सरकारको नीति दृढताका साथ पालना गर्न प्रतिबद्ध छौं
२०६३ जेठ १७ गते इन्जिनियरिङ सिभिल समूह हाइवे उपसमूहबाट सरकारी सेवामा प्रवेश गर्नुभएका मुल्मीको जन्म २०३७ भदौ १७ गते ललितपुर महानगरपालिका–२० पूर्णचण्डीमा भएको हो । २०५९ सालमा पुल्चोक क्याम्पस इन्टिच्युट अफ इन्जिनियरिङबाट ब्याचलर्स डिग्री इन सिभिल इन्जिनियरिङ, २०६८ सालमा नेपाल इन्जिनियरिङ कलेजबाट मास्टर्स डिग्री अफ कन्सट्रक्सन म्यानेजमेन्ट गरेका उनले २०६२ सालमा पाटन मल्टिपल बहुमुखी कलेजबाट मास्टर्स डिग्री इन बिजिनेस स्टडी हासिल गरे । हाल मध्यपहाडी पुष्पलाल राजमार्ग पूर्वी खण्ड पाँचथर फिदिम योजना कार्यालयका प्रमुख रहेका अभिमनदास मुल्मीसँग गरिएको कुराकानीको संक्षिप्त अंश ः
० तपाईं आफ्नो कार्यकालमा अहिलेसम्म र यस लोकमार्गको महŒवपूर्ण जिम्मेवारी पाएपछि विभिन्न राजनीतिक दलहरूको सहयोग र सहकार्यलाई कसरी लिनुभएको छ ? अपेक्षा के राख्नुभएको छ ?
कुनै विकास निर्माणको कार्य राजनीतिक सहयोग र प्रतिबद्धताबिना सफल हुनै सक्दैन । मध्यपहाडी राजमार्गजस्तो राष्ट्रिय गौरवको योजनामा राजनीतिक सहयोग अपरिहार्य हुनुपर्छ । यस योजनामा नेपालका सबै जस्तो राजनीतिक दलको उत्तिकै सहयोग र चासो पनि रहेको छ । जिल्ला स्तरदेखि लिएर राष्ट्रिय स्तरसम्म सबैजसो राजनीतिक दलबाट राम्रो सहकार्य र सहयोग पाएको छु ।
० यस राष्ट्रिय गौरवको योजनालाई सरकारको नीतिअनुरूप समयमै सम्पन्न र गतिशील बनाउन सम्भव देख्नुहुन्छ ? अपेक्षा र आकांक्षा के राख्नुभएको छ ?
मध्यपहाडी राजमार्ग योजना पाँचथरअन्तर्गत यस योजनाबाट जम्मा २ सय ५७ किमि सडकको सम्पूर्ण काम गर्दै आएकोमा १ सय ८० किमि सडकको कालोपत्रे ठेक्का व्यावस्थापन भएकोमा गत आवसम्म २० किमि मात्र कालोपत्रे सम्पन्न भएकोमा यसै आर्थिक वर्ष (आव) भित्र भोजपुर–चखेवा खण्डमा २२ किमि र तेह्रथुम खण्डमा २५ किमि कालोपत्रे गरी जम्मा ४७ किमि कालोपत्रे सम्पन्न हुने र त्यसबाहेक आव २०७६÷७७ भित्र ठेक्का व्यवस्थापन भएका अधिकांश सडक कालोपत्रे हुनेछ । त्यसबाहेक २५७ किमिमध्ये बाँकी २६ किमि वसन्तपुर म्याङलुङको कालोपत्रेको ठेक्का व्यवस्थापन मध्यपहाडी आयोजना निर्देशनालयबाट अन्तिम चरणमा रहेको साथै पाँचथर खण्डको दारिम्बा च्याङथापु खण्डको अपग्रेडिङका लागि डीपीआरको कार्य पनि अगाडि बढाइसकिएको छ । तसर्थ, नेपाल सरकारको नीतिअनुसार नै मध्यपहाडी पाँचथरअन्तर्गतका सडकहरू आव २०७९÷८० मा सम्पूर्ण काम सकिने कुरामा सन्देह छैन ।
० तपार्इंको कार्यक्षेत्रमा दक्ष जनशक्ति र अन्य जनशक्तिको समस्या के–कस्तो रहेको छ ?
हाल उपलब्ध जनशक्तिहरू दक्ष नै छन् । समस्या भनेको नै स्वीकृत दरबन्दीअनुसार पदपूर्ति नहुनु हो र यसका लागि योजना कार्यालयले तालुक निकायमा बारम्बार पत्राचार र निवेदनसमेत गरिसकेको छ । त्यसबाहेक उपलब्ध जनशक्तिलाई अहिलेको परिपेक्ष्यअनुकूल उत्प्रेरणा र तालिमसमेत हुन सकेको भए अझै प्रगति हासिल हुने थियो ।
० अहिले नेपाल सरकारले ढिलासुस्ती र काम नगर्ने, थुप्रै ठेकेदार अर्थात् निर्माण कम्पनीहरूलाई कडा कारबाहीको दायरामा ल्याइसकेको छ ? तपाईंको त्यस योजनाको कार्यक्षेत्रमा काम गर्ने निर्माण कम्पनीहरूको कामप्रतिको गतिशीलता कस्तो पाउनुभएको छ ?
नेपाल सरकारको नितिलाई हामीले कडाइँका साथ कार्यान्वयन गर्न योजना कार्यालय दृढ रूपमा लागिपरेको छ । ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई योजना कार्यालयले देहायका सम्झौताअनुसार कारबाही अगाडि बढाइसकेको छ । एडभान्स पेमेन्ट ग्यारेन्टी फिर्ता लिनेदेखि लिएर देहायका सम्झौताअनुसार पूर्वनिर्धारित क्षतिपूर्तिसमेत असुलउपर गराइएको छ । यही नीति अनुशरण गर्दै योजना कार्यालयले पनि काम नगर्ने निर्माण व्यवसायीलाई जिरो टोलरेन्स पोलेसीअनुसार कारबाही अगाडि बढाइसकेकाले निर्माण व्यवसायीले पनि निर्माण कार्यमा गतिशीलता बढाएको छ र प्रगतिसमेत गरेको छ ।
० गहन रूपमा कुनै कामलाई जिम्मेवारी र जवाफदेहितालाई वहन गरिसकेपछि समस्या र चुनौतीहरू आउँछन् नै, तपाईंले यसलाई कसरी लिनुभएको छ ?
हरेक प्रोजेक्टमा समस्या र चुनौतीहरू हुन्छन्, त्यसलाई हामीले सहज रूपमा लिनुपर्छ । सीमित स्रोतसाधनका बाबजुद पनि योजना कार्यालयले हरेक चुनौतीलाई आत्मसात् गर्दै त्यस्ता समस्या र चुनौतीको समाधान गर्दै प्रोजेक्टलाई अग्रगतिमा सफल बनाउन लागिपरेका छांै ।
० तपाईं अहिलेसम्मको आफ्नो कार्यकालमा आइपरेका आरोहअवरोह भोगाइ र गराइका अनुभवहरू के–कस्तो रहेका थिए र छन् ?
आरोह र अवरोहहरू हरेक क्षेत्र र जीवनमा समेत स्वाभाविकै हुन आउँछ । आरोहमा नमात्तिनु र अवरोहमा नआत्तीकन निरन्तर आफ्नो जिम्मेवारी पूरा गर्नु मानवीय दायित्व हुनेछ ।
० तपाईंको कार्यक्षेत्रअन्तर्गत २०७६ वैशाखमै ९५ प्रतिशत प्रगति भइसकेको देखिन्छ भने योजनाको अग्रगामी सोच के रहेको छ ?
ठेक्का व्यावस्थापनबाहेक १ सय ८० किमि सडकको कालोपत्रे सुरुकोमध्ये यसै आवमा हुने ४७ किमिबाहेक अबको आव २०७६÷७७ भित्र बाँकी सबै १ सय ३३ किमि पुरै कालोपत्रे गरी योजनाअन्तर्गतका भोजपुर, धनकुटा, तेह्रथुमका जनतालाई सहज पहुँचको व्यवस्था गर्ने र निर्माण भइसकेका सडकहरूमा समेत सडक सुरक्षालाई उच्चतम प्राथमिकता दिने हाम्रो सोच भइरहेको छ ।
० यस कार्यालयमा बेरुजुको अवस्था कस्तो रहेको छ ? बेरुजु फछ्र्योटको प्रक्रिया कति प्रतिशत रहेको छ ?
विगतमा मध्यपहाडी योजना पूर्वी खण्ड र पश्चिम खण्ड रहेकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार २०७५ पुस १ गतेबाट मात्र यस योजना कार्यालय स्थापना भए पनि बेरुजु फछ्र्योटमा योजना कार्यालयले आवश्यक कारबाही अगाडि बढाएको छ । योजनाअन्तर्गत अधिकांश बेरुजु मोबिलाइजेसन पेस्की छन् र करिब ५० प्रतिशतजति फछ्र्योटका लागि योजना कार्यालयबाट महालेखापरीक्षकको कार्यालयमा सम्पूर्ण प्रमाण पेस गरिसकिएको छ ।
० तपार्इंको त्यस योजना तथा कार्यक्षेत्रमा कार्यरत सम्पूर्ण सहयोगी साथीहरूलाई र योजनाको कामबारे सन्देशमूलक सुझावहरू के दिन चाहनुहुन्छ ?
मध्यपहाडी राजमार्गजस्तो राष्ट्रिय गौरव आयोजनाको सफलताका लागि सबै स्टेकहोल्डरहरूसँग सहयोगको अपेक्षा राखिएको छ । यही जेठ ७ देखि ११ गतेसम्म भएको संसदीय विकास तथा प्रविधि समितिको अनुगमनबाट समेत योजनालाई जनतासँग नजिक बनाएको र योजनालाई अझै गतिशील बनाइएको छ । सरकारको नीतिअनुसार कार्यालयअन्तर्गतको निर्माण कार्य तोकेको मितिभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्न आयोजना कार्यालय जिम्मेवार ढंगले लागिपरेको छ ।
सम्बन्धित समाचार
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
-
पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
-
एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
-
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
-
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
-
मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
-
एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु
Leave a Reply