पैसाको बलमा मोडलिङतिर
काठमाडौं । सशस्त्र प्रहरी बल हलचोकमा एक इन्स्पेक्टर निकै शक्तिशाली भएका छन् । उनको चर्चा त्यही कारण हलचोकभरि मात्र होइन, अन्यत्र पनि छ । उनी सशस्त्र प्रहरी बलभित्र पावरफुलबाहेक धनाढ्य अधिकारीको सूचीमा नाम दर्ज हुन सफल भएका छन् । उनको चर्तिकला देखेर सशस्त्र प्रहरीका उच्च हाकिम मात्र होइन, सिंहदरबारस्थित तालुकदार मन्त्रालय गृहमा समेत उनको धन्दाबारे चर्चा हुन्छ । ती व्यक्ति हुन्, सशस्त्र प्रहरी इन्स्पेक्टर गणेश मल्ल ।
उनले सशस्त्र प्रहरी बलका उच्च तहका आशीर्वाद पाएर नै अहिले केन्द्रीय लेखाका प्रमुख हर्ताकर्ता भएका हुन् । सशस्त्र प्रहरीको लेखापाल सरुवादेखि आन्तरिक बजेट वितरणमा इन्स्पेक्टर मल्लकै हालीमुहाली चल्ने गरेको छ । उनले कुनै लेखापालले गृह या अन्य शक्ति केन्द्रबाट पावर लगाएर आउनेको पनि विभिन्न बहाना बनाएर पैसा नखाई काम नगर्ने गरेको बताइन्छ ।
त्यसो त सशस्त्र प्रहरी बलको बलम्बुस्थित हस्पिटलमा जग्गा किन्दादेखि निर्माण कार्य सम्म इन्स्पेक्टर मल्लकै अगुवाइमा काम भएपछि उनले हस्पिटलपछाडि एउटा जग्गासहित एक घर जोड्न भ्याएका थिए । मानवस्रोत हुँदै हस्पिटलसम्मको यात्राका क्रममा जोडेको घर उनले धैरै अघि नै १ करोड २० लाख रुपैयाँमा बिक्री गरेको खुलासा भएको छ ।
उनको नयाँ सम्पतीका बारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निष्पक्ष छानबिन ग¥यो भने सबै कुरा पत्ता लाग्ने बुझिएको छ । हाल केन्द्रीय लेखामा रहेको उनले बढीजसो सुदूरपश्चिम क्षेत्रका एकाउन्टेनलाई बजेट पठाएर समेत कमिसन खाने गरेको खुलासा भएको छ । एकाउन्टेन्ट मल्लले आफ्नो श्रीमती शिलाष्मा मल्ललाई पनि पैसाको बलमा मोडल बनाएका छन् । श्रीमती शिलाष्मा मल्ल हमाललाई पनि राजेश हमालसँग अढाइ लाख खर्र्च गरेर भिडियो गर्न लगाएका छन् । ‘व्यर्थै रहेछ’ नामको भिडियो सुटिङ पनि पैसाको बलमा गरेको बताइएको छ । यता उनको छोरालाई पनि थाइल्यान्ड इन्टरनेसनल फेसन फेस्टमा सहभागिता गराएका छन् । सशस्त्रको मुख्य ढुकुटी चलाउने उनले आफूले कमाएको अकूत सम्पत्ति र पैसाको बलमा नाम कमाउन परिवारलाई जति पनि पैसा खर्च गरिदिने गरेको पारिवारिक सूत्रले बतायो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply