेपाल बनाएका डा. बाबुराम भट्टराईले कांग्रेसलाई अब जनताले नै म्युजियममा राख्नुपर्ने बेला आएको टिप्पणी गरेका थिए ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply