मन्त्रीको असक्षमताले मलको हाहाकार
काठमाडौं । मन्त्री भएदेखि नै प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप झेल्दै आएका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालको नेतृत्वमाथि फेरि प्रश्नचिह्न उठ्न पुगेको छ । पछिल्लो समय समयमै मल आपूर्ति गर्न पहल नगर्दा मन्त्री खनाल र मन्त्रालयका उच्च तहका कर्मचारीहरूको नेतृत्व क्षमतामाथि प्रश्न उठाइन थालिएको छ ।
अहिले देशैभर रासायनिक मलको अभाव चुलिँदै गएको छ । मनसुन भित्रिइसकेको हुँदा किसानहरूले धान रोपाइँ गर्ने बेला नजिकिँदै गएको छ । असारको पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ । तर, अहिलेसम्म पनि किसानहरूले मल नपाइरहेको हुँदा समयमै धान रोपाइँ हुने सम्भावना टर्दै गएको छ ।
यो मौसममा करिब १ लाख १० हजार टन युरिया मलको आवश्यकता पर्दछ । त्यस्तै, डीएपी मल पनि ६० हजार टनको आवश्यकता पर्ने गर्दछ । तर, अहिले कृषि सामग्री कम्पनीसँग पर्याप्त मल नरहेको बताइन्छ । सो कम्पनीसँग मौज्दात रहेको करिब ८ हजार टन युरिया र १० हजार टन डीएपी मलले किसानको आवश्यकतालाई धान्ने देखिँदैन । तर, मलको सर्वत्र अभाव भएपछि दबाबमा परेको मन्त्रालयले मल आयात गर्न पछिल्लो समय प्रक्रिया चाले पनि आयातीत मलले पनि अभाव पूर्ति हुन नसक्ने बताइन्छ । अर्थ मन्त्रालयले दिएको १ अर्ब ८९ करोड र सरकारले उपलब्ध गराएको १ अर्ब ११ करोड रुपैयाँको मल खरिद गर्न मन्त्रालयले प्रक्रिया चालेको बताइन्छ ।
मन्त्रालयले मल खरिद गरे पनि किसानहरूलाई पर्याप्त मल भने नपुग्ने बताइन्छ । कृषि सामग्री र साल्ट ट्रेडिङमार्फत मल खरिद गरे पनि करिब ५० हजार टन मल अभाव हुने बुझिएको छ । मन्त्रालयले पछिल्लो समय कृषि सामग्रीमार्फत ५५ हजार युरिया र २० हजार डीएपी र साल्ट टे«डिङमार्फत् २०–२० हजार युरिया र डीएपी मल खरिद गर्न लागेको हो । चालु आर्थिक वर्षमा मल खरिद गर्न सरकारले ५ अर्ब ९९ करोड रुपियाँ छुट्याए पनि अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ वृद्धि भएको हुँदा कृषि सामग्री कम्पनीले आवश्यकताभन्दा कम मल खरिद गरेको थियो ।
सरकारले जीटुजी सुविधाअन्तर्गत भारत सरकारसँग अपुग मल किन्दै आएको छ । यो वर्ष पनि ३० हजार टन युरिया र २० हजार टन डीएपी मल भारतसँग खरिद गर्न सरकारले प्रक्रिया चालेको छ । तर, समयमै प्रक्रिया नचालेको हुँदा अपुग मल आपूर्ति गर्न नसकेको बताइन्छ । विगत ३ वर्षदेखि भारतसँग जीटुजी सुविधाअन्तर्गत सरकारले अपुग मल खरिद गर्दै आएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply