देउवाको झेल ः प्रतिपक्ष रिझाउने खेल
काठमाडौं । चार वर्षसम्म पार्टी सञ्चालनमा लगभग असफल सावित भएपछि महाधिवेशन नजिकिँदै गर्दा कांगे्रस सभापति शेरबहादुर देउवाले थप बलियो बन्ने उद्देश्यले अनेक दाउपेच सुरु गरेका छन् ।
संघीय संरचनाअनुसार पार्टीभित्र प्रदेश कमिटी निर्माणदेखि, केन्द्रमा पदाधिकारी चयन, केन्द्रीय विभागहरू गठनजस्ता कुनै पनि महत्वपूर्ण काम देउवाले सम्पन्न गर्न सकेका छैनन् । वैचारिक राजनीतिक सवालमा शून्य र सांगठनिक व्यवस्थापनमा मृतप्राय बनेको कांग्रेस सीमित ‘सेलिब्रेटी नेता’को प्रचारका भरमा ‘मुभ’ हुँदै आएको टिप्पणी हुने गरेको छ ।
जम्बो छाया सरकार गठन गरेर पहिलो चरणको जागरण अभियान चलाएको कांग्रेसमा परिणाम उत्साहजनक नदेखिएपछि देउवाले प्रतिपक्षी कित्तामा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताहरूलाई झुक्याउन अर्को नयाँ कार्ड फ्याँकेका छन् । भदौ २४ गतेबाट दोस्रो जागरण अभियान चलाउने र त्यसअघि सबै केन्द्रीय विभागलगायत सबै सांगठनिक संरचनालाई पूर्णता दिने भन्दै देउवाले पार्टीभित्रका प्रतिपक्षको आलोचना कम गराउने रणनीति अख्तियार गरेका हुन् । अनुकूल स्थिति भयो भने आफू थप बलियो बन्नेगरी संरचनाहरूमा रिक्त स्थान पूर्ति गर्ने, अनुकूल नहुँदा पार्टीभित्रकै प्रतिपक्षलाई दोष दिएर बलियो बन्ने रणनीति देउवाले अख्तियार गरेका हुन् ।
आगामी फागुनभित्र देउवाको चार वर्षे कार्यकाल पूरा भइसक्ने भएकाले विधि र प्रक्रियाअनुसार त्यसभित्रै महाधिवेशन गर्नुपर्नेमा देउवा कम्तीमा अझै डेढ वर्ष कार्यकाल लम्ब्याउने खेलमा देखिएका छन् । गत महासमितिपछिको नयाँ विधानअनुसार कांग्रेसले प्रदेश कमिटी बनाउनुपर्ने हुन्छ । तर, त्यो कमिटी अधिवेशनबाट निर्वाचित गर्ने कि माथिबाटै मनोनीत गर्ने अझै टुंगो लागेको छैन । त्यस्तै, केन्द्रमा १५ जनासम्म पदाधिकारी बनाउनसक्ने व्यवस्था छ । यी दुई काम हुँदा केन्द्रीय विभागहरू पनि बन्नेछन् । यी सबै काम गर्दा पौडेल, कोइराला परिवार र सिटौलाको समेत चित्त बुझाउनुपर्ने भएकाले देउवाले आफ्नै समूहका नेताहरूलाई सन्तुष्ट बनाउनसक्ने स्थिति हुँदैन । त्यसैले प्रतिपक्षीहरूको असन्तुष्टिको आवाज मत्थर बनाउने र अन्तिममा यी कुनै पनि काम नगर्नकै लागि उनीहरूको आँखामा छारो हाल्न नयाँ–नयाँ रणनीति अघि सारेको बताइएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply