एकता भाँड्न खोज्नेहरू मूच्र्छित
काठमाडौं । पार्टीभित्र एक नेताविरुद्ध अर्को नेतालाई उचालेर आफ्नो राजनीतिक स्पेस सुरक्षित गर्ने खेलोफड्कोमा लागेका नेकपाका दोस्रो तहका केही नेताको कुटिल चाल तत्कालका लागि टरेको छ । केहि हात लाग्छ कि भनेर पार्टी एकता नै धरापमा पार्न समेत तम्सिएका नेताहरूको योजना अध्यक्षद्वयलगायत शीर्ष नेताहरूको बुद्धिमतापूर्ण कदमका कारण विफल भएपछि कार्यकर्ता पंक्तिमा पनि उत्साह जागृत भएको छ ।
नेकपाभित्र एउटा यस्तो समूह छ, जो सुरुदेखि नै पार्टी एकताको विरुद्धमा छ । त्यो समूहले कहिले पार्टीभित्र दुई अध्यक्ष हुन नसक्ने, कहिले कम्युनिस्टका नाममा भीड शक्ति हुन सक्दैन त कहिले सनक र उन्मादमा चल्न, रमाउन चाहनेहरूलाई पार्टीको नेतृत्व तहमा पु¥याउनैहँुदैन भनेर एउटा न एउटा फेसो हालेर एकता भाँड्न उद्यत छ । पार्टी एकता हुँदा पद खोसिएका नेताको नेतृत्वको त्यही समूहले त्यसको बदलामा केही दिनअघि एकताको स्प्रिटविपरीत पार्टीको कार्यदिशा जबज नै हुनुपर्छ भन्ने अर्को अस्त्र फ्याँकेर पार्टीलाई सम्भावित दुर्घटनातर्फ धकेलेको थियो । त्यसले पार्टीभित्र ठूलो तरंग सिर्जना ग¥यो । पार्टी एकता गर्दा महाधिवेशनसम्म तत्कालीन एमालेले जबज र माओवादीले एक्काइसौं शताब्दीको जनवाद छाडेर जनताको जनवाद मानेर जाने सहमति भएकोमा त्यसविपरीत सरकारको उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्यले नै जबज छाड्न नसकिने अभिव्यक्ति दिएपछि पूर्वमाओवादी समूह सशंकित मात्र बनेन पार्टी नै झन्डै विभाजित हुन पुग्यो । कतिसम्म भने बालुवाटारवरपरकै नेताहरूबाट सरकार परिवर्तन हुने, अब देश मध्यावधि निर्वाचनमा जाने भन्नेसम्मका हल्ला पनि फैलाइए । तर, नेताहरूले यो–यो जटिल अवस्थालाई सहज अवतरण गराएका छन् । अहिले नेताहरू सहमतिका साथ जान तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका बेला भएको सहमतिबाट एक इन्च यताउता नगर्ने बताएपछि अध्यक्षलाई उचालेर केही हात पार्न सक्रियहरू उत्तानचित खाएका छन् । एकता भाड्न उद्यत समूहको खेलोफड्को नेताहरूले बुझेपछि समयमै पार्टी, जनता र देशले नै क्षति भोग्नुपरेन । अध्यक्ष ओलीले घुमाउरो तरिकाले जबजका सन्दर्भमा पछिल्लो समयमा उत्पन्न विवाद सल्ट्याएपछि कार्यकर्ता पंक्तिले नेतृत्व तहबाट एकताका बाँकी काम र सरकारका काममा समेत यस्तै खालको अपेक्षा गरेका छन् ।
कुनै हिसाबमा समन्वयका साथ चल्न नचाहने, सबै ठाउँमा एकलौटी गर्ने, अरूको कुरालाई सम्बोधन गर्नुप¥यो भने पनि अक्करमा पारेर गर्ने आफ्नो आलोचना गर्नेलाई कसरी हुन्छ कमजोर पार्ने, नेताहरूलाई लडाउने, भिडाउने नेतृत्वको विगतको शैलीमा पनि परिवर्तनको अपेक्षा कार्यकर्तातहरूले गरेका छन् । सोमबार संसदीय दलको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीको प्रस्तुतिबाट पनि कार्यकर्ता पंक्तिमा उत्साह देखिएको छ । आफ्नो कमजोरी स्विकार्ने र अरूको आलोचना सुन्ने धैर्य नेतामा देखिन थालेको आभास गर्न थालिएको छ ।
नेताहरूबीच अब एकताका सम्पूर्ण काम यही असार मसान्तभित्रै टुंगो लगाउने सहमति पनि भएको छ । यो बीचमा पनि आफ्नो दुनो सोझ्याउन जे–जस्ता चुक्ली लगाउनुपरे पनि पछि नहट्नेहरूको जमात सक्रिय नरहला भन्न सकिन्न । तर, नेताहरूले त्यसतो समूहको नियत बुझ्न सके एकतामा देखिएको गाँठो फुकाउन केही हदसम्म भने पनि सजिलो हुने देखिन्छ । एकताका नाममा अनेकपटक यस्ता भाका नभएका होइनन् । तर, ती भाका सर्दै आएका छन् । अबको भाका अन्तिम बनाउन नेतृत्वले ठन्डा तरिकाले सोचेर कदम चाल्नु जरुरी छ ।
एकतापछि अघिल्लो वर्ष १० जेठमा हस्ताक्षर प्रयोजनबाहेक केन्द्रीय कमिटीको एकपटक पनि बैठक बोलाइएको छैन । अघिल्लो २१ असारपछि गत १२ पुसमासहित १३ महिनामा जम्माजम्मी दुईपटक स्थायी समिति बैठक बसेको छ । सरकार सञ्चालनका विषयमा पार्टीमा अहिलेसम्म औपचारिक एजेन्डासहित छलफल भएको छैन । महिनामा दुई÷तीन पटकसम्म सचिवालय बैठक बोलाउने गरिए पनि लामो मथापच्चीपछि एकतासँग जोडिएको केही काम सम्पन्न भए पनि धेरैपटक बैठक बोलाउँदै स्थगित गर्ने गरिएको छ । कतिपय अवस्थामा पार्टी प्रमुख भइसकेका नेताहरू नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीलाई कुर्दाकुर्दै समय नपाएर फर्किनुपरेको थुप्रै दृष्टान्त पनि छन् । जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने एउटा एजेन्डामै सचिवालय रुमलिरहेका बेला एकताका बेला टुंगिएको कार्यनीतिक विवाद बल्झाउन थालिएको थियो । यी सबै परिस्थितिले सरकार र पार्टी संचालनमा नेतृत्वको असफलता एकपछि अर्को उजागर हुँदै जाँदा विरोधी जनमत बढ्दै गएकाले नेकपाको केन्द्रीय तहमा नेताहरू चिन्तित बन्न थालेका छन् । यसकारण अब पछिल्लो भाका फेरि सार्ने दुर्भाग्यपूर्ण कदम चालियो भने त्यसबाट उत्पन्न हुने नैराश्यताले देशलाई नै ठूलो क्षति पु¥याउनेछ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply