चिरञ्जीवीको कस्तो चर्तिकला ?
काठमाडौं । बिमा कम्पनीहरूको संख्यामा वृद्धि भए पनि चुस्त र भरपर्दो सेवा दिन अझै नसकिरहेको हुँदा केही समययता बिमा कम्पनीहरूलाई मर्जरमा जान दबाब बढिरहेको छ । ठूला बैंक तथा लघुवित्त संस्थाहरूलाई मर्जरमा जान दबाब बढिरहेको बेला बिमा कम्पनीहरूलाई पनि त्यस्तो दबाब बढ्दै गएको हो ।
अहिले बिमा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिन केही ठूला उद्योगी र व्यापारीहरूले लबिइङ थालेको बताइन्छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई प्रयोग गरेर तिनै व्यापारीहरू दुई वर्षअघि १० वटा बिमा कम्पनीहरू स्वीकृत गराउन सफल भएका थिए । तर, १० वटा बिमा कम्पनी थपिएको दुई वर्षपछि नै बिमा कम्पनीहरूलाई मर्जर जान दबाब समितिका अध्यक्ष चापागार्इंले नै दिन थालेका छन् । दुई वर्षअघि आफंैले १० वटा बिमा कम्पनीलाई एकै दिन स्वीकृति दिने र दुई वर्षपछि नै बिमा कम्पनीहरूलाई मर्जरमा जान बाध्य पार्ने बिमा समितिका अध्यक्ष चापागाई कसको निर्देशनअनुरुप चलिरहेका छन् भन्ने कुरा अहिले उठ्न थालेको छ ।
दुई वर्षअघि तत्कालीन माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका कृष्णबहादुर महराको पालामा चापागाई बिमा समितिको अध्यक्षमा नियुक्त भएका थिए । समितिको अध्यक्ष बन्न माओवादी केन्द्रकै अरू व्यक्तिहरू इच्छुक रहे पनि र उनीहरूको दौडधुप चले पनि माओवादी केन्द्रसँग निकट नरहेका चापागाईंले अध्यक्षमा बाजी मारेका थिए । चापागाईंलाई अध्यक्ष बनाउन केही उद्योगी, व्यापारीहरूले अर्थमन्त्री महरासँग लबिइङ गरेका थिए र व्यापारीहरूका सामु महराको केही जोडबल चलेन र चापागार्इं व्यापारीहरूको चाहनाबमोजिम अध्यक्ष नियुक्त भए ।
बिमा समितिको अध्यक्षमा नियुक्त भएलगत्तै चापागाईंले १४ वटा बिमा कम्पनीहरूलाई स्वीकृति दिने तयारी गरेका थिए । तर, उनले अध्यक्षमा नियुक्त भएलगत्तै १० वटालाई स्वीकृति दिन भ्याए । त्यतिखेर स्वीकृति पाउने बिमा कम्पनीहरूमा सिटिजन लाइफ, स्टार लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, रिलायबल लाइफ, आईएमई लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका थिए । पाइपलाइनमा रहेका ती बिमा कम्पनीहरूलाई स्वीकृति दिँदा अध्यक्ष चापागाईले राम्रै आर्थिक फाइदा लिएको चर्चा त्यतिबेला चलेको थियो । पाइपलाइनमा रहेका बिमा कम्पनीहरूलाई स्वीकृति दिँदा प्राप्त रकम उनले माथिल्लै तहसम्म पु¥याएको चर्चा पनि चलेको थियो ।
तर, अहिले भने अध्यक्ष चापागाईले बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गरेर मर्जरमा जान दबाब दिन थालेका छन् । हिजो आफैंले लाइसेन्स बाँड्ने र अहिले मर्जरमा जान दबाब दिने उनको शैली देखेर बिमा कम्पनीका सञ्चालकहरू पनि चकित परेका छन् । हिजो किन धमाधम लाइसेन्स बाँडियो र अहिले किन मर्जरमा जान दबाब दिइरहेका छन् ? अध्यक्ष चापागार्इंमाथि नैतिक प्रश्न उब्जिएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply